विश्वभर हाल कुनै न कुनै रोग तथा भाइरसहरुले महामारिको रुपमा फैलिएर जनजिवन प्रभावित पारीराखेका छन । कहिले वड फ्लू कहिले इवोला, हाल महामारीको रुपमा फैलिदै चर्चामा रहेको छ स्वाइन फ्लू छिमेकी मुलुक भारतमा महामारीको रुपमा फैलिएर ८०० जना भन्दा वढिको ज्यान लिइसकेको स्वाईन फ्लूको त्रास नेपालमा पनि देखिसकेको छ। भारतका विभिन्न क्षेत्रहरुमा फैलिएको यो संक्रमणले हजारौको संख्यामा जनजिवन प्रभावित पारिसकेको छ। खुला सीमा, दिनहुँ हजारौं नेपाली तथा भारतीय नागारिकहरुको ओहोरदोहोर जस्ता कारणले नेपालमा स्वाइन फ्लु छिटै महामारीको रुपमा फैलिन सक्ने देखिन्छ। छिमिकी मुलुकमा वढ्दै गएको प्रभाव हेर्दा नेपाल उच्च जोखिममा रहेको देखिन्छ। नेपालमा सन २००९ मा पहिलो पटक देखा परेको यो संक्रमणले गत वर्ष नेपाल सरकारका उच्च ब्यक्ति सहित १८ जनाको ज्यान लिईसकेको छ। हाल सम्म नेपालमा लिइएको रक्त नमुना परिक्षण अनु सर ५ जना मा स्वाइन फ्लू भएको पुष्टि भएको छ जसमा २ जना काठमाडौं, २ जना पोखरा र १ जना चितवनका बासिन्दा रहेका छन। नेपालमा फैलिन सक्ने अवस्थालाई मध्य नजर गर्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपाल भरी अस्पतालहरुमा स्वाईन फ्लूको उपचार गर्नको लागी आवश्यक तयारी सहित छुट्टै कक्ष वनाउनको लागी निर्देशन पनि दिईसकेको छ। त्यस्तै महमारी तथा रोग नियन्त्रण महाशाखाले पनि यो रोग फैलिनवाट जोगिन तथा वच्न वचाउनको लागी सवैलाई सचेतना सुचना दिईसकेको छ। यसै क्रममा नेपालमा स्वाईन फ्लू भित्रीन नदिन को लागी महामरी तथा रोग नियन्त्रण केन्द्रले विभिन्न नाकाहरु झापाको काकडभिट्टा,पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज र कन्चनपुरको गड्डाचौकी नाकामा रोग परीक्षणको व्यवस्था मिलाउने तयारी गर्दै छ । इन्फ्लुन्जा भाइरस टाईप ए ले गर्दा हुने स्वास प्रश्वास प्रणालीको संक्रमण गर्ने रोग हो स्वाईन फ्लू। एच १ एन १ नामले चिनिने यो भाईरल संक्रमण पहिलो पटक सुँगुरमा देखा परेको हुनाले स्वाईन फ्लू भनेर पनि चिनिन्छ । सुरुमा सुँगुरको सम्पर्कमा नियमित रहिरहने व्यक्तिहरुमा सुँगुरबाट यो भाईरस सर्ने गर्दछ। त्यसपछी स्वाइन फ्लू प्रभावित व्यक्तिहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ। स्वाइनफ्लुको भाईरस सामान्य रुघाखोकी जस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणु युक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । दैनिक जिवनमा सामन्य रुपमा साझा प्रयोग भईरहने ढोकाको हेन्डिल, टी।भीको रिमोट, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको किबोर्ड, आदि जस्ता स्रोतहरु वाट पनि सहजै यो भाइरस एक व्यक्तिवाट अरु व्यक्तिमा सर्न सक्दछ । यो भाइरस ७० डिग्री« सेन्टीग्रेडको तापक्रममा मर्दछ, बाहिरी बातावरणमा २ घण्टा वा सो भन्दा वढी पनि वाँच्न सक्दछ। स्वाइन फ्लूमा रुघाखोकी जस्तै नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, खोकी लाग्ने, लगातार उच्च डिग्रीको ज्वरो आउनु ३८ÞÞÞ.३ डिग्री भन्दा वढी, घाँटी खसखसाउनु, घाँटी दुख्ने, टाउको दुख्ने, जीउ दुख्ने, थकाइ लाग्ने, सास लिन कठिनाइ हुने, वान्ता, झाडापखाला समेत हुन सक्छ। यो रोगको लक्षणहरु अरु सामान्य रुघा खोकीका जस्तै देखिन्छ्न ।
लक्षणहरुको भरमा मात्र पत्ता लगाउन नसकिने यो रोग रगत परिक्षण गरे पछी मात्र थाहा हुने गर्दछ। स्वास प्रस्वास प्रणालीमा ठुलो असार पुर्याउने यो रोग वढ्दै गए पछी निमोनिया भई मानिसको मृत्यु हुने गर्दछ। प्रयोगशाा रक्त परिक्षण गर्दा स्वाइन फ्लूुको पुष्टि भए उपचारमा एन्टिभाइरल सहित अन्य औषधि दिइन्छ । बिरामीलाई प्रसस्त आराम गराई अरु ब्यक्तिको सम्पर्कवाट टाढा राखेर उपचार गरिन्छ। संक्रमणको शुरुवात दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ अन्यथा यस रोग पत्ता लगाउन ढिला भएमा निमोनिया लगायत अरु कम्प्लिकेशन भएर ज्यान जाने निस्चित छ। यो भाइरल संक्रमण बूढापाका, पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला,मुट, फोक्सो र मृगौलामा समस्या भएकाहरू, दमको रोग भएका, शरिरको प्रतिरक्षा शक्ती कम भएका व्यक्तिमा अन्य व्यक्तिको तुलनामा बढी घातक हुने गर्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । यो भाइरस जस्ता कडा प्रकृतीका संक्रमणवाट त झनै टाढा रहनु अति आवश्यक छ । यसवाट वच्नको लागी विभिन्न किसिममा उपायहरु अवलम्वन गर्न सकिन्छ। संक्रमितहरुको सम्पर्कबाट वच्ने, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने,खोक्दा तथा हाँच्छिउ गर्दा नाक, मुख छोप्ने, सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्ने, साबुन पानीले हातमुख राम्रो संग धुने, सकेसम्म अरु ब्यक्तिहरुसँग सिदा सम्पर्क नगर्ने हात न मिलाउने, घर कार्यालयहरुमा साधरण रुपमा साझा प्रयोग हुने सामानहरुको सरसफाई मा ध्यान दिने लगातार लामो समय सम्म उच्च ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा गएर आवश्यक परमर्श लिने आदी जस्ता उपायहरु अव्लम्वन गरेमा यस रोगवाट आँफु वच्न तथा अरुलाई वचाउन सहजै सकिन्छ। वेलामा नै आँफु सचेत भई अरुलाई पनि सचेत गराई यो रोग महामारीको रुपमा फैलिनवाट रोकेर छिमेकी मुलुकको जस्तो जनधनको क्षति हुनवाट जोगाउन तर्फ सवैको ध्यान जानुपर्ने देखिन्छ। हाम्रो सुन्दर नगरि पोखरामा संकास्पद ब्यक्तिहरुवाट लिइएको रक्त नमुनामा परिक्षण गर्दा २ जनामा स्वाइन फ्लू देखिइसकेको हुँदा हामी सवै सचेत भएर व्यक्तिगत सुरक्षाका साधनहरु राम्रोसँग प्रयोग गरी आँफु पनि वच्ने तथा अरुलाई पनि वचांउन तर्फ लाग्नुपर्ने देखिन्छ। सवैले आफ्नो आफ्नो ठाँउ वाट अग्रसर भई स्वाइन फ्लुको महामारी रोकथाम गर्न प्रति सवैले चासो दिएमा यसवाट हुन सक्ने संभावित क्षतिलाई रोक्न सकिनेछ । यसको वारेमा जनचेतनाको लागी आँफुले जानेका कुराहरु अरुलाई पनि सिकाउने तथा रोकथामका उपायहरु सिकाउन जरुरी छ।
(मिती २०७१/११/१२ गते को आदर्श समाज राष्ट्रिय दैनिक पत्रीकामा प्रकाशित लेख)
Feb 23rd 2015
SAgun PAudel
mail4sagun@gmail.com