Skip to main content

Posts

Showing posts from September, 2015

Bachelor in Public Health (BPH)

At first what is Public Health: ''The science and art of preventing disease, prolonging life and promoting health and efficiency through organized community effort for the sanitation of the environment, the control of communicable infections, the education of the individual in personal hygiene, the organization of medical and nursing services for early diagnosis and preventative treatment of disease and the development of social machinery to ensure for every individual a standard of living adequate for maintainance of health, so organizing these benefits as to enable every citizen to realize his birth right of health and longivity”  (CEA Winslow, 1920). Public health approaches envisions improving the lifestyles of people. Therefore it is known as an important discipline of science. Public health has been growing up with different modest and application approaches that can contribute in insuring the health of people. The major school of thought of public health science is to pro…

Bachelor of Public Health (BPH) colleges in Nepal

Human resources for Public Health
BPH is a multidisciplinary, an undergraduate degree that prepares students to pursue careers in the field public, private, or non-profit sector in areas such as environmental health, health administration, epidemiology, nutrition, biostatistics, or health policy and planning which are acting in the field of health.

This is a practical and applicable education model needs to be introduced to improve in the health status of community people.

HR for public health are able to initiation of community health development programmes, monitoring, supervision and evaluation of health promotive activities in community, disease preventive activities, health care and rehabilitative programmes etc through the existing community efforts. Colleges
Tribhuvan University (TU) BPH colleges (4 years BPH course) Institute of Medicine (IOM) (40 students)Manmohan Memorial Institute of Health Science (20 or 40 students ?)Chitwan School of Medical Sciences/ Chitwan Medical College (…

व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार (राष्ट्रिय परिवार नियोजन दिवस: 18th Sep 2015)

गत वर्ष देखि मनाउन सुरु गरिएको राष्ट्रिय परिवार नियोजन दिवस यो वर्ष पनि ‘‘व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार’’ भन्ने मुल नाराका साथमा आज अर्थात सेप्टेम्वर १८ तारिखका दिन सरकारी स्तर विभिन्न दातृ निकायहरु तथा अन्य संघ सस्थाहरु मिलेर विविध कार्यक्रमहरु गरी देशब्यापी रुपमा मनाईदै छ। गुणस्तरिय परिवार नियोजन सेवालाई प्रभावकारी वनाई सेवाको पहुँच र उपभोगलाई वढाउनको लागी प्ररित गर्नका लागी यस दिवसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ।
सुशुसित छनौटको आधारमा प्रजनन उमेर समुहका महिला, पुरुष तथा दाम्पतीहरुले आफ्नो प्रजनन आवश्यकताहरुलाई उपयुक्त परिवार नियोजनको सधानको प्रयोग गरी पुरा गरुन भन्ने ध्ययको साथमा सुरु गरिएको राष्ट्रिय परिवार नियोजन कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम हो । मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनिय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नको लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा नि शुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याइएको सेवा हो । परिवार नियोजन सेवा अन्तरगत हाल नेपाल सरकार तथा अन्य संघ सस्थाहरुको सहयोगमा नेपाल सरकारका स्वास्थ्य केन्द्रहर…

तिजको वर्त वस्दा ध्यान दिनु पर्ने कुराहरु

तिजको वर्त वस्दा ध्यान दिनु पर्ने कुराहरु
हिन्दू धर्म सस्कृती परम्परा अनुसार वर्त वसनुलाई निकै महत्वपुर्ण रुपमा हेरिन्छ । वर्त व स्न्नु अर्थात केहि पनि खाई किन भोकै वस्ने प्रचलन नेपाली हिन्दू नारीहरुमा वढी पाईन्छ । वर्षै भरी पर्ने एकादशीहरु देखी लिएर अन्य वारमा आइतवारे, शनिवारे, सोमवारे समेत वर्त लिएर भोकै वस्ने अथवा फलफुल तथा अन्य शुद्द खानेकुराहरु मात्र खाएर वर्त वसने प्रचलन रही आ एको छ । 
हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तिजको अवसरमा पनि परापुर्वकाल देखी नै वर्त बस्ने प्रचलन रही आएको छ । अरु दिनको वर्त भन्दा हरितालिका तिजको वर्तलाई छुट्टै किसिमले लिईन्छ । यो दिन पानी पनि नखाइकिन वर्त बस्ने गरेको पाईन्छ ।  परपुर्वकालमा पार्वतीले भगवान शिवको सु स्वास्थ्य तथा दिर्धायुको कामना गर्दै वर्त बसेको दिन अर्थात हरितालिका तिजको दिनमा हिन्दू नारीहरुले विशेष दिनको रुपमा मान्दै वर्त वस्न्ने प्रचल चलेको पाईन्छ । आफ्नो पर्व मनाउने, धर्म सस्कृतीलाई निरन्तरता दिने कुरालाई ध्यान दिदै वर्त बस्ने समयमा आफ्नो शरिरको स्वास्थ्य अवस्थालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
भोकै वस्दा ध्यान दिनु पर्नेकेहि…

विश्व सुर्तीजन्य पदार्थ रहित दिवस (मे ३१ २०१५)

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने भनाई आज भोली हरेक व्यक्तिलाई थाहा भएको सामान्य कुरा हो । धुम्रपान तथा सुर्तीजन्य पदार्थहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्दछ भन्ने थाहा हुँदाहुँदै पनि विश्वभर तथा हाम्रो नेपालमा कुनै न कुनै वाहानामा धेरै व्यक्तिहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा फसेको पाइन्छ । महिला, पुरुष, धनी, गरिव ,सडकमा आफ्नो जिवन विताउने वाल वच्चाहरु, स्वास्थ्यकर्मि, डाक्टर,स्कुले विधार्थी देखी वृद हजुरवा हजुरआमा समेतले लुकेर होस या खुला रुपमा नै किन नहोस चुरोट तथा अन्य कुनै न कुनै सुर्तिजन्य पदार्थको सेवन गरिरहेका छन । कोहीले साथीभाईको करले त कोहीले तनाव घटाउनको लागी भन्दै कुनै न कुनै किसिमको वहानामा सुर्तीजन्य पदार्थको सेवनलाई आफ्नो दैनिकी वनाई रहेका छन । विश्वभर सुर्तीजन्य पदार्थको सेवनवाट आम मानिसहरुमा पर्ने गएको स्वास्थ समस्यालाई घटाउन, सुर्तीजन्य पदार्थको सेवनवाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुको वारेमा जनचेतना फैलाउन, सुर्तीजन्य पदार्थको प्रयोग कम गर्ने तथा विक्री वितरणमा कम गर्नको लागी सहयोग गर्ने निती नियम वनाउनको लागी सहयोग गर्ने उदेश्यको साथमा व…

औलो रोगलाई परास्त गर्न, लगानी गरौ- सन्दर्भ विश्व औलो दिवस (25th April 2015)

24th April 2015
Invest in the future Defeat Malaria;औलो रोगलाई परास्त गर्न, लगानी गरौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज विश्व औलो दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाईन्छ । विश्वभर जनचेतना फैलाउने औलो रोग रोकथाम , निदान र उपचार विच भएको अन्तरलाई न्युनिकरण गरी सन २०३० सम्ममा हाल भएका संक्रमण तथा औलो रोगवाट हुने मित्युलाई ९० प्रतिशत घटाउने लक्ष्य सहित औलोरोग नियन्त्रणका विभिन्न कार्यक्रमहरु विश्वभर गरिएको छ।
सबै जनतालाई निशुल्क, प्रभाबकारी, गुणस्तरीय सेवा पुर्याउदै सन २०२५ सम्ममा नेपालले औलो रोग मुक्त देश वनाउने लक्ष्यका साथमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपालको स्थिती हेर्ने हो भने ६५ जिल्लाहरुलाई जोखिमयुक्त जिल्ला भनेर छुट्टाई औलो रोग नियन्त्रणका विभिन्न कार्यकर्महरु गरिएको छ । जस अन्तर्गत १३ उच्च जोखिम ,१८ मध्य जोखिम ३४ कम जोखिम र वाँकी १० जिल्लाहरु जोखिम रहित रहेका छन । नेपालका तराईका जिल्लाहरुमा बढी प्रभाव देखिएको यो रोगको प्रकोप दिनानुदिन पहाडी तथा अन्य भेगमा समेत वढ्दै गएको छ । जलवायु प…

स्वाईन फ्लू महामारीको वढ्दो त्राश

विश्वभर हाल कुनै न कुनै रोग तथा भाइरसहरुले महामारिको रुपमा फैलिएर जनजिवन प्रभावित पारीराखेका छन । कहिले वड फ्लू कहिले इवोला, हाल महामारीको रुपमा फैलिदै चर्चामा रहेको छ स्वाइन फ्लू  छिमेकी मुलुक भारतमा महामारीको रुपमा फैलिएर ८०० जना भन्दा वढिको ज्यान लिइसकेको स्वाईन फ्लूको त्रास नेपालमा पनि देखिसकेको छ। भारतका विभिन्न क्षेत्रहरुमा फैलिएको यो संक्रमणले हजारौको संख्यामा जनजिवन प्रभावित पारिसकेको छ। खुला सीमा, दिनहुँ हजारौं नेपाली तथा भारतीय नागारिकहरुको ओहोरदोहोर जस्ता कारणले नेपालमा स्वाइन फ्लु छिटै महामारीको रुपमा फैलिन सक्ने देखिन्छ। छिमिकी मुलुकमा वढ्दै गएको प्रभाव हेर्दा नेपाल उच्च जोखिममा रहेको देखिन्छ। नेपालमा सन २००९ मा पहिलो पटक देखा परेको यो संक्रमणले गत वर्ष नेपाल सरकारका उच्च ब्यक्ति सहित १८ जनाको ज्यान लिईसकेको छ। हाल सम्म नेपालमा लिइएको रक्त नमुना परिक्षण  अनु सर ५ जना मा स्वाइन फ्लू भएको पुष्टि भएको छ जसमा २ जना काठमाडौं, २ जना पोखरा र १ जना चितवनका बासिन्दा रहेका छन। नेपालमा फैलिन सक्ने अवस्थालाई मध्य नजर गर्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपाल भरी अस्पतालहरुमा स्वा…

‘‘एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔ ”(सन्दर्भ विश्व एड्स दिवस)

एचआइभी एड्सको रोकथाम र उपचार विच हुने अन्तराललाई हटाऔ हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ।  सन १९८८ देखि मनाउन लागिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रमहरु गरी २७ औ दिवसको रुपमा आज मनाइदै छ । एच आई भि एड्स सम्वन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको वारेमा विश्वभर जानकारी दिनु, एच आई भि एड्स विरुद गरिएका कार्यक्रम तथा गतिविधीहरुको वारेमा सवै ठाउँमा जानकारी पुर्याउनु नै यस दिवसको मुख्य उदेश्य हो। विश्वभर  ‘‘एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔ ”  भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ। एच आई भि रोकथाम, स्याहार हेरचाह उपचार तथा सहयोग गर्न तथा सर्वव्यापी रुपमा सेवाको पहुँच बढाएर शहश्रव्दी विकास लक्ष्य हाँसिल गर्न को लागि सन २०११ देखी २०१५ सम्म यो नारा तय गरिएको छ ।  जनस्तरमा जनचेतना फैलाएर एच आई भि को जोखिम घटाउन यस दिवसले महत्वपुर्ण भूमिका खेल्दछ । १९ औ शताब्दी तिरवाट पत्ता लागेको एच आई भि भाइरस बिश्वभर नै महामारीको रुपमा फैलिएको छ । मानव शरिरको प्रतिरक्षा प्रणालीमा …

जन स्वास्थ्य सरोकार: ईवोला भाईरस

विश्व भर स्वास्थ्य क्षेत्रमा चर्चाको विषय तथामिडिया,पत्र-पत्रीकाहरुमा समाचारको प्रमुख विषय वनेको एक भाईरस हो ईवोला सन १९७६ मा एकै पटक नजारा , सुडान , यामवुकी ,कङ्गो मा देखा परेर धेरै मानिसहरु लाईसंन्क्रमित वनाएको यो भाइरसले हाल आएर पश्चिम अफ्रीकि मुलुकहरुमा संन्क्रमणदेखाएको छ । गिनिया, लाईवेरिया, सेयरा म यो भाईरसका विरामीहरु देखापरिराखेका छन । इवोला भाइरसको कारणवाट हुने संन्क्रमण लाई पहिला इवोला हेमो रेजिक फिवर भनेर चिनिन्थ्यो । सुरुमा कङ्गो देशको इवोला भन्ने नदीकोनजिक रहेको गाँउमा यो भाइरस भेटिएको हुँदा यसको नामाकरण पनि त्यही नदी वाट नै गरिएको थियो । यो भाइरसले मानव जती तथा पश-पन्क्षीहरु मा पनि संक्रमण गराउन सक्दछसुरुको अवस्थामा यो  पशपन्क्षीहरु वाट नैमानव जातीमा फैलिएको थियो यो रोग अनि नै खतरा छ यो प्राण-घातक भाईरसको संक्रमण  मानव जातीमा भयो भने यसवाट मर्ने दर कारीव ९०प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । २०१३ को डिसेम्वरमा पहिलो पटक महामारीको रुपमाफैलिएको यो भाइरल संक्रमणले गिनियामा करिव ३७३ जना को ज्यान लिईसकेको छ । त्यस्तैलाईवेरीया ३२३ तथा सियेरालियोनमा ३१५ जनाले ज्या…

मधुमेहलाई नियन्त्रणमा राखौ: आफ्नो भविश्य सुरक्षित पारौ!

सन १९९१ देखी मनाउन सुरु गरिएको विश्व मधुमेहदिवस हरेक वर्षको नोवेम्वर १४ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मधुमेह संघको संयुक्त आयोजनमा मनाउन सुरु गरिएकोयो दिवस इन्सुलिन हर्मोन पत्ता लगाउने वैज्ञानिक फिडिरिक व्यान्टीङ  को जन्मदिन अर्थात नोवेम्वर १४ तारिखका दिनमनाइन्छ । मधुमेह सम्वन्धी जनचेतना फैलाउने,रोकथामकाउपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्नेकुराहरु फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचितवानी व्यवाहार, खानपान आदी जस्ता कुराहरुको विश्व व्यापीरुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो । नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्नेरोग हो मधुमेह । हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्र औशतमा ६०देखी १४० यम जि/डेसी लिटर  हुनुलाई सामान्य मानिन्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमाउक्त बिरामीलाई डाइविटिज अथवा मधुमेह भएको भनेर भनिन्छ । मधुमेह एक प्रकारको दिर्घरोग हो जुन हाम्रोशरिरमा उत्पादन हुने इन्सुलिन नामक हर्मोन जसले हाम्रो रगतमा चिनीको मात्रालाईनियन…

विश्व मानसिक स्वास्थ्य दिवस-Oct 10, 2014

हरेक वर्ष अक्टुवर १० तारिखको दिन विश्व मानसिकस्वास्थ्य दिवस मनाइन्छ  । सन १९९२ देखी मनाउनलागिएको यो दिवसको सुरुवात विश्व मानसिक स्वास्थ्य संघ ले गरेको थियो । मानसिक स्वास्थ्य संम्वन्धी जन चेतनाफैलाउन , स्वास्थ्यको प्रवर्ढ्न गर्न, मानसिक रोगहरु वाट बच्ने, रोकथाम गर्ने उपायहरु फैलाउन तथा विश्वभर मानसिक स्वास्थ्य को वकालत गर्ने को लागी यो दिनले निकै मह्त्व पुर्ण भूमिकानिर्वाह गर्दछ  । मानसिक स्वास्थ्यकोक्षेत्रमा काम गर्दै आएका ब्यक्ति, संघ संस्थाहरुले आफ्ना कामहरु ,मानसिक स्वास्थ्य क्षेत्र मा गरेकाप्रयासहरु, अवसरहरु, चुनौतीहरु तथा उपलब्धीहरु लाईप्रस्तुत गर्ने दिनको रुपमा पनि यो दिन लाई लिइन्छ । त्यसै गरी विश्व भर मानसिक स्वास्थ्य समस्याहरुकोबड्दो प्रकोप ,तथा यस वाट मानिसको जिवनमा पर्नगएका  मनोसामजिक , आर्थीक लगायत सवै किसिमका असरहरु   कम गर्नको लागी सबै क्षेत्र हरु तथा संघ संस्थाहरु वाट  सहयोग तथा सहकार्यको लागी आहवान गर्ने ,जुट्ने तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै गर्नु पर्ने कामहरु को वारेमा छलफल गर्ने , कार्य योजना वनाउने दिनको रुपमा पनि यसदिन लाई लिइन्छ ।  यस वर्ष विश्व स्वास्थ्य…

समृद्धीका लागि मानसिक रुपमा स्वस्थ्य युवा

सन् १९९९ देखी संयुत्त राष्ट्र संघको आयोजनामा मनाउन सुरु गरिएकोअन्तराष्ट्रिय युवा दिवस यस वर्ष अर्थात २०१४ अगस्ट १२ का दिन पनि मनाइदैछ । युवार मानसिक स्वास्थ्य लाई आधार वनाई यस वर्षको युवा दिवसलाई MentalHealth Matters अर्थात ''समद्धीका लागी मानसीक रुपमा स्वास्थ्य युवा''  राख्ने मुल नाराकोसाथमा विभिन्न कार्यक्रम गरि आज मनाइदै छ । संयुक्त राष्ट संघले युवाहरुको विकासनिर्माणमा भुमीका ,परिवर्तनका लागि  युवा परिचालन तथा युवा वर्गहरुले भोग्दै आएकासमस्याहरु तथा युवावर्गहरुको समान सहभागिता आदि जस्ता विषयहरुलाई स्पष्टसंग सबैजनताहरु तथा सबै ठाउ“मा पु¥याउनको लागि युवा दिवस मनाउदै आएको छ । अन्तराष्ट्रिययुवा दिवस २०१४ अगस्ट १२           विश्वको जनसंख्या मध्ये करिव १.२ अरवजनसंख्या १५ देखि २५ उमेर समुहका युवाहरुको रहेको छ , त्यसको ६२% एसिया जसमध्ये २०% जनसंख्या SAARC क्षेत्र भित्र पर्दछ । हाम्रो देशमा पनि करिव३८.८५%जनसंख्या १६–४० वर्ष भित्रका युवा वर्गहरुको रहेकोछ । नेपाल सरकारको युवा नितिका अनुसार १६ वर्ष देखि ४० वर्ष उमेर समुहव्यक्तिहरुलाई युवा वर्गमा समेटिएको छ । संयुक्त राष्ट संघक…

विश्व स्तनपान सप्ताह र शहस्राब्दी विकास लक्ष्य

विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपान सम्वन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरुको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गरी हरेक वर्ष अगष्टको पहिलो साता  (१–७) विश्व स्तनपान सप्ताह मनाइदै आएको छ । हरेक वर्ष छुट्टा छुट्टै विषयवस्तुलाई लिएर स्तनपान सप्ताह मनाउने क्रममा यसवर्ष Brest feeding: A winning Goal for life  भन्ने मुल नाराका साथमा मनाईदै छ । यस वर्षको सप्ताह विशेष गरी शहस्राब्दी विकास लक्ष्य (MillenniumDevelopment Goals)  लाई केन्द्रीत गरी मनाईदै छ ।
बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि ६ महिनाको उमेर सम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र (Exclusive Breast Feeding_ खुवाए पुग्दछ ।…

ACHIEVEMENT AND PROGRESS TOWARDS HEALTH RELATED MDGS IN NEPAL(Draft of my Seminar)

The United Nations Millennium Development Goals are eight goals that all 191 UN member states have agreed to try to achieve by the year 2015. The United Nations Millennium Declaration, signed in September 2000 commits world leaders to combat poverty, hunger, disease, illiteracy, environmental degradation, and discrimination against women. The MDGs are derived from this Declaration, and all have specific targets and indicators. The Eight Millennium Development Goals are: 1. Eradicate extreme poverty and hunger; 2. Achieve universal primary education; 3. Promote gender equality and empower women; 4. Reduce child mortality; 5. Improve maternal health; 6. Combat HIV/AIDS, malaria, and other diseases; 7. Ensure environmental sustainability; and 8. Develop a global partnership for development. The MDGs are inter-dependent; all the MDG influence health, and health influences all the MDGs. For example, better health enables children to learn and adults to earn. Gender equality is essential to the achi…