निजी विचार
कास्की वसेर स्याङ्जाको चिन्ता लिनु त्यति जायज नहोला यदपी स्वास्थ्य क्षेत्र मै काम गर्ने स्याङ्जालि कै हैसियतले स्याङ्जाको स्वास्थ्य क्षेत्रको चिन्ता लाग्न्नु स्वभाविक हो । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी) ले स्याङ्जा जिल्लामा संचालन गर्न खोजेको सुआहारा परियोजना एक वर्ष देखी संचालन हुनुपर्नेमा अझै पनि संचालन हुन सकेन भन्न्ने समाचारहरु पढियो । नितिगत हिसावमा भन्न्ने हो भने यो कार्यक्रम संचालन हुन नसक्नु भनेको यो वर्ष स्याङ्जाका सुनौला १००० दिन भित्रका आमा र वच्चाहरु वृहद पोषण सेवा लिन पाउने नेपालको संविधानको धारा ३५ को स्वास्थ्य संम्वन्धी हकवाट वन्चित भए भन्न्ने वुझिन्छ ।
त्यसै त स्थानिय तहहरुले स्वास्थ्यमा वजेट छुट्याउन पर्यो भन्दा डोजर र वाटो वाहेक अरु विकासको एजेण्डा नै होइन भन्ने जस्तो गर्ने हाम्रो मुलुकको परिपाटी रहेको अवस्थामा स्वास्थ्यका लागि भनेर अन्तर्राष्ट्रिय स्तरवाट वजेट आँउदा पनि कार्यक्रम संचालन गर्न नसक्नु दुर्भायपुर्ण छ ।
दातृ निकायहरु, संघसंस्थाहरुको राजनितीकरण र / वा सिन्डिकेशनलाई अत्य गर्दै स्थानिय स्तरमा कार्यक्रमहरु चलाउनु जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न मध्यमार्गी भूमिका खेल्नु राजनितिक दल जनप्रतिनिधीहरुको नैतिक दायित्व हो।
आशा छ, सुआहारा स्याङ्जा समाचारमा पढे जस्तो समस्या नभएको होस यदी समस्या नै भएको भए समस्यालाई हल गरी कार्यक्रम संचालन गर्न गराउने वातावरण मिलाउन सरोकारवाला निकायहरुको ध्यान जाओस।
यदी समाधान नै नहुने हो भने स्याङ्जामा सुआहारा परियोजना संचालन गर्दिनौ भनेर सम्पुर्ण सरोकारवाला निकायहरुले हात उठाउनु पर्यो र अर्को पोषण अवस्था कमजोर भएको ४१ औ जिल्लामा कार्यक्रम संचालन गरी अन्तर्राष्ट्रिय स्तरवाट नेपालको स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई सदुपयोग गर्न तर्फ दातृ निकाय, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, वाल स्वास्थ्य महाशाखाको ध्यान वेलामा नै पुगेमा धेरै राम्रो हुने थियो । यसरी लामो समयसम्म कार्यक्रम संचालन गर्न नसक्दा, आएको वजेट समेत खर्चा गर्न नसक्दा अन्तर्राष्ट्रिय स्तरमा त हामी नराम्रो नै भईयो, अझै थप स्याङ्जालि त सांचै जाली नै हुँदा रहेछन भन्ने सन्देश नजाला र :P?
वेलामा नै सवैको ध्यान पुगोस । स्वास्थ्य माथी हुने राजनितीको अन्त्य होस ।
(एउटा जिम्मेवार सचेत नागरिक तथा जनस्वास्थ्यकर्मीको हिसावले लेखिएको, भुलचुक लिने दिने :D)
जय जन स्वास्थ्य ।
Sagun Paudel
Sagun Paudel
Kantipur News paper