तिजको वर्त वस्दा ध्यान दिनु पर्ने कुराहरु
हिन्दू धर्म सस्कृती परम्परा अनुसार वर्त वसनुलाई निकै महत्वपुर्ण रुपमा हेरिन्छ । वर्त व स्न्नु अर्थात केहि पनि खाई किन भोकै वस्ने प्रचलन नेपाली हिन्दू नारीहरुमा वढी पाईन्छ । वर्षै भरी पर्ने एकादशीहरु देखी लिएर अन्य वारमा आइतवारे, शनिवारे, सोमवारे समेत वर्त लिएर भोकै वस्ने अथवा फलफुल तथा अन्य शुद्द खानेकुराहरु मात्र खाएर वर्त वसने प्रचलन रही आ एको छ ।
हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तिजको अवसरमा पनि परापुर्वकाल देखी नै वर्त बस्ने प्रचलन रही आएको छ । अरु दिनको वर्त भन्दा हरितालिका तिजको वर्तलाई छुट्टै किसिमले लिईन्छ । यो दिन पानी पनि नखाइकिन वर्त बस्ने गरेको पाईन्छ ।
परपुर्वकालमा पार्वतीले भगवान शिवको सु स्वास्थ्य तथा दिर्धायुको कामना गर्दै वर्त बसेको दिन अर्थात हरितालिका तिजको दिनमा हिन्दू नारीहरुले विशेष दिनको रुपमा मान्दै वर्त वस्न्ने प्रचल चलेको पाईन्छ ।
आफ्नो पर्व मनाउने, धर्म सस्कृतीलाई निरन्तरता दिने कुरालाई ध्यान दिदै वर्त बस्ने समयमा आफ्नो शरिरको स्वास्थ्य अवस्थालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
भोकै वस्दा ध्यान दिनु पर्नेकेहि कुराहरु
निरन्तर लामो समयको लागि हामी भोकै बस्दै छौ भने हाम्रो आमाशयमा उत्पन्न हुने खाना पचाउन मद्दत गर्ने एसिड जम्मा हुन गई पेट पोल्ने समस्या हुन सक्दछ। त्यसकारणले हामी नेपाली हरुको आफ्नै रोग Gastritis छ भने वर्त नवस्नु नै उचित हुन्छ।हाम्रो शरिरमा चिनीको मात्रामा घटवड छ, मधुमेह छ भने भोकै वस्दा शरिरलाई आवस्यक चिनीको मात्र नपुग्न्नाले अरु किसिमका समस्याहरु देखा पर्न सक्दछन।
हाम्रो शरिरवाट निरन्तर पानीको मात्रा वाहिरी रहने हुँदा पानी पनि नखाइ वर्त वस्ना शरिरमा पानीको मात्रा कम भई डिहाईड्रेशन हुन सक्दछ । तिजको वेलामा नाँच गान तर्फ ध्यान दिँदा शरिरवाट सदा भन्दा वढि पानीको मात्र वाहिरने हुँदा डिहाईड्रेशन हुने सम्भावना अझै वढी हुन सक्दछ।
शरिरको रक्तचाप घट्न गई अचानक ढल्न सक्ने तथा अन्य समस्याहरु पनि आउन पनि सक्दछ । विभिन्न्न अनुसन्धान अनुसार हाम्रो शारिरमा हुने कोलेस्ट्रोल (HDL) को मात्रा वढन गई महिलाहरुमा मुटु रोगहरु लाग्न्न सक्ने जोखिम वढ्न सक्दछ ।
त्यसै गरी टाउको दुख्न्ने, रिगटा लाग्न्ने ज्यान कमजोर महशुस हुने दैनिक रुपमा खानाहरुवाट पाइने शरिरलाई चाहिने मिनरलहरु तथा अन्य कुराहरु शरिरले नपाउदा हात खुट्टाहरु दुख्न्ने तथा कमजोर हुन सक्ने आदी जस्ता समस्या हरु देखिन सक्द्छन ।
यि वाहेक अरु पनि सामान्य तत्काल देखिने असरहरु देखी लिएर दिर्घकालिन असरहरु पनि हुन सक्दछन त्यसै हुनाले वर्त वस्ने समयमा आफ्नो शारिरिक अवस्थालाई पनि ध्यान दिनु जरुरी छ।
धर्म सस्कृती आफ्नो ठाँउमा छ तर पानी पनि नपिएर वर्त वस्नु हुँदैन । शरिरमा पानीको मात्रा लाई मिलाउन छिन छिन मा पानी पिउने , शारिरिक रुपमा धेरै सकृय नहुने, आराम गर्ने , सितलो वातावरणमा वस्ने, निरन्तर खाई रह नु पर्ने औषधिहरु छन भने समय मा नै खाने , शरिरको शक्ति वढी खर्च हुने कामहरु नगर्ने तथा वर्त सकिने वितिक्कै खाइने खाना म पनि विचार पुर्याउनु पर्ने हुन्छ । हाम्रो धर्म सस्कृतीलाई निरन्तरता दिदै आफ्नो सु स्वास्थ्यमा पनि विषेश ध्यान पुर्याउदै परिमार्जन सहित आधुनिक पाराले हाम्रो धर्म सस्कृतीलाई जोगाउन तर्फ लागी परौ ।
सगुन पाडेल
पोखरा
Mail4sagun@gmail.com