‘‘एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔ ”(सन्दर्भ विश्व एड्स दिवस)
एचआइभी एड्सको रोकथाम र उपचार विच हुने अन्तराललाई हटाऔ
हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ। सन १९८८ देखि मनाउन लागिएको यो दिवस नेपालमा पनि विविध कार्यक्रमहरु गरी २७ औ दिवसको रुपमा आज मनाइदै छ । एच आई भि एड्स सम्वन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको वारेमा विश्वभर जानकारी दिनु, एच आई भि एड्स विरुद गरिएका कार्यक्रम तथा गतिविधीहरुको वारेमा सवै ठाउँमा जानकारी पुर्याउनु नै यस दिवसको मुख्य उदेश्य हो। विश्वभर ‘‘एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔ ” भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ। एच आई भि रोकथाम, स्याहार हेरचाह उपचार तथा सहयोग गर्न तथा सर्वव्यापी रुपमा सेवाको पहुँच बढाएर शहश्रव्दी विकास लक्ष्य हाँसिल गर्न को लागि सन २०११ देखी २०१५ सम्म यो नारा तय गरिएको छ । जनस्तरमा जनचेतना फैलाएर एच आई भि को जोखिम घटाउन यस दिवसले महत्वपुर्ण भूमिका खेल्दछ ।
१९ औ शताब्दी तिरवाट पत्ता लागेको एच आई भि भाइरस बिश्वभर नै महामारीको रुपमा फैलिएको छ । मानव शरिरको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने यो भाइरसलाई उपचारको माध्यमवाट पूर्ण रुपमा निको पार्न सक्ने औषधी तथा सर्नवाट रोकथाम गर्न सक्ने भ्याक्सिन अझै पनि पत्ता लगाउन सकिएको छैन । असुरक्षित यौन सम्पर्क, रगत तथा रगत जन्य पदार्थको असुरक्षित प्रयोग तथा सन्क्रमित आमावाट वच्चामा सर्न सक्ने यो भाईरसवाट सुरक्षित हुनको लागी रोकथाम नै मुख्य उपाय हो । मानव शरिरमा प्रवेश गरेपछी यो भाइरसले प्रतिरक्षा प्रणालीमा ठुलो असर गर्दछ । शरिरको अरु रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर पार्दै जान्छ जसका कारण अन्य रोग लाग्ने जिवाणु, किटाणुहरुले शरिरमा सहजै आक्रमण गर्न सक्दछन । शरिर कमजोर भई अरु रोगहरुले पनि संक्रमण गरेको अवस्थालाई नै एड्स भन्ने गरिन्छ । एडस आँफैमा रोग भने होइन । एच आई भि भाइरसलाई पुर्ण रुपमा निस्तेज पारेर भाइरस मुक्त शरिर वनाउने औषधिहरु पत्ता लागीनसके पनि शरिरको प्रतिरक्षा प्रणालीलाई पूर्ण रुपमा वलियो वनाई शरिरका सिपाई कोशहरु सि डि फोर सेल को संख्या वढाउन सहयोग गर्ने तथा हुनसक्ने अवसरवादी संकमणहरु रोक्नको लागी औषधिहरु पाइन्छन। एन्टिरेट्रो भाइरल थेरापी भनेर पाइने यि औषधीहरु नेपाल सरकारले विभिन्न ए आर टि साइटहरु वाट निशुल््क रुपमा वितरण गर्दै आएको छ । नियमित रुपमा ए आर टिको प्रयोगले शरिरलाई आवश्यक प्रतिरक्षा गर्ने शक्ती दिन्छ जसको मध्यमवाट एच आई भि भाइरस सहित पनि लामो जिवन जिउन सकिन्छ । उचित स्याहार सुसार,सुन्तलित भोजनको सेवन अपरिहार्य छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन २०१३ मा विश्वभर करिव १.५ मिलियन मानिसहरु एच आई भिसँग सम्वन्धित कारणवाट ज्यान गुमाएका छन, त्यस्तै ३ंं.५ मिलियन मानिसहरु एच आई भि संक्रमित भएर वाँचिरहेका छन । त्यसै गरी २०१३ मा नै २.१ मिलियन मानिसहरुमा एच आई भिको नयाँ संक्रमण भेटिएको छ। नेपालमा एच आइ भिको संक्रमण सन १९८८ मा पहिलो पटक देखा परेको थियो ।रास्ट्रीय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको २०१३ को अनुमान अनुसार करिव ४०,७२३ जना ब्यक्तिहरु एच आई भिवाट संक्रमित छन । यो संख्या विगतका वर्षहरुमा भन्दा कम हुँदै गएको छ । सोही तथ्यांक अनुसार सन २०१३ मा एच आई भिको व्यापकता अर्थात पृभ्यालेन्स रेट ०.२३ प्रतिशत रहेको छ ।२०७१ असार सम्ममा नेपालमा २५,२२२ जना एच आई भि संक्रमित ब्यक्तिहरु भेटिइसकेका छन । खास गरी नेपालमा केहि जोखिमयुक्त समुहमा मात्र एच आई भिको संक्रमण धेरै भएको पाइन्छ । नशावाट लागु पदार्थ लिने ब्यक्ति , महिला यौनकर्मी तथा तिनिहरुका ग्राहक ,पुरुष समलिङीहरु, विदेशमा काम गर्न जाने कामदार तथा तिनिहरुका परिवारका सदस्यहरुमा एच आई भि को जोखिम तथा संक्रमण वढी देखिन्छ। नेपालमा एच आई भि नियन्त्रण गर्नको लागि सुरु वाट नै निकै प्रयासहरु निरन्तर रुपमा भईरहेका छन । एच आई भि नियन्त्रण गर्नको लागि नेपाल सरकार तथा अन्य दात्रीनिकायहरुको सहयोगमा विभिन्न संघ सस्थाहरु लागीपरिरहेका छन। हाल सम्मको स्थिती हेर्दा नेपालले एच आई भि रोकथाम तथा नयाँ संक्रमणदर घटाउनमा उल्लेखेनिय प्रगती हाँसिल गरेको छ। हाल नेपालमा रास्टिय एच आई भि रणनिती २०११ अनुसार रोकथाम, उपचार, स्याहार तथा सहयोगका कार्यक्रमहरु नेपाल सरकार तथा विभिन्न संघ सस्थाहरुले गरीराखेका छन। हाल नेपालको लक्ष्य सन २०१६ सम्ममा एच आई भिको नयाँ संक्रमणदर लाई २०१० को तुलनामा ५० प्रतिशत घटाउने , एच आई भिसँग सम्वन्धित मित्र्युलाई २५ प्रतिशत घटाउने तथा आमावाट वच्चामा हुने संक्रमणलाई ९० प्रतिशत घटाउने रहेको छ। नेपालको स्थिति हेर्दा एच आई भि रोकथामका कार्यक्रमहरुले उल्लेखनिय प्रगती गरेर नयाँ संक्रमणदर घटेको देखिन्छ । यद्पी संक्रमितहरुको जिवनस्तर तथा सामजिक आर्थीक स्थितिलाई भने ध्यान दिनु पर्ने देखिन्छ। समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुनै न कुनै किसिमको लाल््छ्ना तथा भेदभाव रहिरहेको छ। समाजमा लुकेर रहेको लाल्छना तथा भेदभावहरु लाई हटाउन सकेमा धेरै कुरालाई सहयोग पुग्दछ। समाजले संक्रमित व्यक्तिलाई हेर्ने नजरमा परिवर्तन ल््याउन जरुरी छ। शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि पर्न जाने असर न्युनिकरण गरी एच आई भि सँग संम्वन्धित मित्र्युलाई घटाउनको लागी हामी सवैको प्रयासको खाँचो छ। विश्व स्वास्थ्य संगठनका अनुसार रोकथाम र उपचार विच हुने अन्तराल लाई हटाउन सकियो भने सन २०३० सम्ममा एच आई भिको महामारी विश्व व्यापिरुपमा नै हटाउन सकिन्छ। उचित किसिमको उपचार तथा ए आर टिको सरल रुपमा उपलब्धता भएमा मात्र एच आई भिको कारणले गर्दा हुने मित्र्युलाई कम गर्न सकिने देखिन्छ।
यसरि हेर्दा नेपालमा एच आई भि रोकथाम तथा उपचारका कार्यक्रमहरु लाई सफल र प्रभावकारी वनाउनको निम्ति नेपाल सरकार, विभिन्न संघ संस्थाहरु मात्र नभई सम्पूर्ण समुदाय ,व्यक्तिहरुको एकमुस्ट प्रयास भएमा मात्र सफल हुने देखिन्छ । हातमा हात मिलाई एच आई भि रोकथाम गर्नमा सवै एकजुट हौ । एच आइ भीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याई एच आई भि मुक्त देश नेपाल वनाउनमा हामी सवै एकजुट होऔ।
(मिती २०७१।८।१५ गते को आदर्श समाज राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित लेख)
Nov 30th, 2014
सगुन पौडेल
हेल्थ असिस्टेण्ट (NAULO GHUMTI NEPAL)
स्टुडेण्ट अफ पब्लिक हेल्थ (LA GRANDEE International College, Pokhara)
पोखरा
९८५६०३६९३२
mail4sagun@gmail.com