Skip to main content

Posts

Showing posts from October, 2016

विश्व मानसिक स्वास्थ्य दिवस 2015: मानसिक स्वास्थ्यमा सम्मान

विश्व मानसिक स्वास्थ्य दिवस 2015: मानसिक स्वास्थ्यमा सम्मान हरेक वर्ष अक्टुवर १० तारिखको दिन विश्व मानसिकस्वास्थ्य दिवस मनाइन्छ । सन १९९२ देखी मनाउनलागिएको यो दिवसको सुरुवात विश्व मानसिक स्वास्थ्य संघ ले गरेको थियो । मानसिक स्वास्थ्य संम्वन्धी जन चेतनाफैलाउन , स्वास्थ्यको प्रवर्ढ्न गर्न, मानसिक रोगहरु वाट बच्ने, रोकथाम गर्ने उपायहरु फैलाउन तथा विश्वभर मानसिक स्वास्थ्य को वकालत गर्ने को लागी यो दिनले निकै मह्त्व पुर्ण भूमिकानिर्वाह गर्दछ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका ब्यक्ति, संघ संस्थाहरुले आफ्ना कामहरु ,मानसिक स्वास्थ्य क्षेत्र मा गरेकाप्रयासहरु, अवसरहरु, चुनौतीहरु तथा उपलब्धीहरु लाईप्रस्तुत गर्ने दिनको रुपमा पनि यो दिन लाई लिइन्छ । त्यसै गरी विश्वभर मानसिक स्वास्थ्य समस्याहरुकोबड्दो प्रकोप ,तथा यस वाट मानिसको जिवनमा पर्नगएका मनोसामजिक , आर्थीक लगायत सवै किसिमका असरहरु कम गर्नको लागी सबै क्षेत्र हरु तथा संघ संस्थाहरु वाट सहयोग तथा सहकार्यको लागी आहवान गर्ने ,जुट्ने तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै गर्नु पर्ने कामहरु को वारेमा छलफल गर्ने , कार्य योजना वनाउने …

२२ औं राष्ट्रिय कण्डम दिवस २०७३

पोखरामा वाजा सहित भव्य रुपमा  २२ औं राष्ट्रिय कण्डम दिवस मनाईयो कार्तिक ६, २०७३ हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभ रुपमा पहुँच बढाउने उद्देश्यले  “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूल नारा सहित राष्ट्रिय कण्डम दिवस पोखरामा भव्य रुपमा मनाईएको छ ।  जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एच आई भि एड्स संजाल तथा परिवार नियोजन, एच आई भि एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक र्याली सम्पन्न भएको छ ।  

पोखरा स्थित जिरो किलोमिटर चोकवाट सुरु भई पृथ्वीचोक वसपार्कमा सम्पन्न गरिएको थियो । राष्ट्रिय कण्डम दिवसको मह्त्ववारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले र्यालीको उद्घाटन तथा समापन गर्नु भएको थियो। र्यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थ…