Skip to main content

२२ औं राष्ट्रिय कण्डम दिवस २०७३

पोखरामा वाजा सहित भव्य रुपमा  २२ औं राष्ट्रिय कण्डम दिवस मनाईयो
कार्तिक ६, २०७३
हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभ रुपमा पहुँच बढाउने उद्देश्यले  “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूल नारा सहित राष्ट्रिय कण्डम दिवस पोखरामा भव्य रुपमा मनाईएको छ । 
जिल्ला जन स्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एच आई भि एड्स संजाल तथा परिवार नियोजन, एच आई भि एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक र्याली सम्पन्न भएको छ ।  


पोखरा स्थित जिरो किलोमिटर चोकवाट सुरु भई पृथ्वीचोक वसपार्कमा सम्पन्न गरिएको थियो । राष्ट्रिय कण्डम दिवसको मह्त्ववारे प्रकाश पार्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले र्यालीको उद्घाटन तथा समापन गर्नु भएको थियो। र्यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थिती रहेको थियो। वाजा सहित सम्पन्न उक्त र्यालीमा हिमाली सास्कृतिक परिवार वाजा सहित र्या्लिमा सहभागि भएको थियो । साथै कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने उदेश्यले दिन भर वसपार्कमा इन्फो डेक्सको व्यवस्था गरिएको छ ।

सगुन पौडेल, जनस्वास्थ्यकर्मी
पोखरा
९८५६०३६९३२

Popular posts from this blog

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 

सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पे…

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?
नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिका…

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन;  संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health …