Wednesday, September 20, 2017

राष्ट्रिय परिवार नियोजन दिवस २०७४ सम्पन्न

राष्ट्रिय परिवार नियोजन दिवस सम्पन्न

पोखरा असोज २ २०७४ “व्यवस्थित परिवारः स्वास्थ्य र विकासको आधार” भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय परिवार नियोजन दिवस एक कार्यक्रमका बीच सम्पन्न गरियो । जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, परिवार नियोजनसंग संबन्धित विभिन्न संघ संस्थाहरु, पोखरा लेखनाथ महानगरपालिका र सरोकारवाला निकायहरुको संलग्नतामा पोखरा चिप्लेढुंगा स्थित मानव अधिकार चोकबाट शुरु भएको र्याली प.क्षे.अस्पतालको सभाहलमामा पुगी समारोहमा परिणत भएको थियो ।  उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले परिवार नियोजनको बारेमा हाल भएका प्रगति र भावी योजनाका बारेमा प्रकास पार्नु भएको थियो । पोखरा लेखनाथ महानगरपालिकाका खोप अधिकृत राजु रमण न्यौपाने र परिवार नियोजन संघ कास्की शाखाका कोषाध्यक्ष रजनी के.सी.ले परिवार नियोजन कार्यक्रमलाई अझ प्रभावकारी ढंगले संचालन गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा समुदाय स्तरमा रही स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत ११ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद रु. १००००। र प्रसशा पत्र सहित सम्मान गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख बोधराज सुवेदीको अध्यक्षता र जनस्वास्थ्य अधिकृत नानीबाबु ढकालको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत शाखा अधिकृत कृष्ण प्रसाद बरालले गर्नु भएको थियो । परिवार नियोजन सेवा दिवस कै अवसरमा पोखरा स्थित मेघा कार्डियक सेन्टर, लेकसिटी अस्पताल, नमस्ते अस्पताल र ओम अस्पतालमा एक्क्ष्, जन्त्र र जनस्वास्थ्य कार्यालयको संयुक्त प्रयासमा लामो अवधिको परिवार नियोजनको साधन क्ष्ग्ऋम् र सुरक्षित गर्भपतन सेवाको शुभारम्भ गरिएको जनस्वास्थ्य कार्यालय हेल्थ फर लाईफका कार्यक्रम अधिकृत सगुन पौडेलले वताए । [caption id="attachment_754" align="alignnone" width="1024"]चौथो राष्ट्रिय परिवार नियोजन दिवस - २०७४ चौथो राष्ट्रिय परिवार नियोजन दिवस - २०७४[/caption] [caption id="attachment_771" align="alignnone" width="4160"] Hisilicon Balong[/caption]   [caption id="attachment_769" align="alignnone" width="4160"] पोखरामा भव्य रुपमा मनाईयो चौथो राष्ट्रिय परिवार नियोजन दिवस[/caption]

”व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार” (राष्ट्रिय परिवार नियोजन दिवस: 18TH SEP 2017)

व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार (राष्ट्रिय परिवार नियोजन दिवस: 18TH SEP 2015) थप पढ्नुहोस

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL