Skip to main content

Posts

Showing posts from November, 2015

मधुमेहलाई नियन्त्रणमा राखौ- विश्व मधुमेह दिवस

सन १९९१ देखि मनाउन सुरु गरिएको विश्व मधुमेह दिवस हरेक वर्षको नोवेम्वर १४ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मधुमेह संघको संयुक्त आयोजनमा मनाउन सुरु गरिएको यो दिवस इन्सुलिन हर्मोन पत्ता लगाउने वैज्ञानिक फिडिरिक व्यान्टीङको जन्मदिन अर्थात नोवेम्वर १४ तारिखका दिन मनाइन्छ। मधुमेह सम्वन्धी जनचेतना फैलाउने, रोकथामका उपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्ने कुराहरु सम्वन्धी जनचेतना फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचित वानी व्यवहार, खानपान आदी जस्ता कुराहरुको विश्वव्यापी रुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो । “मधुमेहको महामारीलाई रोकौ” भन्ने मुल नाराका साथमा आज विविध कार्यक्रम गरी विश्वभर मनाइदै छ।
विश्व मधुमेह दिवस –नोवेम्वर १४ के हो मधुमेह ?
नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्ने रोग हो मधुमेह। हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा औशतमा ६० देखी १४० यम जि÷डेसीलिटर हुनुलाई सामान्य मानिन्छ। शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई डाइवि…