ल्वाङ्ग घलेलमा स्तनपान सम्वन्धी तिज गित प्रतियोगिता सम्पन्न

ल्वाङ्ग घलेलमा स्तनपान सम्वन्धी तिज गित प्रतियोगिता सम्पन्न

ल्वाङ्ग घलेलमा स्तनपान सम्वन्धी तिज गित प्रतियोगिता सम्पन्न
२०७४ भाद्र ०३ गते, कास्की 
माछापुछ्रे गाँउ पालिका वडा नं ८, ९ र ल्वाङ्ग घलेल स्वास्थ्य चौकीको संयुक्त आयोजनामा "स्वास्थ्य जिवनका लागि स्तनपान " भन्ने मुल नाराका साथमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
स्तनपानलाई स्थानिय रुपमा प्रवर्धन गर्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानिय आमा समुह , विधालय गरी कुल १३ टिमले भाग लिएका थिए । 
प्रतियोगिता मा क्रमश संगम वो र्डिङ स्कुल , गौरीशंकर मनिलाल मा वि , प्रगती आमा समुह प्रथम दितिय र तृतिय स्थान प्राप्त गर्दै क्रमश ५०००, ३००० र २००० रकम पुरस्कार पाएका थिए । स्थानिय स्तरवाटै सहयोग जुटाएर गरिएको उक्त कार्यक्रममा स्थानिय वासिन्दा , युवा क्लव महिला स्वास्थ्य स्वयम सेविकाहरुले आर्थीक स्रोत जुटाउन सहयोग गरेका थिए । 
स्थानिय समाजसेवी तथा तिज गित प्रतियोगिता आयोजक समितिका संयोजक टेक वहादुर क्षेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा- ९ अध्यक्ष दुर्गा वहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा-८ अध्यक्ष कृष्ण प्रसाद दवाडी, हेल्थ फर लाईफका कार्यक्रम अधिकृत सगुन पौडेल, माछापुछ्रे गाँउपालिका स्वास्थ्य संयोजक हरिलाल आचार्य, परिवार नियोजन सुपरभाईजर सन्तोष पौडेल, तथा विभिन्न् संघ संस्थाका प्रतीनिधीहरुले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका नि. कार्यालय प्रमुख वोधराज सुवेधिले सास्कृतिक एवम धार्मिक परम्पराहरुमा स्थानियस्तरवाट नै स्वास्थ्य जनचेतना फैलाउन गरिएको कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने र यस्ता किसिममा कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने वताए।
स्थानिय वासिन्दाहरु, आमा समुह, समाजसेवी, महिला स्वास्थ्य स्वयमसेविकाहरु, विधार्थीहरुको उल्लेखिय उपस्थिती रहेको थियो। कार्यक्रममा वर्थिङ सेण्टर पुर्वाधारमा सहयोग गरेकोमा जिए न आई नौलो घुम्ती नेपाल लाई सम्म मान गरिएको थियो । उक्त कार्यक्रम स्थानिय स्वास्थ्य चौकी प्रमुख आनन्द वरालले गरेका थिए। कार्यालय प्रमुख भएर स्वास्थ्य संस्थामा आँफु गएको छोटो समय मै योजना गरिएको कार्यक्रममा वडा कार्यालय, स्थानिय वासिन्दाहरुको ठुलो सहयोग पाएकोमा खुशी लागेको र आगामी दिनमा पनि एस्तै खालका कृयटिभ कार्यहरु गर्न आँफुलाई थप उर्जा मिलेको वताए ।