जनस्वास्थ्य क्षेत्र र जनस्वास्थ्य व्यवसायमा कसरी सुधार ल्याउन सकिएला त ???

जनस्वास्थ्य क्षेत्र र जनस्वास्थ्य व्यवसायमा कसरी सुधार ल्याउन सकिएला त ???

सम्पादन नगरिएको मेरो विचार :

1) सम्पुर्ण जनस्वास्थ्यमा कृयाशिल साथीहरुले मैले मेरो व्यक्तिगत मात्र होइन, प्रोफेसनल विकासमा पनि केहि गर्नुपर्छ, यदी जनस्वास्थ्य क्षेत्र नै धराशय भयो भने मैले सिकेको पढेको कुराहरु युटिलाईज गर्ने नयाँ नयाँ अवसर भविश्यमा नपाउन सक्छु र नयाँ पिडीले पनि नपाउन सक्छन भन्ने कुरा इन्ट्ररनलाईजेशन गर्नुपर्‍यो ।
अहिलेलाई ठिकै छ २-४ पैसो कमाएकै छु, अनि जागिर छ, समय छैन , भ्याउदिन, पेन्सिन पाक्यो वा अव जागिर २-४ वर्ष मात्र हो, साथीहरु लागीहाल्छन नि,अरुले नदुखाएको टाउको मैले किन दुखाउने? भन्न्न्ने सोचलाई आजैवाट छोड्नु पर्‍यो । सार्वजनिक विदाको समय हुन्छ कि अफिस टाइम पछी फुर्सदमा हुन्छ यस्सो समय निकाल्ने प्रयत्न्न गर्नुपर्‍यो ।
2) नेपालमा यति धेरै जनस्वास्थ्यकर्मी उत्पादन भइसके अझै पनि एउटा प्रोफेशनल युनिटी हुन सकेको छैन । राजनितिक दुरगन्ध रहित व्यक्तिगत वा कुनै निश्चित समुहको स्वार्थमा केन्द्रीत नहुने किसिम, देखाउने दाँत जस्तो होइन, एकदम प्रोफेशनल हक हित तथा डेभलभमेन्टमा केन्द्रीत अर्गनाइजेशन वनाउने वा NEPHA (since 1990 ???) लाई सुदृढ गरी देशै भरी जनस्वास्थ्यकर्मीहरुको नेटवर्क वनाउने, स्थानिय तह देखी केन्द्रिय तह सम्म पव्लिक हेल्थ छुने कुराहरुमा आफ्नो अस्तित्वको खोजी गरेहाल्ने ।
3) जनस्वास्थ परिषद गठन गर्नको लागि सार्थक पहल तथा प्रकृया तुरुन्त अगाडी वढ्ने, यसको नेतृत्व अग्रजहरुले नै गर्नुपर्ने हुन्छ, आवश्यक परेमा एकतर्फी माग राख्दै आन्दोलन नै गर्ने ।
4) हाल NHPC ले लिन थालेको लाईसेन्स परिक्षाको गुणस्तरियता , प्रभावकारितालाई ध्यान दिदै हाम्रो काउन्सिल नवनुनजेल प्राविधिक सहयोग गर्ने ।
5) लोकसेवामा सातौवाट आठौ वनाउने, कार्यक्रम सुपुरभाइजर कम्तीमा पनि जनस्वास्थ्य पढेको हुनेपर्ने, जनस्वास्थ्यकर्मीहरुको दरवन्दी थप गर्न पहल गर्न, CHI जस्तो पव्लिक हेल्थ फेण्डेली प्रोग्रामलाई फेरी ल्याउन पहल गर्ने, सामान्य प्रशाशन मन्त्रालयले दिने कर्मचारी सन्तति छात्रवृत्तिमा वि पि एच लाई समवेश गर्न पहल गर्ने, एनजिओ, आईएनजि तथा अन्य संघ संस्थाको पव्लिक हेल्थ हुमेन रिसोर्स व्यवस्ठापनमा एक रुपता ल्याउने आदी जस्ता सामान्य देखी ठुला मुद्धाहरुलाई पनि विस्तारै समाधान गर्न तर्फ ध्यान दिनुपर्ने हुन्छ ।
जनस्वास्थ्यको हाम्रो प्रोफेशनल अर्गनाइजेशन र काउन्शिल वनाउन सक्ने हो भने हाम्रा अरु मुद्धाहरुलाई समाधान गर्न सजिलो हुन्छ ।
6) यि सवै गर्नको लागी एउटा National Public Health Conference गरौ ।

धन्यवाद !!
जय स्वास्थ्य !!
सगुन पौडेल स्याङ्जा, पोखरा