के यस्ता स्वास्थ्यका नाराहरु
वनाउलान त राजनितिक दलले स्थानिय चुनावमा ????
स्थानिय चुनाव र स्वास्थ्य (चुनावी नाराहरु )
स्वास्थ्य नै विकासको प्रमुख पुर्वाधार
निशुल्क स्वास्थ्यसेवा नितिको आधार
स्वास्थ्य खाना, रोकथाम र सावधानी
स्थानिय सरकारको स्वास्थ्यमा लगानी
नसर्ने रोगलाई रोक्न सक्ने स्वयम आंफ्नै वानी
मल्टिसेक्टर एप्रोचमा पव्लिक प्राईभेट लगानी
प्रवर्धनात्मक सेवामा उल्लेखनिय जोड
राज्यको दायित्व, स्वास्थ्य विमा निछोड
गाँउ नगर: हरेक नागरिक, हरेक परिवार
स्वास्थ्य विमा स्थानिय सरकारको उपहार
हरेक परिवारलाई प्राथमिक उपचारको किट
३० मिनेटको दुरीमा स्वास्थसेवा केन्द्र फिट
वढ्दो दुर्घट्ना, मधुमेह, रक्तचाप र किड्निको रोग
नगरवासिको पहुंचमा प्रोमोशन सेन्टरको उपभोग
साधन स्रोतको पर्याप्त उपलव्धता
स्थानिय संस्थामै सेवाको गुणस्तरियता
स्वास्थ संस्था व्यवस्थापन जनताकै जिम्मेवारी
सेवा दिने स्वास्थ्यकर्मी, जनताकै निगरानी
स्थानिय तह र जनताको सहकार्य
दरवन्दी अनुसार डाक्टर अनिवार्य
सवै निकाय : नगर तथा गाँउपालिका
टोलटोलमा सर्टिफाईड स्वास्थ्य परिचालिका
स्वास्थ्य, समृद्द नगर टोल वासी
गाँउगाँउमा सामुदायिक फार्मेसी
अन्लाईन, स्याट्लाईट: वडासम्म विशेषज्ञ सेवा
प्रविधिको उच्च प्रयोग जनतालाई टेवा
सगुन पौडेल, जनस्वास्थ्यकर्मी
पोखरा