विश्व मानसिक स्वास्थ्य दिवस 2015: मानसिक स्वास्थ्यमा सम्मान
हरेक वर्ष अक्टुवर १० तारिखको दिन विश्व मानसिकस्वास्थ्य दिवस मनाइन्छ । सन १९९२ देखी मनाउनलागिएको यो दिवसको सुरुवात विश्व मानसिक स्वास्थ्य संघ ले गरेको थियो । मानसिक स्वास्थ्य संम्वन्धी जन चेतनाफैलाउन , स्वास्थ्यको प्रवर्ढ्न गर्न, मानसिक रोगहरु वाट बच्ने, रोकथाम गर्ने उपायहरु फैलाउन तथा विश्वभर मानसिक स्वास्थ्य को वकालत गर्ने को लागी यो दिनले निकै मह्त्व पुर्ण भूमिकानिर्वाह गर्दछ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका ब्यक्ति, संघ संस्थाहरुले आफ्ना कामहरु ,मानसिक स्वास्थ्य क्षेत्र मा गरेकाप्रयासहरु, अवसरहरु, चुनौतीहरु तथा उपलब्धीहरु लाईप्रस्तुत गर्ने दिनको रुपमा पनि यो दिन लाई लिइन्छ ।
त्यसै गरी विश्वभर मानसिक स्वास्थ्य समस्याहरुकोबड्दो प्रकोप ,तथा यस वाट मानिसको जिवनमा पर्नगएका मनोसामजिक , आर्थीक लगायत सवै किसिमका असरहरु कम गर्नको लागी सबै क्षेत्र हरु तथा संघ संस्थाहरु वाट सहयोग तथा सहकार्यको लागी आहवान गर्ने ,जुट्ने तथा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै गर्नु पर्ने कामहरु को वारेमा छलफल गर्ने , कार्य योजना वनाउने दिनको रुपमा पनि यसदिन लाई लिइन्छ । यस वर्ष विश्व स्वास्थ्य संगठन तथा विश्वमानसिक स्वास्थ्य संघको आयोजनमा विश्वभर ‘Dignity in Mental Health’ अर्थात मानसिक स्वास्थ्यमा सम्मान भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रमहरु गरी विश्वभरी नै मानसिक स्वास्थ्यदिवस मनाइदै छ। मानसिक रोग वा समस्या भएको कारण ले गर्दा नै मानव अधिकार वाट हजारौ मानिस हरु वन्चित भएका छन । सामाजिक तथा आर्थिक गतिविधीहरुमा प्रत्यक्ष संलग्नन हुन वाट पनि वन्चित भएक छन । त्यो कुराहरु लाई अन्त्य गर्न को लागि केन्द्रीत गर्न यो वर्ष मानसिक स्वास्थ्य दिवस लाई मनाउन लागिएको छ ।
विश्व स्वास्थ्य संगठनको अनुसार मानिस पूर्णरुपमा स्वास्थ्य हुनको लागी शारिरिक, सामाजिकतथा मानसिक रुप मा स्वास्थ्य भई कुनै रोग तथा दुर्वलताबाट मुक्त हुनु पर्दछ। यस अर्थमा हेर्ने हो भने मानिसस्वास्थ्य हुन को लागि मानसिक स्वास्थताको पनि निकै ठुलो भूमिका खेल्दछ। विश्व स्वास्थ्य संगठनका अनुसार मानसिकरुपमा स्वास्थ हुनु भनेको केवल मानसिक रोगहरु वाट मात्र मुक्त हुनु होइन । मानिस को जिवन मा हुने समस्या हरु सहजैव्या व्यवस्थापनगर्न सक्नु , तनावब्यवस्थापन गर्न सक्नु, आफ्नो क्षमता , योग्यता लाई राम्रो संग वुझ्न सक्ने समय अनुसार सोच, विचार गर्न सक्नु तथा सामाजिक र आर्थीक रुपमा उत्पादनशिल जिन्दगी (Socially and Economically Productive Life) लाई चलाएर समाजमाकुनै न कुनै किसिमको योगदान पुर्याउन सक्ने क्षमता लाई पनि मानसिक स्वास्थता सँग जोडिएको छ ।
विश्व भर मानसिक रोग तथा समस्या हरु बड्दो रुपमा देखिदै गएका छन । मानसिक रोगहरु को ठ्याक्कै यती नै विरामी छन भनेर एकिन गर्न नसकिएतापनि बिभिन्न अनुसन्धानहरुका अनुसार विश्वमा दिनानुदिन मानसिक समस्या हरु को प्रकोपवड्दो छ । विश्व स्वास्थ्य सँगठनको एक प्रतिवेदन अनुसार विश्व भर ४५० लाख मनिसहरुमानसिक समस्या भोगी राखेका छन हरेक ४ जना मनिस हरु मध्य १ जना मानिस ले आफ्नो जिवनको कुनै क्षण मा कुनै न कुनै किसिम को मानसिक समस्या भोगेको पाइएको छ । त्यसै गरी संसार भर रोग हरु को भार मध्य करिव १४ प्रतिशत भार न्युरो साइक्याटृक समस्याहरुले ओगटेको छन । त्यसै गरी नसर्ने रोगहरुको मात्र कुरागर्ने हो भने करिव २८ प्रतिशत भार मानसिक रोगको छ जुन क्यान्सर तथा मुटु रोगहरुको भारभन्दा निकै धेरै छ । त्यसै गरी विश्व को करिव १.१५ भाग मानसिक समस्याहरु दक्षिण एसियामा नै पर्दछन । विश्व स्वास्थ्य सगठन को २००१ को प्रतिवेदन अनु सार करिव १० प्रतिश्त नेपालीहरुले कुनै न कुनै किसिम मानसिक समस्या भोगेको अनुमान गरिएको छ ।
यस समस्याको उपचार गर्नको लागी सवै किसिम का एकिकृत प्रयासहरुको खाँचो पर्दछ । घर, परिवार, समाज सवैको उपयुक्त भूमिका पुगेमा मात्र योसमस्याको समाधन हुन सक्दछ । उचित परमर्श, मनोसामाजिक सान्त्वना , उचित औषधी को प्रयोग गर्नु पर्दछ । उचित परमर्श, मनोसामाजिक सान्त्वना,उचित औषधीको प्रयोग गर्नु पर्दछ । नेपाल सरकारले सन १९९६ मा मानसिक स्वास्थ्य सेवाको सवै जनसमुदायमा पहुच र उपलव्धता कायम गर्ने ,मानसिक स्वास्थ्यताको वारेमा जनचेतना फैलाउने उदेस्यले मानसिक स्वास्थ्य निति ल्याएको छ । विविध कारणवस यो नितिलाई समुदाय स्तरसम्म अझसम्म पनि कार्यान्वयन गर्न नसकिएको हुनाले पूर्ण रुपमा मानसिक स्वास्थ्य सेवाको पहुंच सबै ठाउमा पुगी सकेको छैन। यदपि नेपाल सरकारबाट मानसिक स्वास्थ्यलाई प्रवधन गर्ने मानसिक रोग रोकथाम गर्ने तथा बेलैमा उपचार गर्ने कार्यक्रमहरुलाई अगाडी नबढाएको भने होइन । नेपाल सरकारको (Basic Essential health service) अति आवश्यक आधारमभुत स्वास्थ सेवा भित्र मानसिक स्वास्थ्य सेवा सबै ठाउमा नसमेटिईसकेको हुनाले मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु कम भएको पाईन्छ । हाल नेपाल सरकारले समुदायमा आधारीत मानसीक रोग सम्बन्धी कार्यक्रम सम्पूर्ण जिल्ला तथा स्वास्थ्य केन्दहरुमा विस्तार गर्ने योजना बनाएको छ । समुदाय स्तरबाट नै मानसिक रोग रोकथाम उपचार पुनस्थापना तथा मानसिक स्वास्थ्यको प्रवद्धन गरियो भने नेपालमा मानसिक रोग सम्बन्धी समस्यालाई हटाउन सकिन्छ ।
यसरी हेर्दा समाजमा रहेका मानसिक समस्याहरु लाई हटाएर सामाजिक र आर्थीक रुपमा समाज लाई अगाडी वढाउनको लागी हामी सवैको आ आफ्नो ठाउवाट प्रभावकारी भूमिका निर्वाह गरियो भने पक्कै पनि मानसिक रुपमा स्वस्थ्य समाज निर्माण गरी नयाँ नेपाल निर्माण टेवा पुग्थ्यो कि ?
धन्यवाद ।