विश्व स्तनपान सप्ताह र शहस्राब्दी विकास लक्ष्य

विश्व स्तनपान सप्ताह र शहस्राब्दी विकास लक्ष्य

विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपान सम्वन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरुको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गरी हरेक वर्ष अगष्टको पहिलो साता  (१–७) विश्व स्तनपान सप्ताह मनाइदै आएको छ । हरेक वर्ष छुट्टा छुट्टै विषयवस्तुलाई लिएर स्तनपान सप्ताह मनाउने क्रममा यसवर्ष Brest feeding: A winning Goal for life  भन्ने मुल नाराका साथमा मनाईदै छ । यस वर्षको सप्ताह विशेष गरी शहस्राब्दी विकास लक्ष्य (MillenniumDevelopment Goals)  लाई केन्द्रीत गरी मनाईदै छ ।

बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि ६ महिनाको उमेर सम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र (Exclusive Breast Feeding_ खुवाए पुग्दछ । शिशु शारिरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरु पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि लिइन्छ । शिशु जन्मेको जति सक्दो छिनो वा १ घण्टा भित्रैमा स्तनपान गराईसक्नुपर्ने हुन्छ । कतिपय ठाउँहरु तथा समुदायमा अझै पनि जनचेतनाको कमिले गर्दा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनि, घिउ आदी जस्ता खानेकुराहरु खुवाउने चलन रहेको छ । यस्ता किसिमका खानेकुराहरु खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । आमाको सुरुको विगौती दुध (Colostrum)फाल्ने चलन पनि रहेको छ । सुरु मा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रुपमा खुवाउन जरुरी छ । ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाई सकेपछि शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्ने हुन्छ । शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दुध पनि खुवाउनु जरुरी छ । यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास छिटो हुनमा मद्दत पुग्दछ ।
नेपालको तथ्याङ्क हेर्ने हो भने Nepal Demographic and Health Survey(NDHS) -2011 को अनुसार ९८% बच्चाहरुले स्तनपान पाएका छन्. । ६ महिना भन्दा कम उमेरका बच्चाहरुले आमाको दुधमात्र लिएका -Exclusive Breast feed_ ७०% रहेको छ । जस अनुसार ३०% बच्चाहरु अझै पनि ६ महिनाको उमेर सम्म दुध बाहेक अरु खानेकुराहरु पनि खाईरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्म आमाको दुध बाहेक अन्य खानेकुराहरु बच्चालाई खुवाउनु हुँदैन । त्यसैगरी ६–२३ महिनाको बच्चाहरु मध्ये करिब १ चौथाई बच्चाहरु मात्र आमाको दुध पाईराखेका छन् ।
यस वर्षको स्तनपान सप्ताह संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय विकासका लागि सन् १९९० देखि २०१५ सम्म पुरा गर्नको लागि बनाइएको लक्ष्य शहस्राब्दी विकासलाई पुरा गर्न स्तनपानले पु¥याउने भूमिकासँग जोडिएको छ । स्तनपानलाई एउटा जिवनको विजयी लक्ष्यको रुपमा परिभाषित गरिएको छ । सन् २०१५ मा पुरा गर्नुपर्ने लक्ष्यलाई स्तनपानको माध्यमबाट पुरा गर्न सकिन्छ भन्ने कुरा यस सप्ताहको माध्यमबाट जनचेतना फैलाउन खोजिएको छ । शहस्राब्दी लक्ष्यका प्रमुख लक्ष्यहरु गरिबी तथा भोकमरी निवारण, विश्वव्यापी प्राथमिकता छिटो लैंगिक समानता तथा महिला ससक्तिकरण, बालशिशु मृत्युदर घटाउनु, मातृशिशु मृत्युदर घटाउनु, एच.आई.भी एड्स, मलेरिया तथा अन्य रोगको प्रकोप घटाउनु, वातावरणिय व्यवस्थापन तथा विश्वव्यापी सहकार्यहरुलाई पुरा गर्नको लागि स्तनपानले अति महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने कुरा यस सप्ताहले विशेष महत्व दिएको छ ।
स्तनपान गराउनाले बच्चामा शारीरिक तथा मानसिक बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्दत गर्दछ । त्यसैगरी बच्चालाई २ वर्ष सम्म लगातार स्तनपान गराएमा बच्च फुर्तिलो हुने साथै ६ महिना पछि खुवाइने खाना (complementary feeding) ले गर्दा बच्चालाई सिकाईको लागि तयार पार्ने हुँदा बच्चाले सजिलोसँग पढ्न सक्ने हुन्छ । जसबाट विश्वव्यापी प्राथमिक शिक्षाको लक्ष्य प्राप्त गर्न स्तनपानले सहयोग गर्दछ । स्तनपानले लैङ्गिक समानतालाई पनि प्रवद्धन गर्दछ । बच्चालाई दुध खुवाउने महिलाको एउटा छुट्टै अधिकारको रुपमा पनि लिइन्छ । बच्चको मृत्युदर (child mortality Rate)  घटाउने MDG को एक प्रमुख लक्ष हो यदि बचचाको स्याहार–सुसार तथा स्तनपान राम्रोसँग गराइयो भने बच्चाको ज्यान गुमाउने खतराबाट जोगाउन सकिन्छ । तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ । यसै गरि राम्रो पौष्टिक खानेकुराहरु (Complementary food) बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ । 
करिब ५०–६० % ५ वर्ष मुनिका बच्चाहरु कुपोषण तथा थप पौष्टिक आहार (Complementary food)को कारणले गर्दा ज्यान गुमाएको पाइन्छ । त्यसैगरी आमाको दुध बच्चामा खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर कम हुने, पाठेघरको क्यान्सर कम हुने देखिन्छ । त्यसैगरी स्तनपानले जन्मान्तरको लागि पनि काम गर्ने हुँदा आमाको स्वास्थ्य राम्रो बनाउन सकिन्छ जसले गर्दा MDG को अर्को लक्ष पनि पुरा गर्न सकिन्छ । महामारीको रुपमा रहेको एच.आइ.भी. एड्स को भाइरस पनि पूर्ण रुपमा ART को साथमा १ वर्षसम्म दुध चुसाउँदा आमाबाट बच्चामा सर्ने जोखिम कम हुने पाइएको छ । यसै गरी शहस्राब्दी विकास लक्षको अर्को लक्ष वातावरणिय प्रदुषण घटाउने तथा वातावरणलाई  सुरक्षित राख्नेसँग पनि स्तनपानलाई जोडिएको छ । राम्रोसँग आमाको दुध बच्चालाई खुवाइयो भने दुध कारखानाहरु कम हुने तथा तिनिहरुबाट आउने फोहोर कम गर्न सकिन्छ त्यसैगरी अन्तरािष्ट्रय विकासका लागि समूहिक सहकार्यको लागि पनि स्तनपानको नीति तथा कार्यक्रमहरुले सहयोग पु¥याउँदछ ।
यसरी हेर्दा शहस्राब्दी लक्ष पुरा गर्नको लागि स्तनपानको भूमिका अति नै महत्वपूर्ण रहेको छ । स्तनपान सम्वन्धी जानकारी, शिक्षा, स्तनपान गराउँदा हुने फाइदा तथा नगराउँदा हुने हानी नोक्सानीको बारेमा यस सप्ताहले जनचेतना फैलाउन ठूलो भूमिका निर्वाह गर्दछ ।  
SAgun PAudel(Student of Public Health)
Health Assistant
Naulo Ghumti Nepal
Pokhara, Kaski