भिजिट नेपाल २०२०: स्वास्थ्य क्षेत्रले गर्नसक्ने सहयोग र लिन सक्ने फाईदाहरु

भिजिट नेपाल २०२०: स्वास्थ्य क्षेत्रले गर्नसक्ने सहयोग र लिन सक्ने फाईदाहरु



भिजिट नेपाल २०२०: स्वास्थ्य क्षेत्रले गर्नसक्ने सहयोग र लिन सक्ने फाईदाहरु

वार्षिक २० लाख पर्यटक नेपाल भित्याउने उदेश्य सहित भिजिट नेपाल २०२० लाई स्वागत गर्न र भव्य रुपमा मनाउन अव केहि दिन मात्र वाकी छ । सामाजिक संजालहरु भिजिट नेपाल २०२० को तस्विरहरुले भरिभराउछ, यो भ्रमण वर्षको महाअभियानले हरेक नेपालीको मनमनमा एउटा उर्जा र उत्साह पैदा गरेको छ। 
जनस्वास्थ्य क्षेत्रको एक कृयाशिल युवा त्यै माथी प्रयटकीय गन्तब्य पोखरावासी भएको नाताले मलाई भिजिट नेपाल २०२० को यो महाअभियानमा मेरो योगदान के हुनसक्छ, यस अभियानवाट स्वास्थ्य क्षेत्रले के फाइदा लिन सक्छ र हामी स्वास्थ्यकर्मीहरुले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने वारेमा मनमा खेलेका केहि कुराहरु लेख्ने प्रयास गरेको छु ।
वर्तमान प्रर्यटनमन्त्री ज्युले केहि समय अगाडी भिजिट नेपाल २०२० को लोगोलाई आफ्नो वेवसाईट तथा सामाजिक संजालका प्रोफाईलहरुमा राखेर भिजिट नेपाल २०२० को प्रवर्धन गर्न सार्वजनिक अपिल गर्नुभो, त्यसैको नतिजा स्वरुप नेपाल सरकारका सवैजसो मन्त्रालय र व्यक्तिगत प्रोफाईलहरुमा भिजिट नेपाल २०२० को लोगो राखिएको छ । यो लेख लेख्दै गर्दाको दिनसम्म स्वास्थ्य मन्त्रालयको वेवसाईटमा भिजिट नेपाल २०२० को लोगो राखिएको थिएन ढिलो नै भएपनि डिसेम्वरको अन्तिम साता (३ दिन अघि देखी) स्वास्थ्य मन्त्रालयको वेवसाईटमा भिजिट नेपालको लोगो राखिएको छ । नेपाल सरकारका स्वास्थ्य क्षेत्रका कार्यालयका वेवसाईटहरुमा (एकादुई वाहेक) सो लोगो नदेख्दा अचम्म मात्र मानिन एक सचेत जनस्वास्थ्यकर्मिको नाताले चिन्ता पनि लाग्ने गर्छ, यो मात्र होइन यस्ता किसिमका रचनात्मक गतिविधी गर्न र परिस्थिति अनुसारका कृयाकलाप समय मै गर्न अरु निकाय भन्दा सधै स्वास्थ्य मन्त्रालय २ कदम पछाडी छ। विदेशी अनुसन्धानकर्ता तथा लगानीकर्ताहरुले चासो राख्ने र हेरिने वेवसाईटहरु मध्य एउटा स्वास्थ्य मन्त्रालय र सम्वन्धित वेवसाईटहर पनि एक प्रमुख वेवसाईट हुन। स्वास्थ्य मन्त्रालयले यो सानो कुरालाई ख्याल नगरेको पनि हुन सक्छ किनकी स्वास्थ्य मन्त्रालयले आँफै केहि रचनात्मक काम गर्नुभन्दा पनि दाता र सहयोगी निकायका कार्यक्रम तथा प्रस्तावहरुलाई कसरी संस्थागत गर्ने, दाताहरुले ल्याएका कार्यक्रमहरुलाई सहजिकरण गर्दा गर्दै फुर्सद छैन । यदपी कुनै दाताले भिजिट नेपाल २०२० मा नेपालको स्वास्थ्य क्षेत्रलाई पनि प्रवर्धन गरौ हेल्थ टुरिज्मको योजना लिएर गएको भए चाँही यो काम पक्कै पनि मन्त्रालयले सहयोग गर्थ्यो, मन्त्रालय स्वयम आँफै अग्रसर भएर यो काम पनि गर्छ जस्तो मलाई लाग्दैन, यदपी यो लेख लेख्दै गर्दा मन्त्रालयसंग मेरो अपेक्षा छ यही भिजिट नेपाल वर्ष कै अवसरमा स्वास्थ्य मन्त्रालयले हेल्थ टुरिज्मको अवधारणालाई अगाडी वढाउने छ, आवश्यक निति तथा सम्भाव्यता अध्ययनहरुको थालनी हुनेछ। 

मुलुकमा सम्वृद्दि हासिल गर्न प्रर्यटन विकासले ठुलो योगदान पुर्याउछ भन्ने कुरा विश्वव्यापी रुपमै प्रमाणित भैइसकेको छ। देशको विकास हुन धेरै कुराहरुले महत्व राक्दछन ति मध्य जनताको स्वास्थ्य पनि एक हो। जनताको राम्रो स्वास्थ्य अवस्था र स्वास्थ्य सेवा प्रणालीको विकास नभएसम्म सामाजिक र आर्थीक रुपमा उत्पादनशिल जनशक्ति उत्पादन गर्न सम्भव छैन, स्वास्थ्य विना विकास र सम्वृद्दी सम्भव छैन। त्यसैले स्वास्थ्य सम्वन्धित निकायहरुले अरु क्षेत्रसंग समन्वयन गर्न आँफै अग्रसर हुन जरुरी छ । हेल्थ इन अल पोलिसीको अवधारणालाई संस्थागत गर्न देशको प्रयटन क्षेत्रसँग पनि स्वास्थ्य मन्त्रालयले रणनितिक सहकार्य गर्न जरुरी छ ।

भिजिट नेपाल २०२० महाअभियानमा स्वास्थ्य क्षेत्रले धेरै प्रयटन भित्याउन तथा आएका प्रयटकहरुवाट स्वास्थ्य क्षेत्रको विकास गर्न सहयोग लिन सकिनेछ । भिजिट नेपाल २०२० सफल पार्न स्वास्थ्य क्षेत्र वा सम्वन्धित निकायहरुवाट निम्न कुराहरु गर्न सकिन्छ ।

  • यो महाअभियानलाई सफल पार्न स्वास्थ्य क्षेत्र तथा विज्ञवाट गर्न सकिने प्राविधिक सहयोगको योजना, तथा समन्वयन गर्नको लागि स्वास्थ्य मन्त्रालयवाट समिति वा प्राविधिक टोली गठन गर्ने, र आवश्यक समन्वयन गर्ने ।
  • नेपाल सरकारले प्राथमिकता दिएका प्रर्यटकिय गन्तव्यहरु तथा प्रर्यटनको चाप धेरै हुने ठाँउहरुमा स्वास्थ्य व्यवस्था, प्राथमिक उपचार, आधारभुत र आकस्मिक स्वास्थ्य तथा अरु गर्न सकिने कृयाकलापहरुको एकिन गरेर सम्वन्धित प्रदेश तथा पालिकाहरुलाई तयारी गर्न प्राविधिक मार्गदर्शन दिने, तथा स्थानिय पालिका तथा प्रदेशहरुले समेत आफ्नो योजना वनाउने। युनिभर्शल हेल्थ कभरेजको अवधारणा र मान्यताको हस्ताक्षरकर्ता मुलुकको नाताले जुनसुकै देशका भएपनि नागरिकहरुलाई आवश्यकता अनुसार स्वास्थ्य सेवाको व्यवस्था गर्नु हाम्रो नैतिक दायित्व हो। यदपी आफ्नै नागरिकलाई सेवा पुर्याउन कठिन भएको अवस्थामा विदेशिलाई सेवा कसरी दिन सकिन्छ भन्ने प्रतिप्रश्न भने आउन पनि सक्छ ।
  • - प्रमुख प्रयटकिय स्थल तथा पदमार्गहरुमा प्राथमिक उपचार कक्षहरु स्थापना गर्ने र प्राथमिक उपचारका लागि भोलेन्टियर खटाउने।
  • - ट्रेकिङ एजेन्सी तथा प्रयटन पेशामा आवद्द व्यक्तिहरुलाई प्राथमिक उपचार तालिम तथा सर्न सक्ने रोग तथा संक्रमण वारेमा अभिमुखिकरण गर्ने ।
  • - सकिन्छ भने हाम्रो स्वास्थ्य विमा कार्यक्रमवाट प्रयटकलाई स्वास्थ्य विमा प्याकेज वनाएर भ्रमण अवधिभर उनिहरुको बिमा गरिदिने त्यसले हामीलाई र प्रयटक दुवैलाई फाइदा हुन्छ।
  • - आकस्मिक स्वास्थ्य सेवाको नाममा प्रयटकहरु ठगिएका घटनाहरु नदोहोरिन दिनका लागी सम्वन्धित मन्त्रालय, प्रदेश तथा पालिकाहरुले ठोस योजना अनुगमन तथा व्यवस्था गर्ने ।
  • - अंतरराष्ट्रीय स्तरका ख्यातिप्राप्त स्वास्थ्य अनुसन्धानकर्ताहरुलाई यही भ्रमण वर्ष कै अवसरमा नेपाल बोलाउन विभिन्न किसिममा स्वास्थ्य सम्वन्धि अंतरराष्ट्रीय स्तरका सम्मेलन, गोष्ठी, सेमिनार आयोजना गर्ने । संघियताको नयाँ मोडेल भर्खरै मात्र सुरु गरिएको हुँदा अन्य मुलुकको अनुभव तथा सिकाईलाई वुझ्नका लागि विभिन्न मुलुकका जनस्वास्थ्य विज्ञहरु, स्वास्थ्य मन्त्रालयका प्रतीनधिहरुलाई वोलाएर कार्यक्रमहरु गर्नसके पक्कै पनि हामीलाई फाईदा हुनेछ।
  • - अरु देशका स्वास्थ्य सम्वन्धी पेशागत संस्था तथा सामाजिक संस्थाका व्यक्तित्वहरुलाई निमन्त्रणा गर्न।
  • - नेपाल आएका प्रयटकहरु आउने र जाने क्रममा एर्पोटमा स्वछिक रुपमा भर्न सकिने अनलाईन सर्भे फारामहरुको व्यवस्था गरी स्वछिक तथ्याँक संकलन गर्ने, उनिहरुको सामाजिक सेवा गर्ने मनोभावना अनुरुप स्वास्थ्यमा रुची भएकाहरु, योगदान दिने भावना भएमा प्रयटकलाई सम्पर्कमा लिने व्यवस्था गर्ने र उनिहरुको स्वास्थ्य सेवामा उनिहरुलाई स्वास्थ्य सेवा जस्तै स्वास्थ्य शिविर, तथा अन्य कृयाकलाप गर्न सहजिकरण गर्ने।
  • मेडिकल टिरिज्ममा ठुलो फड्को मारेका मुलुकहरु जस्तै सिङापुर मलेसिया तथा थाईल्याण्डका स्वास्थ्य व्यवस्थापक तथा अनुसन्धानकर्ताहरुहरुसँग सहकार्य गरी नेपालमा मेडिकल टुरिज्मको अध्ययन गर्ने ।
  • - विदेशमा हुने विभिन्न सम्मेलन सभा, तालिम तथा अन्य स्वास्थ्य सम्वन्धी कार्यक्रममा पनि आजभोली नेपाली जनस्वास्थ्यकर्मीहरुको सहभागिता राम्रो देखिन्छ त्यसैले यस्ता किसिमका कार्यक्रमहरुमा गरिने आफ्नो प्रस्तुती तथा पोस्टरहरुमा भिजिट नेपालको लोगो प्रयोग गर्ने वा आफ्नो प्रस्तुतिको अन्त्यमा नेपालको सानो जानकारी राखिदिने हो भने पनि त्यसले ठुलो प्रभाव पार्न सक्दछ।

यस अभियानलाई अवसरका रुपमा लिएर स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न, नेपाल भ्रमण वर्ष कै अवसर पारेर अन्तराष्टृय अनुसन्धानकर्ताहरु जनस्वास्थ्यकर्मीहरु भित्याउने, नेपालका प्रयटकिय शहरहरु जस्तै पोखरालाई मेडिकल टुरिज्म सिटिको रुपमा विकास गर्न गुरु योजना निर्माण गर्न आदी जस्ता योजनाहरु वनाउन र कार्यन्वयन गर्न भिजिट नेपाल २०२० ले ठुलो भूमिका खेल्न सक्दछ ।

भिजिट नेपाल २०२० लाई अवसरका रुपमा प्रयोग गर्न हामी सवै लागि परौ । 

जय जनस्वास्थ्य !


सगुन पौडेल 
एमपिएच ग्र्याजुएट​
हाल इण्डोनेशिया