Skip to main content

मधुमेहलाई नियन्त्रणमा राखौ: आफ्नो भविश्य सुरक्षित पारौ!

सन १९९१ देखी मनाउन सुरु गरिएको विश्व मधुमेहदिवस हरेक वर्षको नोवेम्वर १४ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मधुमेह संघको संयुक्त आयोजनमा मनाउन सुरु गरिएकोयो दिवस इन्सुलिन हर्मोन पत्ता लगाउने वैज्ञानिक फिडिरिक व्यान्टीङ  को जन्मदिन अर्थात नोवेम्वर १४ तारिखका दिनमनाइन्छ । मधुमेह सम्वन्धी जनचेतना फैलाउने,रोकथामकाउपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्नेकुराहरु फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचितवानी व्यवाहार, खानपान आदी जस्ता कुराहरुको विश्व व्यापीरुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो ।
नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्नेरोग हो मधुमेह । हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्र औशतमा ६०देखी १४० यम जि/डेसी लिटर  हुनुलाई सामान्य मानिन्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमाउक्त बिरामीलाई डाइविटिज अथवा मधुमेह भएको भनेर भनिन्छ ।
मधुमेह एक प्रकारको दिर्घरोग हो जुन हाम्रोशरिरमा उत्पादन हुने इन्सुलिन नामक हर्मोन जसले हाम्रो रगतमा चिनीको मात्रालाईनियन्त्रण गर्ने काम गर्दछ यसको उत्पादन नै नहुने अथवा शरिरलाई चाहिने मात्रामाउत्पादन नभई हाम्रो शरिरमा चिनीको मात्रा नियन्त्रण गर्न नसकेर हुने रोग नै मधुमेहहो । मधुमेहको वंशानुगत रोग भएकाव्यक्ति ,प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, अत्यधिकमोटा व्यक्तिहरू, मद्यपानकोसेवन सधैं गर्ने व्यक्तिहरूलाई मधुमेह हुने गर्छ। मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ।
मधुमेह दुई प्रकारका हुन्छन्,इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप१ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप२। इन्सुलिनको उत्पादन बन्द भएमा वाइन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ  भने टाइप २ मधुमेहइन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोन निस्कृय भएमा हुने गर्दछ। मधुमेहभएको नभएको थाहा पाउनको लागी हामीले रगतमा ग्लुकोजको मात्रा कति छ भनेर जाँच गरेरमात्र थाहा पाउन सकिन्छ । मधुमेह  भएका बिरामीहरुको पिशाव जाँच गर्दापनि पिसावमा चिनीको मात्रा पनि देखिन सकिन्छ।
सामान्यतया छिनछिनमा पिसाव लागी रहनु, पिशाव पोल्नु, वढी तिर्खा लाग्नु, मुखसुक्खा हुनु,वढी भोक लाग्नु, शरिरको तौल कम हुँदै जानु वा घटबढभई रहनु,छिटो छिटो थकाई लाग्नु ,शरिर अल्छि हुँदै जानु, हातखुट्टा झमझमाउनु ,आँखालेधमिलो देखनु,घाउहरुसन्चो हुन लामो समय लाग्नु तथा अन्य सन्क्रमणहरु लामो समय सम्म निलोनहुनु आदी खालका लक्षणहरु देखा पर्दछन।
विश्वभर नसर्ने प्रकृतिकारोगहरु दिनानुदिन वढ्दै छन । सर्ने किसिमका रोगहरु सजिलै नियन्त्रण गर्न सकिने तरनसने रोगहरु लाई नियन्त्रण गर्नको लागी जिवनयापन , खुवाई, तथाव्यक्तिगत रुपमा नै वढी ध्यान दिनु पर्ने हुन्छ । आधुनिकता तथा वढ्दै गएको विलासिनजिवन यापनले गर्दा पनि खान पिनमा त्यति ध्यान नदिएको कारणले पनि एस्ता प्रकृतीकारोगहरु वढ्दै गएका छन ।
विश्व स्वास्थ्य संगठनको एकप्रतिवेदन अनुसार विश्व भर हाल ३४७ मिलियन ब्यक्तिहरुलाई डाईवेटिज भएको तथ्यांक सार्वजनिक भएको छ । सन२०३५ सम्ममा यो संख्या वढेर करिव ५९२ मिलियन पुग्ने विश्व मधुमेह संघको एक तथ्यांकलेदेखाएको छ ।  त्यस्तैगरी सन २०१२ मा करिव १ .५ मिलियन मिर्त्यु प्रत्यक्ष अप्रत्यक्ष रुपमा मधुमेह कैकारणले हुने अनुमान गरिएको थियो । हाम्रो देश नेपाल जस्तो मध्य तथान्युन आय हुने  मुलुकहरुमा करिव ९० प्रतिशतमधुमेहका विरामीहरु रहेको विश्व स्वास्थ्य संगठनको अनुमन छ । सन२०३० सम्ममा ज्यान जाने रोगहरु मध्य विश्वको सातौ ठुलो रोग मधुमेह हुने अनुमानगरिएको छ ।  विश्व मधुमेह संघको एक तथ्यांक अनुसार नेपालमासन २०१३ सम्ममा ६७४,१२० मधुमेहका विरामीहरु भेटिइसकेकाछन ।यसरी हेर्दा दिनदिनै मधुमेह रोगका विरामीहरु वढ्ने क्रम जारीछ।उचित खानपान तथा वेलामा नै रोगको निदान गरी यसवाट हुनसक्ने अरु खतराका समस्या कम गर्न ध्यान जानु पर्ने देखिन्छ ।
भनिन्छ रोग लागेर उपचारगर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ । हामीले मधुमेह रोग लाग्नवाट रोक्नकोलागी विभिन्न किसिमका उपाय हरु अवलम्वन गर्यौ भने मधुमेह रोगलाई रोक्न तथानियन्त्रण गर्न सहजै सक्दछौ । एक अनुसन्धानले दिएको रिपोर्टअनुसार दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४०प्रतिशतसम्म घट्नसक्छ । शरिरको तौललाई नियन्त्रण गर्ने, शारिरिकरुपमा सकृय रहने,दैनिक व्यायम तथा कसरत, योगा गर्ने, विहानसाँझ हिंड्ने वानी वसाल्ने,  सन्तुलितआहारको सेवन गर्ने, वजारमा पाइने तयारी खाना तथा खाजाहरु नखाने, शरिरमाचिल्लो पदार्थ तथा कोलेस्ट्रोललाई नियन्त्रणमा गर्ने, प्रशस्तमात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने, चुरोट रक्सी तथा अन्य सूर्तिजन्य पदार्थहरुकोसेवन नगर्ने,वेला वेलामा आफ्नो रक्त परिक्षण गरी शरिरमा ग्लुकोजकोमात्र कति छ जाँच गने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग उचित किसिम को परामर्श गर्ने वानी बसाल्ने आदी गरेमा हामीले मधुमेहवाट जोगिनसकिन्छ ।

त्यसै गरी यदि हाम्रो शरिरमामधुमेह देखिसकेको छ भने दैनिक शरिरको ग्लुकोजलाई नियन्त्रण गर्नको लागी चिकित्सककोपरामर्श अनुसार औषधी नियामित रुपमा सेवन गर्ने संयमितएवं सन्तुलित खानपान, नियमितव्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलाईनियन्त्रणमा राख्न सकिन्छ।  सामान्यतयाचिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, कोल्ड डि्रंक, अण्डा, तारेको, भुटेको खाना, चुरोट, मादक पदार्थ आदि जस्ता खानेकुराहरु नखाँदा राम्रो हुन्छ । हरियो सागपात, रायो, पालुंगो, मेथी, मूला, काउली, बन्दा, लौका, घिरौला, करेला, भान्टा, कागती जस्ता खानेकुराहरु सुन्तुलितरुपमा सेवन गर्दा राम्रो हुन्छ । मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायामगर्नु राम्रो हुन्छ । मर्निङ वाक, साइकलचलाउनु, पौडीखेल्नु राम्रोहुन्छ । 
स्वास्थ्य क्षेत्रमाचुनौतीको रुपमा रहेका नसर्ने खालका रोगहरु लाई नियन्त्रण गर्नको लागी विश्व व्यापीरुपमा विभिन्न किसिममा योजना, रणनिती,कार्यक्रमहरु ल्याईएका त छन नै त्यै पनि यि रोगहरु नितान्त ब्यक्तिगत ध्यान पुग्ननसकेमा नियन्त्रण गर्न सकिदैन । यस्ता प्रकृतीका रोगहरु लागीसकेपछी पुर्ण रुपमा निको पारेर स्वास्थ्य हुन पनि नसकिने हुँदा वेलामा नै जोखिम कमगर्ने, खानपिनमा ध्यान दिनुपर्ने देखिन्छ । नसर्ने खालका रोगहरु बढी घातक हुने हुँदा रोगलागेर उपचार तिर सोच्नु भन्दा पनि वेलामा नै आफ्नो शरिरको ख्याल गरी जोखिमहरुघटाउन तिर सवैको ध्यान जान जरुरी देखिन्छ ।
Updates Nov 2014
विश्व मधुमेह दिवस २०१४

Popular posts from this blog

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 

सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पे…

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?
नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिका…

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन;  संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health …