May 2nd 2017
पूर्णखोप प्राप्त बालबालिकाहरुलाई सम्मान कार्यक्रम
राष्ट्रिय खोप महिनाको अवसरमा कास्कीका विभिन्न स्थानहरुमा पूर्णखोप दिगोपनाका कार्यक्रमहरु संचालन भई रहेका छन । यसै क्रममा आज कास्कीको साविक पुरन्चौर गा.वि.स.मा अवस्थित तल्लाकोट स्वास्थ्य चौकीमा पूर्णखोप प्राप्त गर्ने तथा नियमित रुपमा वृद्धि अनुगमन गर्ने बालबालिकाहरुलाई सम्मान गरिएको छ ।आमा समुहका अध्यक्ष श्री ईन्द्र कुमारी पौडेलको अध्यक्षता, जिल्ला जनस्वास्थ्य कार्यलय कास्कीका प्रमुख श्री दिनेश कुमार चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्णखोप लगाउने २९ जना बालबालिका तथा नियमित बृद्धि अनुगमन गर्ने १० जना बालबालिकाहरुलाई करुवा तथा पुरस्कार र खादा लगाई सम्मान गरिएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नानीबाबु ढकाल, खोप अधिकृत एकनारायण लम्सालले क्रमशः बृद्धि अनुगमन, नाभी मलमको महत्व तथा खोप कार्यक्रम र पूर्णखोपको महत्व माथि प्रकास पार्नु भएको थियो । कार्यक्रमको आयोजक संस्था तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम दाहालले प्रतिवेदन पेश गर्दै कार्यक्रमको औचित्य माथि प्रकास पार्नु भएको थियो । यसै गरी कार्यक्रममा शिक्षक विष्णु प्रसाद गौतम, महिला स्वास्थ्य स्वयं सेविका पार्वती बास्तोला, आमाहरुको तर्फबाट शुशीला अधिकारी लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्वास्थ्य चौकीका सि.अ.हे.व श्याम सुन्दर आचार्यको स्वागत, अ.हे.व. गोविन्द प्रसाद आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरु, आमा समुहका सदस्यहरु तथा बालबालिकाका अभिभावकहरुको उलेख्य उपस्थिति रहेको थियो ।