Skip to main content

सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी गरौ !! विश्व जनसंख्या दिवस 2016

सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी गरौ
विश्व जनसंख्या दिवस 2016

हरेक वर्ष जुलाई ११ तारिखका दिन संसार भरि विविध कार्यक्रमहरु गरी विश्व जनसंख्या दिवस मनाइन्छ । विशेष गरि जनसंख्या सम्वन्धी विभिन्न समस्याहरु, चुनौतीहरु त्था जनसँख्यासंग प्रत्यक्ष सरोकार राख्न्ने विषयहरुलाई उठान गरी त्यसको महत्वलाई जनस्तरसम्म जनचेतना फैलाउनु नै यो दिवसको मुख्य उदेश्य हो ।
विश्वको जनसंख्या ५ अर्ब पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर संयुक्त राष्ट्रसंघीय विकास कोषको आयोजनामा सन् १९८९ देखि ११ जुलाई लाई विश्व जनसंख्या दिवसको रूपमा मनाउन सुरु गरिएको हो ।
यसै अवसरमा नेपालमा पनि जनसंख्यासँग सरोकार राख्ने विषयहरुलाई महत्व दिदै हरेक वर्ष जनसंख्या दिवस मनाउदै आईएको छ । यस वर्ष “सुखद् भविष्यका लागि किशोरीहरुमा लगानी“ भन्ने मुल नाराका साथमा यो दिवस आज मनाइदै छ । बृहत शान्ति, प्रगति तथा सम्मृद्धि हासिल गर्नका लागि राष्ट्रको विकास र भविश्य काधमा लिएका युवाहरुमा किशोरी केन्द्रीत लगानी गर्नुपर्छ भन्ने कुरालाई यस वर्ष जोडिएको छ । 
२०७२ मा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ अर्थात झण्डै ३ करोड नजिक पुगेको छ । वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ । २०६८ को जनगणनाको तथ्याङक हेर्ने हो भने महिलाको जनसंख्या ५१.५० प्रतिशत रहेको छ । महिला पुरुषको अनुपात हेर्दा प्रति १०० महिलामा ९५.१६ पुरुष रहेका छन । यसरि हेर्दा पुरुषको तुलनामा महिलाको जनसंख्या नेपालमा धेरै देखिन्छ । नेपालको जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या मध्ये किशोर ३२,०७,८२८ जना र किशोरी ३१,९९,५८३ जना गरी कुल ६४,०७,४११ जना (२४.१८ प्रतिशत) रहेका छन । तुलनात्मक रुपमा हेर्ने हो भने साक्षरता दर पुरुषको (७५.१) भन्दा महिलाको (५७.४) निकै कम देखिन्छ । यस हिसावमा हेर्ने हो भने राष्ट्रलाई समृद तर्फ उन्मुख गराउनको लागि महिला त्यो पनि किशोर अवस्थामा रहेका समुह केन्द्रीत लगानी गरेमा मात्र देशले उल्लेखनिय प्रगती गर्न सक्ने देखिन्छ । 
शरिरिक, मानसिक र सामाजिक रुपमा विकास हुने उमेरमा विश्वभर नै किशोरीहरुले घर, परिवार, समाजवाट धेरै किसिमका समस्याहरु भोगी राखेका छन । बिकासशिल राष्ट्रमा गरिवी, लैगिक विभेद, हिंसा, बालविवाह, जवरजस्ती विवाह, किशोरकिशोरी विचमा शक्ती असन्तुलन, शिक्षाको कमी र विश्व व्यापी कानुन, सम्झौता, समझदारी अनुरुप अधिकार संरक्षणमा कमिले किशोरावस्थामा गर्भ चुनौतीको रुपमा रहेको छ । उमेर नपुग्दै गर्भवती हुनाले किशोरीहरुको शैक्षिक अवसरहरु, स्वास्थ्य र दीर्घकालिन रोजगारका अवसरमा गम्भीर प्रभाव पार्दछ । त्यस्तै कम उमेरमा गर्भवती हुनु स्वास्थ्य हिसावमा राम्रो होइन । गर्भधारण गर्न बच्चा जन्माउन, शरिर पुर्णरुपमा तयार भै नसकेको हुँदा गर्भावस्था, बच्चा पाउने अवस्था र सुत्केरी भएको ६ हप्ता सम्म विभिन्न जटिलताले आमाको मृत्यु एवम जटिलता बाट स्वास्थ्य अवस्था कमजोर हुने, कम तौलको बच्चा जन्मने प्रबल सम्भाबना, गर्भपतन हुने सम्भाबना हुने, बच्चाको शारिरीक बिकलांग हुने सम्भाबना हुने, आमाको आङ खस्ने समस्या हुने, आमा र वच्चा दुवैको स्वास्थ्य जोखिममा रहन्छ, अपरिपक्क उमेर मै तथा जोखिम मोलेरै गर्भवती हुने कारणले पनि नेपालमा मात मिर्त्यु, नव शिशु मिर्तुमा प्रभाव पारेको छ । नेपालको अवस्था हेर्ने हो भने ग्रामिण क्षेत्रमा किशोरीहरु छिटो बिहे हुने कम उमेरमा आमा बन्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा , किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सवै किशोरीहरुको पहुँचमा पग्ुन नसकेको, गर्भ निरोध साधनको जानकारी एवम पहँुच प ग्ुनु, किशोर अवस्थाको प्रजनन दर धेरै देखिएको आदी जस्ता समस्याहरु देखिन्छन । लागु औषधको दुव्र्यसनी, लैंगिकतामा आधारित हिंसा, लिङगमा आधारित गर्भपतन,असुरिक्षित यौन सम्पर्क, यौन रोगहरुको समस्या, बलत्कार आदी पनि यही उमेरमा धेरै देखिएका समस्याहरु हुन । यिनै खालका समस्याहरुले गर्दा मानव अधिकार , प्रजनन अधिकार, यौन तथा प्रजनन स्वास्थ्य सेवा, किशोरी मैत्री सेवा पाउने अधिकार जस्ता कुराहरुको किशोरीहरुमा पुर्याउन सकिएको छैन यिनै कुराहरुले गर्दा सामाजिक र आर्थीक रुपमा उत्पादनशिल जिन्दगीलाई किशोरीहरुले पुर्ण रुपमा प्रयोग गर्न सकेका छैनन । यिनै कुराहरुलाई मध्य नजर गर्दै किशोरीहरुमा लगानी गर्नुपर्ने देखिन्छ ।
नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ को तथ्याङक हेर्ने हो भने २५ देखी ४९ उमेर समुहका महिलाहरुको विवाह सरदर १७.५ वर्ष कै उमेरमा भएको देखिन्छ । त्यस्तै करीव १७.७ प्रतिशत किशोरी १५ देखि १९ वर्षको उमेरमा गर्भवती हुने या आमा भइसक्ने गरेका छन् । एन एम आई सि एस २०१४ को तथ्याङक हेर्ने हो भने नेपालमा अझै पनि १६ प्रतिशत २० देखि २४ वर्ष उमेर समुहका महिलाहरुले उनिहरुको १८ वर्षको उमेरमा नै कम्तीमा पनि एक पटक वच्चा जन्माएको देखिन्छ । किशोर अवस्थाको प्रजनन दर हेर्ने हो १५ देखी १९ वर्ष उमेर समुहका महिलाहरुमा निकै उच्च (प्रति हजारमा ७१) देखिन्छ । त्यस्तै गरी परिवार नियोजनका साधनहरुको प्रयोग पनि ज्यादै न्युन देखिन्छ, स्वास्थ्य सेवा विभागले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार २०७०।७१ मा १५ देखी ४९ उमेर समुहका महिलाहरुमा जम्मा ४३ प्रतिशत मात्र रहेको छ । एन एम आई सि एस २०१४ को तथ्याङक अनुसार परिवार नियोजन साधन को अपुग माग अझै २५ प्रतिशत रहेको छ । यसरी हेर्दा कम उमेर मै गर्भवती हुने कारणले शरिरिक, मानसिक तथा सामाजिक रुपमा किशोरीहरुको विकासमा ठुलो वाधा पुर्याएको तथा स्वास्थ्य क्षेत्रका प्रमुख सुचाङकहरुमा समेत ठुलो देखिन्छ । यसलाई हटाउन लागि पर्ने हो भने राष्ट्रका धेरै सुचकहरुमा प्रगती हासिल गरी समुन्नत विकास गर्न सकिन्छ ।
महिला तथा किशोरी शसक्तिकरण, यौन शोषण विरुद्ध आवाज सशक्त बनाउने, महिला हिंसा विरुद कार्यक्रमहरु गर्ने, किशोेर किशोरी मैत्री स्वास्थ्य सेवा पुर्याउने, जीवनपयोगी शिप अभिवृद्धि, गर्ने, युवाहरुलाई लैंगिक सम्वेदनशील बनाउने , किशोर अवस्थामा हुने गर्भवतीको दर घटाउने, यौन तथा प्रजनन रोगहरु नियन्त्रण गर्ने, यौन दूराचार, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन रोक्ने महिला सशक्तिकण गर्ने आदी जस्ता योजना तथा प्रतिबद्धताहरु सरकारले अन्तर्रा्ष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय तहमा विभिन्न सम्मेलनहरु मार्फत गरिसकेको छ त्यस कारण नेपालको नयाँ संविधानमा समेटिएको किशोरीमैत्री प्रजनन अधिकार तथा सरकारले अन्तर्रा्ष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय तहमा युवा, बालबालिका तथा महिला वर्गको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरुप कार्यन्वयन गर्नको लागि हामी सवैले आआफ्नो ठाउँवाट प्रभावकारी भूमिका निर्बाह गर्न सक्यौ भने किशोरीहरु लगायत युवा वर्गहरुको सामाजिक तथा आर्थिक हिसावले उत्पादनशिल जिन्दगीलाई परिचालन गरी नयाँ नेपाल, एउटा समृद नेपाल निर्माण गर्ने सकिछ ।

Popular posts from this blog

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 

सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पे…

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?
नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिका…

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन;  संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health …