Skip to main content

Posts

Showing posts from November, 2016

के हो मधुमेह ? रोकथाम कसरी गर्ने ? - विश्व मधुमेह दिवस - २०१६

विश्व मधुमेह दिवस सन १९९१ देखि मनाउन सुरु गरिएको विश्व मधुमेह दिवसहरेक वर्षको नोवेम्वर १४ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मधुमेह संघको संयुक्त आयोजनमा मनाउन सुरु गरिएको यो दिवस इन्सुलिन हर्मोन पत्ता लगाउने वैज्ञानिक फिडिरिक व्यान्टीङको जन्मदिन अर्थात नोवेम्वर १४ तारिखका दिन मनाइन्छ। मधुमेह सम्वन्धी जनचेतना फैलाउने, रोकथामका उपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्ने कुराहरु सम्वन्धी जनचेतना फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचित वानी व्यवहार, खानपान आदी जस्ता कुराहरुको विश्वव्यापी रुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो । यस वर्ष मधुमेह हुँदा आँखामा देखिने समस्या तथा असरहरु वारे जनचेतना फैलाउने उदेश्य ले ‘मधुमेहमा आँखा’ भन्ने नाराका साथ विश्व भर यो दिवस मनाइदै छ ।


के हो मधुमेह ? नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्ने रोग हो मधुमेह। हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा औशतमा ६० देखी १४० यम जि÷डेसीलिटर हुनुलाई सामान्य मानिन्छ। शरीरमा चिनीको मात्रा धेरै भएर वि…

जनस्वास्थ्य क्षेत्र र जनस्वास्थ्य व्यवसायमा कसरी सुधार ल्याउन सकिएला त ???

सम्पादन नगरिएको मेरो विचार :
1) सम्पुर्ण जनस्वास्थ्यमा कृयाशिल साथीहरुले मैले मेरो व्यक्तिगत मात्र होइन, प्रोफेसनल विकासमा पनि केहि गर्नुपर्छ, यदी जनस्वास्थ्य क्षेत्र नै धराशय भयो भने मैले सिकेको पढेको कुराहरु युटिलाईज गर्ने नयाँ नयाँ अवसर भविश्यमा नपाउन सक्छु र नयाँ पिडीले पनि नपाउन सक्छन भन्ने कुरा इन्ट्ररनलाईजेशन गर्नुपर्‍यो । अहिलेलाई ठिकै छ २-४ पैसो कमाएकै छु, अनि जागिर छ, समय छैन , भ्याउदिन, पेन्सिन पाक्यो वा अव जागिर २-४ वर्ष मात्र हो, साथीहरु लागीहाल्छन नि,अरुले नदुखाएको टाउको मैले किन दुखाउने? भन्न्न्ने सोचलाई आजैवाट छोड्नु पर्‍यो । सार्वजनिक विदाको समय हुन्छ कि अफिस टाइम पछी फुर्सदमा हुन्छ यस्सो समय निकाल्ने प्रयत्न्न गर्नुपर्‍यो । 2) नेपालमा यति धेरै जनस्वास्थ्यकर्मी उत्पादन भइसके अझै पनि एउटा प्रोफेशनल युनिटी हुन सकेको छैन । राजनितिक दुरगन्ध रहित व्यक्तिगत वा कुनै निश्चित समुहको स्वार्थमा केन्द्रीत नहुने किसिम, देखाउने दाँत जस्तो होइन, एकदम प्रोफेशनल हक हित तथा डेभलभमेन्टमा केन्द्रीत अर्गनाइजेशन वनाउने वा NEPHA (since 1990 ???) लाई सुदृढ गरी देशै भरी जनस्वास्थ्यकर्मीहरुक…