पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ पूर्णखोप वडा घोषणा कार्यक्रम
भरतपोखरी, कास्कीः– मिति २०७४।४।१८,
भरतपोखरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष श्री शिव प्रसाद आचार्यको अध्यक्षतामा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३, भरतपोखरीलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका नवनिर्वाचत मेयर श्री मान बहादुर जि.सी.को प्रमुख आतिथ्यता, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख श्री दिनेश कुमार चापागाईको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ का जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका का मेयर एवं कार्यक्रमका प्रमुख अतिथि मान बहादुर जि.सी.ले पूर्णखोप सुनिश्चिताको घोषणा सहित प्रतिवद्धता व्यक्त गराउदै पोखरा लेखनाथ महानगरपालिकालाई प्रविधि मैत्री महानगरपालिका बनाउने र खोप लगायत स्वास्थ्यका सम्पूर्ण सुचनाहरुलाई अनलाईन मार्फत अभिलेख प्रतिवेदन राख्न महानगरको योजना रहेको बताए । कार्यक्रमका बिशेष अतिथि प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले पूर्णखोप घोषणा कार्यक्रमको अन्त नभई शुरुवात भएको र आगामी दिनमा यसको निरन्तरता गर्नुपर्ने कुरामा जोड दिए । पोखरा लेखनाथ महानगरपालिका का स्वास्थ्य संयोजक श्री हेमन्त शर्मा, पश्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्री रमेश बराकोटी, राजनैतिक दलको तर्फबाट ने.क.पा. एमालेका गुरु प्रसाद क्रान्तिकारी, छिमेकी स्वास्थ्य संस्थाका तर्फबाट शिशुवा अस्पतालका जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद पौडेल, समाजसेवीको तर्फबाट यज्ञ प्रसाद अधिकारी, महिला स्वास्थ्य स्वयं सेविका डिल कुमारी काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले पूर्णखोपको औचित्य, आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए । सो कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख गोकर्ण सापकोटाले पूर्णखोपको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविका र खोप कार्यमा संलग्न स्वास्थ्यकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। बाजा गाजा र प्लेकार्ड प्रदर्शन सहित शुरु भएको कार्यक्रम घोषणा सभामा परिणत भएको थियो । नवनिर्वाचित वडा सदस्य दिपक लामिछानेको स्वागत तथा स्वास्थ्य चौकी प्रमुख गोकर्ण सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाहरुले पूर्णखोप सम्बन्धी गीत तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।