Saturday, September 19, 2015

विश्व मानसिक स्वास्थ्य दिवस-Oct 10, 2014
हरेक वर्ष अक्टुवर १० तारिखको दिन विश्व मानसिकस्वास्थ्य दिवस मनाइन्छ  । सन १९९२ देखी मनाउनलागिएको यो दिवसको सुरुवात विश्व मानसिक स्वास्थ्य संघ ले गरेको थियो । मानसिक स्वास्थ्य संम्वन्धी जन चेतनाफैलाउन , स्वास्थ्यको प्रवर्ढ्न गर्न, मानसिक रोगहरु वाट बच्ने, रोकथाम गर्ने उपायहरु फैलाउन तथा विश्वभर मानसिक स्वास्थ्य को वकालत गर्ने को लागी यो दिनले निकै मह्त्व पुर्ण भूमिकानिर्वाह गर्दछ  । मानसिक स्वास्थ्यकोक्षेत्रमा काम गर्दै आएका ब्यक्ति, संघ संस्थाहरुले आफ्ना कामहरु ,मानसिक स्वास्थ्य क्षेत्र मा गरेकाप्रयासहरु, अवसरहरु, चुनौतीहरु तथा उपलब्धीहरु लाईप्रस्तुत गर्ने दिनको रुपमा पनि यो दिन लाई लिइन्छ ।
त्यसै गरी विश्व भर मानसिक स्वास्थ्य समस्याहरुकोबड्दो प्रकोप ,तथा यस वाट मानिसको जिवनमा पर्नगएका  मनोसामजिक , आर्थीक लगायत सवै किसिमका असरहरु   कम गर्नको लागी सबै क्षेत्र हरु तथा संघ संस्थाहरु वाट  सहयोग तथा सहकार्यको लागी आहवान गर्ने ,जुट्ने तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै गर्नु पर्ने कामहरु को वारेमा छलफल गर्ने , कार्य योजना वनाउने दिनको रुपमा पनि यसदिन लाई लिइन्छ ।  यस वर्ष विश्व स्वास्थ्य संगठन तथा विश्वमानसिक स्वास्थ्य संघको आयोजनमा विश्वभर ‘‘सिजोफेर्निया सहित को स्वस्थ्य जिवनवाँचौ’’भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रमहरु गरी विश्व भरी नै मानसिक स्वास्थ्यदिवस मनाइदै छ।
विश्व स्वास्थ्य संगठनको अनुसार मानिस पूर्णरुपमा स्वास्थ्य हुनको लागी शारिरिक, सामाजिकतथा मानसिक रुप मा स्वास्थ्य भई कुनै रोग तथा दुर्वलताबाट मुक्त हुनु पर्दछ। यस अर्थमा हेर्ने हो भने मानिसस्वास्थ्य हुन को लागि मानसिक स्वास्थताको पनि निकै ठुलो भूमिका खेल्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार मानसिकरुपमा स्वास्थ हुनु भनेको केवल मानसिक रोगहरु वाट मात्र मुक्त हुनु होइन । मानिस को जिवन मा हुने समस्या हरु सहजैव्या व्यवस्थापनगर्न सक्नु , तनावब्यवस्थापन  गर्न सक्नु, आफ्नो क्षमता , योग्यता लाई राम्रो संग वुझ्न सक्ने समय अनुसार सोच, विचार गर्न सक्नु तथा सामाजिक र आर्थीक  रुपमा उत्पादनशिल जिन्दगी लाई चलाएर समाजमाकुनै न कुनै किसिमको योगदान पुर्‍याउन सक्ने क्षमता लाई पनि मानसिक स्वास्थता सँग जोडिएको छ ।
विश्व भर मानसिक रोग तथा समस्या हरु बड्दो रुपमा देखिदै गएका छन । मानसिक रोगहरु को ठ्याक्कै यती नै विरामी छन भनेर एकिन गर्न नसकिएतापनि बिभिन्न अनुसन्धानहरुका अनुसार विश्वमा दिनानुदिन मानसिक समस्या हरु को प्रकोपवड्दो छ । विश्व स्वास्थ्य सँगठनको एक प्रतिवेदन अनुसार विश्व भर ४५० लाख मनिसहरुमानसिक समस्या भोगी राखेका छन हरेक ४ जना मनिस हरु मध्य १ जना मानिस ले आफ्नो जिवनको कुनै क्षण मा कुनै न कुनै किसिम को मानसिक समस्या भोगेको पाइएको छ ।  त्यसै गरी संसार भर रोग हरु को भार मध्य करिव  १४ प्रतिशत भार न्युरो  साइक्याटृक समस्याहरुले ओगटेको छन । त्यसै गरी नसर्ने रोगहरुको मात्र कुरागर्ने हो भने करिव २८ प्रतिशत भार मानसिक रोगको छ जुन क्यान्सर तथा मुटु रोगहरुको भारभन्दा निकै धेरै छ । त्यसै गरी विश्व को करिव १/१५ भाग मानसिक समस्याहरु दक्षिण एसियामा नै पर्दछन । विश्व स्वास्थ्य सगठन को २००१ कोप्रतिवेदन अनु सार करिव १० प्रतिश्त नेपालीहरुले कुनै न कुनै किसिम मानसिक समस्या भोगेको अनुमान गरिएको छ । मानसिक स्वास्थ्य दिवसको अवसर मा यस वर्ष विश्व भर केन्द्रीत गरिएको रोग  हो  सिजोफेर्निया । सिजोफेर्निया सहितको स्वास्थ जिवन जिउभन्ने नारा सहित यो दिवस मनाईदै छ । सिजोफेर्निया एक प्रकारको गम्भिरमानसिक समस्या/रोग हो यो समस्याको उपचार गरेमा पुर्ण रुपमा निको पार्न भने सकिन्छ । विरामीलाई आफु विरामी भएको थाहा नहुने रोग,यो सबै भन्दा कडा मानसिकरोग हो । यस्ता विरामी वाहिरी संसारवाट टाढा रहन्छ । एक्लै वस्दा कानमा आवाज आएकोमहसुस यी विरामी अरु देखी शंका गर्ने एक्लै मुख चलाउने एक्लै बस्ने गर्छन । राम्रोकुरामा खुसी हुने नराम्रो कुरामा रिसाउने गर्दैनन् । सामान्यतया यिविरामीहरुले आफ्नो दैनिक गर्नुपर्ने कामहरु गर्न भने  छोड्दैनन ।सफासुग्घर, ननुहाउने, दाँत माझने आदी जस्ता कृयाकलापहरुगरिरहन्छन। मानिस एकआपसमा कुरा गर्दा  मेरा वारेमाकुरा गर्‍यो कि भनेर तर्सने गर्दछन, कोही राती सुत्दैन। आफ्नोपरिवार र समाजको कुनै घट्दै जान्छ । कुरा नमिलाईएका वाक्यहरुएक्लाई बोली रहने तथा भिन्न किसिमका सोचाईहरु कुराहरु गर्ने, एकोहोरो चिन्तित हुने. डराउने तथा घरबाट भाग्ने आदी जस्ता लक्षणहरु देखा पर्दछन । सिजोफेर्निया तथा कडा खालको उदासपन भएका ब्यक्तिहरु मा उमेरनपुग्दै जिवन जाने खतरा धेरै हुन्छ, विश्व स्वास्थ्य संगठनकोएक कार्य-योजनाको तथ्यांक हेदा सामान्य मनिसहरुमा भन्दा करीव ४०-६०प्रतिशत बढी उमेर नपुग्दै ज्यान गुमाउने खतरा यि विरामीहरु मा भेटिएको छ । यो रोग विभिन्न कारणहरु वाट पैदा हुने गर्दछ कतिपय मानिसमा संकालु वावतावरण, वंशाणुगत असर र कतिपय मानिसमा गहिरो मानसिकचोटवा चिन्ताको कारणबाट यो समस्या भएको पाइन्छ। हाम्रोदिमाखमा रहेका न्युरो-ट्रास्मिटरको तालमेल नमिल्दा यो समस्या भएकोपाइन्छ । डोपमिन र ग्लुटामेट भन्ने न्युरो ट्रास्मिटर को मात्रामा तल-माथि भएमा यो समस्या हुने गरेको पाइन्छ । विश्वस्वास्थ्य संगठनका अनुसार विश्व भर करिव २४ अरब मानिसहरु मा यो समस्या देखा परेको छ । यो समस्या खास गरी १५ देखी ३५ वर्ष उमेर समुहका मानिसहरुमा बढी पाइन्छ । विरामीहरु मध्य ५० प्रतिशतले अझै सम्म पनि उचित उपचार पाउनसकेका छैनन । खास गरी हाम्रो जस्तो विकासशोशिल राष्ट्रहरुमा करिव ९० प्रतिशतविरामीहरुले सही उपचार पाएका छैनन ।
यस समस्याकोउपचार गर्नको लागी सवै किसिम का एकिकृत प्रयासहरुको खाँचो पर्दछ । घर, परिवार, समाज सवैको उपयुक्त भूमिका पुगेमा मात्र योसमस्याको समाधन हुन सक्दछ । उचित परमर्श, मनोसामाजिक सान्त्वना , उचित औषधी को प्रयोग गर्नु पर्दछ । उचित परमर्श, मनोसामाजिक सान्त्वना,उचित औषधीको प्रयोग गर्नु पर्दछ । नेपाल सरकारले सन १९९६ मा मानसिक स्वास्थ्य सेवाको सवै जनसमुदायमा पहुच र उपलव्धता कायम गर्ने ,मानसिक स्वास्थ्यताको वारेमा जनचेतना फैलाउने उदेस्यले मानसिक स्वास्थ्य निति ल्याएको छ । विविध कारणवस यो नितिलाई समुदाय स्तरसम्म अझसम्म पनि कार्यान्वयन गर्न नसकिएको हुनाले पूर्ण रुपमा मानसिक स्वास्थ्य सेवाको पहुंच सबै ठाउमा पुगी सकेको छैन। यदपि नेपाल सरकारबाट मानसिक स्वास्थ्यलाई प्रवधन गर्ने मानसिक रोग रोकथाम गर्ने तथा बेलैमा उपचार गर्ने कार्यक्रमहरुलाई अगाडी नबढाएको भने होइन । नेपाल सरकारको ९द्यबकष्अ भ्ककभलतष्ब िजभबतिज कभचखष्अभ० अति आवश्यक आधारमभुत स्वास्थ सेवा भित्र मानसिक स्वास्थ्य सेवा सबै ठाउमा नसमेटिईसकेको हुनाले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु कम भएको पाईन्छ । हाल नेपाल सरकारले समुदायमा आधारीत मानसीक रोग सम्बन्धी कार्यक्रम सम्पूर्ण जिल्ला तथा स्वास्थ्य केन्द«हरुमा विस्तार गर्ने योजना बनाएको छ । समुदाय स्तरबाट नै मानसिक रोग रोकथाम उपचार पुनस्थापना तथा मानसिक स्वास्थ्यको प्रवद्धन गरियो भने नेपालमा मानसिक रोग सम्बन्धी समस्यालाई हटाउन सकिन्छ ।
यसरी हेर्दा समाजमा रहेका मानसिक समस्याहरु लाई हटाएर सामाजिक र आर्थीक रुपमा समाज लाई अगाडी वढाउनको लागी हामी सवैको आ आफ्नो ठाउवाट  प्रभावकारी भूमिका निर्वाह गरियो भने पक्कै पनि मानसिक रुपमा स्वस्थ्य समाज निर्माण गरी नयाँ नेपाल निर्माण टेवा पुग्थ्यो कि ?
धन्यवाद ।
(मिती २०७१/६ ।२४  गते को आदर्श समाज राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित लेख)
SAGUN PAUDEL
HEALTH ASSISTANT(NAULO GHUMTI NEPAL)
Student of PublicHealth (LA GRANDEE INTERNATIONAL COLLEGE,Simalchour Pokhara)
mail4sagun@gmail.com

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL