सन् १९९९ देखी संयुत्त राष्ट्र संघको आयोजनामा मनाउन सुरु गरिएकोअन्तराष्ट्रिय युवा दिवस यस वर्ष अर्थात २०१४ अगस्ट १२ का दिन पनि मनाइदैछ । युवार मानसिक स्वास्थ्य लाई आधार वनाई यस वर्षको युवा दिवसलाई MentalHealth Matters अर्थात ''समद्धीका लागी मानसीक रुपमा स्वास्थ्य युवा'' राख्ने मुल नाराकोसाथमा विभिन्न कार्यक्रम गरि आज मनाइदै छ । संयुक्त राष्ट संघले युवाहरुको विकासनिर्माणमा भुमीका ,परिवर्तनका लागि युवा परिचालन तथा युवा वर्गहरुले भोग्दै आएकासमस्याहरु तथा युवावर्गहरुको समान सहभागिता आदि जस्ता विषयहरुलाई स्पष्टसंग सबैजनताहरु तथा सबै ठाउ“मा पु¥याउनको लागि युवा दिवस मनाउदै आएको छ ।
अन्तराष्ट्रिययुवा दिवस २०१४ अगस्ट १२
विश्वको जनसंख्या मध्ये करिव १.२ अरवजनसंख्या १५ देखि २५ उमेर समुहका युवाहरुको रहेको छ , त्यसको ६२% एसिया जसमध्ये २०% जनसंख्या SAARC क्षेत्र भित्र पर्दछ । हाम्रो देशमा पनि करिव३८.८५%जनसंख्या १६–४० वर्ष भित्रका युवा वर्गहरुको रहेकोछ । नेपाल सरकारको युवा नितिका अनुसार १६ वर्ष देखि ४० वर्ष उमेर समुहव्यक्तिहरुलाई युवा वर्गमा समेटिएको छ । संयुक्त राष्ट संघको एक प्रतिवेदन अनुसारविश्वभर युवाहरुमा देखिएको मुख्य समस्या बसाई सराई छ , अन्तराष्ट्रिय वसाईसराई करिव २३२ लाखरहेको छ जसमध्ये करिव ३०% २९ वर्ष भन्दा कम उमेरका व्यक्तिहरु रहेका छन् यसरी हेर्दा युवाशक्तिहरुको अन्तराष्ट्रिय वसाईसराई निकै बढ्दै जाने पाइन्छ । विभिन्न किसिमकाअवसरहरु ,राजगारी ,शिक्षा ,अदि जस्ता कुराहरुले गर्दा वसाईसराई वढेको देखिन्छ । हाम्रो देशनेपालमा पनि ठूलो संख्यामा युवा वर्गहरु कुनै न कुनै कारण वस नेपाल छोडेर वाहिरगएको देखिन्छ यसले गर्दा देश ज्ञान, सिप,दिनानुदिन अन्तराष्ट्रिय करण भइरहेकोछ यसलाई रोकेर देशलाई संवृद्ध विकास तिरअगाडी बढाउनको लागी नेपाल सरकारले स्पष्ट रुपमा रोकन पर्दछ । र आफ्नै देशमारोजगारी शिक्षा तथा अन्य अवसरहरुको सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व रहन्छ।
यस वर्षको अन्तराष्ट्रिय युवा दिवसले विशेष गरिमानसिक स्वास्थ्य युवा भएमा समृद्ध देश बनाउनको लागि युवाले पु¥याउने भुमीका अझै राम्रो हुन सक्दछभन्ने कुरालाई जोड दिइएको छ । विश्व स्वास्थ्य संगठन (worldhealth organization) कोस्वास्थ्यको परिभाषा अनुसार मानिस स्वास्थ्य हुनको र सामाजिक, शाररिक तथा मानसिक रुपमानै स्वास्थ्यभई कुनै रोगहरु नभएको हुनुपर्दछ । यस अर्थमा मानसिक स्वास्थ्य विना एउटा स्वास्थ्यमानिसको परिकल्पना हुदैन । यसै कारण मानसिक रुपमा युवाहरु स्वास्थ्य भएमा देशकोविकास गर्न एउटा समृद्ध राष्ट्र निर्माण गर्नमा ठूलो टेवा पुग्दछ । विश्वभर करिव२०%युवाहरु मानसिक अवस्थाको परिस्थीती सामना गरिरहेको संयुत्त राष्ट्र संघ एक तथ्याड्डकले देखाउछ ।यसरी मानसीक अवस्थता वढ्दै जानेको झन मानसीक रोग तथा यसबाट समाजमा पर्ने असरहरुपनि बढ्दै जाने देखिन्छ । नेपालमा हेर्ने हो भने करिव २०% जनसंख्यामा मानसिक अवस्थता भएको भन्नेअनुमान गरिएको छ । सन् 2010 LEAD भन्ने सस्थाको सर्वेक्षण अनुसार प्राथमिक स्वास्थ्य उपचार लिन आउने इएम्विरामी छ करिव २०–२५% विरामीहरुमा मानसिक अवस्थता तथामानसिक रोग सम्वन्धी लक्षणहरु पाईएको छ । नेपाल सरकारले सन् १९९६ मा मानसिकस्वास्थ्य सेवाको सवै जनसमुदायमा पहु“च रउपलव्धता कायम गर्ने ,मानसिक स्वास्थ्यताको वारेमा जनचेतनाफैलाउने उदेस्यले मानसिक स्वास्थ्य निति ल्याएको छ । विविध कारणवस यो नितिलाईसमुदाय स्तरसम्म अझसम्म पनि कार्यान्वयन गर्न नसकिएको हुनाले पूर्ण रुपमा मानसिकस्वास्थ्य सेवाको पहुंच सबै ठाउ“मापुगी सकेको छैन् । यदपि नेपाल सरकारबाट मानसिक स्वास्थ्यलाई प्रवधन गर्ने मानसिकरोग रोकथाम गर्ने तथा बेलैमा उपचार गर्ने कार्यक्रमहरुलाई अगाडी नबढाएको भने होइन । नेपाल सरकारको (BasicEssential health service) अति आवश्यक आधारमभुत स्वास्थ सेवाभित्र मानसिक स्वास्थ्य सेवा सबै ठाउ“मानसमेटिईसकेको हुनाले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु कम भएको पाईन्छ । हालनेपाल सरकारले समुदायमा आधारीत मानसीक रोग सम्बन्धी कार्यक्रम सम्पूर्ण जिल्ला तथास्वास्थ्य केन्द«हरुमा विस्तार गर्ने योजना बनाएको छ ।समुदाय स्तरबाट नै मानसिक रोग रोकथाम उपचार पुनस्थापना तथा मानसिक स्वास्थ्यकोप्रवद्धन गरियो भने नेपालमा मानसिक रोग सम्बन्धी समस्यालाई हटाउन सकिन्छ ।
नेपाल सरकारले स्वास्थ क्षेत्रमा छुट्टाउनेकरिव एक प्रतिशत बजेट मात्र मानसिक रोग सम्बन्धी कार्यक्रमहरुमा छुट्टाएको पाईन्छमानसिक रोग सम्बन्धी कार्यक्रमहरुलाई प्रभावकारी बनाउन त्यसलाई अझ बढाउदै लैजानुपर्ने देखिन्छ । मानसिक रोग सम्बन्धी कार्यक्रम गर्ने विभिन्न संघसंस्थाहरु अन्यकार्यक्रम को तुलनामा केही कम नै रहेका छन् । अन्तराष्ट्रिय स्थरका संघसंस्था तथादात्रि निकायहरुलाई मानसिक रोग सम्बन्धी कार्यक्रमहरु ल्याउनको लागि प्रस्तावनाप्रोसाहन तथा वतावरण निर्माण गर्नुपर्ने देखिन्छ ।
यसरी मानसिक स्वास्थ र यूवालाई हेर्दा विभिन्नकिसिमका मानसिक समस्याहरुले गर्दा यूवावर्गहरु कुनै न कुनै किसिमको लाल्छना तथा भेदभाव भोगी रहेका छन.् । यूवावर्गहरुलाईउत्पादनशिल तथा विकाश प्रति जागरुप बनाउनमा उकथअजयकयअष्ब िपरामर्श तथा सहयोगकोखाचो पर्दछ । युवाहरुले भोगेका विभिन्न समस्याहरुको कारणबाट कुनै न कुनै किसिमकोमानसिक अस्वस्थताको जन्म भएको छ । यसलाई रोक्नको लागि हामी सबै जनाले आफ्नो ठाउ“बाट प्रभावकारी भूमीका निर्वाह गरियो भने युवा वर्गमा देखिने मानसिकअस्वस्थताका समस्याहरुलाई हटाउन सकिन्छ । देशको उन्नति प्रगति तथा युवा वर्गहरुकोपरिवर्तन शिल ज्ञानशिप र क्षमतालाई प्रयोगमा ल्याएर राष्ट्र निर्माणमा टेवा पु¥याउन सकिन्छ ।
सामाजिक आर्थिक राजनैतीक तथा सांस्कृतिपरिवर्तनकोलागी युवाको भूमिका ठूलो रहेको हुन्छ । समाजलाई परिवर्तन गरीविकासकोबाटो तिर उन्मुख गराउने मुख्य जिम्मेवारी यूवाहरुको नै हो । यूवाहरुमा भएकोशक्ति क्षमता क्रमठता ज्ञान सिपलाई उचित रुपमा परिचालन गरी अगाडी बढ्ने वातावरणसिर्जना गरियो भने देशको विकास हुनुमा ठूलो मद्दत पु¥दछ । नेपालको अन्तरिम संविधानको भावनार मर्म अनुसार देशको विकास गर्नको लागी युवाहरु परिचालन गर्ने ,युवाहरुका आवश्यकता पुरा गरी उचितकिसिमको शिक्ष्ाँ, रोजगार तथा व्यक्तिगत विकासको वातावरणसिर्जना गर्नको लागि यूवा निति वनाईएको छ । यस नितिलाई आधार बनाई युवाहरुलाई सहीतरिकाले परिचालन गरियो भने हाम्रो देश नेपालले पनि छिट्टै प्रगति र उन्नतिकोबाटोमा अगाडी बढ्न सक्दछ । नेपाल सरकारले विशेष गरी स्वदेशमा नै युवा शक्तिहरुलाईपरिचालन गर्ने तथा युवा वर्गहरुको ज्ञान , सिप, क्षमतालाई अन्तराष्ट्रियकरण हुनबाटजोगाउने हो भने नेपाल पनि एउटा समृद्ध राष्ट्र बन्नेछ ।
(मिती २०७१/४ ।२७ गते को आदर्श समाज राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित लेख)
सगुन पौडेल
Student of Public Health
Health Assistant
Naulo Ghumti Nepal