Skip to main content

के हो मधुमेह ? रोकथाम कसरी गर्ने ? - विश्व मधुमेह दिवस - २०१६

विश्व मधुमेह दिवस
सन १९९१ देखि मनाउन सुरु गरिएको विश्व मधुमेह दिवस हरेक वर्षको नोवेम्वर १४ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ। विश्व स्वास्थ्य संगठन र विश्व मधुमेह संघको संयुक्त आयोजनमा मनाउन सुरु गरिएको यो दिवस इन्सुलिन हर्मोन पत्ता लगाउने वैज्ञानिक फिडिरिक व्यान्टीङको जन्मदिन अर्थात नोवेम्वर १४ तारिखका दिन मनाइन्छ। मधुमेह सम्वन्धी जनचेतना फैलाउने, रोकथामका उपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्ने कुराहरु सम्वन्धी जनचेतना फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचित वानी व्यवहार, खानपान आदी जस्ता कुराहरुको विश्वव्यापी रुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो । यस वर्ष मधुमेह हुँदा आँखामा देखिने समस्या तथा असरहरु वारे जनचेतना फैलाउने उदेश्य ले ‘मधुमेहमा आँखा’ भन्ने नाराका साथ विश्व भर यो दिवस मनाइदै छ ।


के हो मधुमेह ?
नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्ने रोग हो मधुमेह। हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा औशतमा ६० देखी १४० यम जि÷डेसीलिटर हुनुलाई सामान्य मानिन्छ। शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई डाइविटिज अथवा मधुमेह भएको भनेर भनिन्छ।
मधुमेह एक प्रकारको दिर्घरोग हो जुन हाम्रो शरिरमा उत्पादन हुने इन्सुलिन नामक हर्मोन जसले हाम्रो रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने काम गर्दछ यसको उत्पादन नै नहुने अथवा शरिरलाई चाहिने मात्रामा उत्पादन नभई हाम्रो शरिरमा चिनीको मात्रा नियन्त्रण गर्न नसकेर हुने रोग नै मधुमेह हो । मधुमेहको वंशानुगत रोग भएका व्यक्ति ,प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने व्यक्तिहरूलाई मधुमेह हुने गर्छ। मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ।
मधुमेह दुई प्रकारका हुन्छन, इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २। इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ भने टाइप २ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोन निस्कृय भएमा हुने गर्दछ । मधुमेह भएको नभएको थाहा पाउनको लागी हामीले रगतमा ग्लुकोजको मात्रा कति छ भनेर जाँच गरेर मात्र थाहा पाउन सकिन्छ। मधुमेह भएका बिरामीहरुको पिशाव जाँच गर्दा पनि पिसावमा चिनीको मात्रा पनि देखिन सकिन्छ ।
लक्षणहरु : 
सामान्यतया छिनछिनमा पिसाव लागी रहनु, पिशाव पोल्नु, वढी तिर्खा लाग्नु, मुख सुक्खा हुनु,वढी भोक लाग्नु, शरिरको तौल कम हुँदै जानु वा घटबढ भई रहनु, छिटो छिटो थकाई लाग्नु ,शरिर अल्छि हुँदै जानु, हातखुट्टा झमझमाउनु ,आँखाले धमिलो देखनु, घाउहरु सन्चो हुन लामो समय लाग्नु तथा अन्य सन्क्रमणहरु लामो समय सम्म सन्चो नहुनु आदी खालका लक्षणहरु देखा पर्दछन।

तथ्यांकमा मधुमेह
विश्वभर नसर्ने प्रकृतिका रोगहरु दिनानुदिन वढ्दै छन। सर्ने किसिमका रोगहरु सजिलै नियन्त्रण गर्न सकिने तर नसने रोगहरुलाई नियन्त्रण गर्नको लागी जिवनयापन , खुवाई, तथा व्यक्तिगत रुपमा नै वढी ध्यान दिनुपर्ने हुन्छ। आधुनिकता तथा वढ्दै गएको विलासिन जिवनयापनले गर्दा पनि खान पिनमा त्यति ध्यान नदिएको कारणले पनि एस्ता प्रकृतीका रोगहरु वढ्दै गएका छन ।
विश्व मधुमेह संघको एक तथ्यांक अनुसार हाल सन २०१५ मा विश्व भर करिव ४१५ मिलियन वयश्क व्यक्तिहरु मधुमेह ले ग्रसित छन । कम्ती मा पनि २ जना मध्ये एक जना निदान नगरिएको मधुमेह को विरामि रहेको अनुमान गरिएको छ । त्यस्तै यो संख्या २०४० सम्म मा वढेर करिव ६४२ मिलियन अथवा हरेक १० जना वयस्क हरु म ध्ये १ जना मधुमेह वाट ग्र सित हुने अनु मान गरिएको छ । मधुमेहका कारणवाट सन २०१५ मा ५ मिलियन मिर्त्यु भएको छ । त्यस्तै हरेक ६ सेकेण्डमा एक जनाको मिर्ती मधुमेह कै कारणवाट हुने गर्द्छ । विश्वभर रहेका मधुमेहका विरामी मध्य करिव ७५ प्रतिशत विरामीहरु हाम्रो देश नेपाल जस्तो मध्य तथा न्युन आय हुने मुलुकहरुमा रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ। विश्व मधुमेह संघको एक तथ्यांक अनुसार नेपालमा त्यस्तै गरी सन २०१५ मा नेपाल मा करिव ५२६,००० मधुमेह का विरामी रहेका छन । यसरी हेर्दा दिनदिनै मधुमेह रोगका विरामीहरु वढ्ने क्रम जारी छ। उचित खानपान तथा वेलामा नै रोगको निदान गरी यसवाट हुनसक्ने अरु खतराका समस्या कम गर्न ध्यान जानु पर्ने देखिन्छ ।

आँखा 
मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ। विश्व मधुमेह संघका अनुसार प्राय जसो देशहरुमा अन्धोपनको प्रमुख कारण नै मधुमेह हो, मधुमेहका बिरामीमा अन्धोपनको प्रमुख कारण डाइबेटिक रेटिनोपेथी हो । सन २०१५ मा करिव ४१५ मिलियन मधुमेहका विरामीहरु मध्ये एक तिहाई विरामीहरुमा आँखाको समस्या हुन सक्ने अनुमान गरिएको छ । हाल करिव ९३ मिलियन मधुमेही वयस्कहरु आँखाको समस्याले ग्रसित छ। मधुमेहले आँखामा विभिन्न रुपमा असर गर्न सक्दछ। आखाको दृष्टिपर्दामा असर गर्ने , वरपर सुन्निने , जलविन्दु तथा मोती विन्दुहुने जोखिम वढाउने जस्ता असरहरु देखिन्छ । आँखामा सवैभन्दा धेरै देखिने समस्या भनेको डाईवेटिक रेटिनोपेथी हो, जसले रेटिनाको रक्तनली असर गरी आँखाको पर्दामा रक्तस्राव हुने, सुन्निने र कमजोर वनाउदछ जस ले गर्दा आँखाको दृष्टि सधैका लागी गुम्न्न सक्दछ । सामन्य रुपमा रेटिनोपेथीको कुनै पनि लक्षणहरु देखिदैनन ठुलो असर परेपछी मात्र असहज हुने तथा धमिलो देखिने आदी जस्ता आँखाका अरु समस्या हुदाँ देखिन सक्न्ने लक्षणहरु देखिने गर्दछन । त्यसैले गर्दा हरेक मधुमेहका विरामीहरुले बेला बेलामा रेटिनोपेथी छ कि छैन भनेर यसको जाँच गरी राख्नुपर्ने हुन्छ ।समय मै पत्ता लगाउन सकियो भने यसवाट हुन सक्ने संभावित असर तथा सधैको लागी हुन सक्ने अन्धोपन लाई रोक्न सकिन्छ । 

रोकथाम कसरी गर्ने
भनिन्छ रोग लागेर उपचारगर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ। हामीले मधुमेह रोग लाग्नवाट रोक्नका लागी विभिन्न किसिमका उपायहरु अवलम्वन गर्यौ भने मधुमेह रोगलाई रोक्न तथा नियन्त्रण गर्न सहजै सक्दछौ । एक अनुसन्धानले दिएको रिपोर्ट अनुसार दैनिकरुपमा ३० मिनेट व्यायम गर्नाले मधुमेह रोग लाग्ने सम्भावना ४० प्रतिशत सम्म घट्नसक्छ। शरिरको तौललाई नियन्त्रण गर्ने, शारिरिक रुपमा सकृय रहने, दैनिक व्यायम तथा कसरत, योगा गर्ने, विहान साँझ हिंड्ने वानी वसाल्ने, सन्तुलित आहारको सेवन गर्ने, वजारमा पाइने तयारी खाना तथा खाजाहरु नखाने, शरिरमा चिल्लो पदार्थ तथा कोलेस्ट्रोललाई नियन्त्रणमा गर्ने, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने, चुरोट रक्सी तथा अन्य सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने, वेला वेलामा आफ्नो रक्त परिक्षण गरी शरिरमा ग्लुकोजको मात्रा कति छ जाँच गने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग उचित किसिमको परामर्श गर्ने वानी बसाल्ने आदी गरेमा हामीले मधुमेहवाट जोगिन सकिन्छ ।
त्यसै गरी यदि हाम्रो शरिरमा मधुमेह देखिसकेको छ भने दैनिक शरिरको ग्लुकोजलाई नियन्त्रण गर्नको लागी चिकित्सककाे परामर्श अनुसार औषधी नियामित रुपमा सेवन गर्ने संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलार्इ नियन्त्रणमा राख्न सकिन्छ। सामान्यतया चिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, कोल्ड ड्रिंक, अण्डा, तारेको, भुटेको खाना, चुरोट, मादक पदार्थ आदि जस्ता खानेकुराहरु नखाँदा राम्रो हुन्छ। हरियो सागपात, करेला, कागती जस्ता खानेकुराहरु सुन्तुलितरुपमा सेवन गर्दा राम्रो हुन्छ । मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायाम गर्नु राम्रो हुन्छ । मर्निङ वाक, साइकल चलाउनु, पौडी खेल्नु आदी जस्ता कृयाकलापहरुले शरिरको चिनीको मात्रा खपत गरी नियन्त्रण गर्न सहयोग गर्दछन।
हाल बिश्व भर मानिसको ज्यान लिने रोगहरुमा नसर्ने रोगहरु नै अगाडी छ। स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेका नसर्ने खालका रोगहरुलाई नियन्त्रण गर्नको लागी विश्व व्यापीरुपमा विभिन्न किसिममा योजना, रणनिती,कार्यक्रमहरु ल्याईएका त छन नै त्यै पनि यि रोगहरु नितान्त ब्यक्तिगत ध्यान पुग्न नसकेमा नियन्त्रण गर्न सकिदैन। त्यसैले गर्दा यस्ता किसिमका रोगहरुको वारेमा ज्ञान लिई आफ्नो वानी तथा व्यवहारलाई वेलामा नै सुधार गरी रोगहरुवाट जोगिन तर्फ व्यक्तिगत रुपमा आँफै लाग्नुपर्ने हुन्छ। यस्ता प्रकृतीका रोगहरु लागीसकेपछी पुर्णरुपमा निको पारेर स्वास्थ्य हुन पनि नसकिने हुँदा वेलामा नै जोखिम कम गर्ने, खानपिनमा ध्यान दिनुपर्ने देखिन्छ। नसर्ने खालका रोगहरु बढी घातक हुने हुँदा रोग लागेर उपचार तिर सोच्नु भन्दा पनि वेलामा नै आफ्नो शरिरको ख्याल गरी जोखिमहरु घटाउन तिर सवैको ध्यान जान जरुरी देखिन्छ।

विश्व मधुमेह दिवस सम्वन्धी पुरानो लेख लाई अपडेट गरिएको (13 Nov 2016)

सगुन पौडेल
जनस्वास्थ्यकर्मि,
पोखरा कास्की
सम्पर्क ९८५६०३६९३२ 

Popular posts from this blog

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 

सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पे…

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?
नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिका…

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन;  संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health …