पोखरा,साउन २२, पोखरा सिमलचौरमा अवस्थित ला ग्राण्डी इन्टरनेसनल कलेजमा अाज वि.पि.एच संकायका विधार्थीहरुलाई करियर काउन्सेलिङ कार्यक्रम सम्पन्न भएको छ।
विधार्थीहरुको क्षमता अभिवृद्धि साथै विभिन्न सामाजिक कार्यहरु गर्दै अाइरहेको कलेजको `अाईडिया फर एल.जि.अाइ.सि´ ग्रुप र कलेजको जनस्वास्थ्य विभागको समन्वयमा सो कार्यक्रम गरिएको थियो।
सो कार्यक्रम ग्रुप अध्यक्ष कमल वि.कको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य कलेजका जनस्वास्थ्य संकाय प्रमुख मनिसा चालिसेले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, कलेजका चियरम्यान देवराज चालिसेले कलेजमा जनस्वास्थ्य विषयको पढाइ राखिनुको अौचित्व, जनस्वास्थ्यकर्मीले समाजलाई दिनसक्ने योगदान साथै अायोजक ग्रुपलाई पनि बधाई दिनुभएको थियो ।
कार्यक्रम सहजिकरण कलेजका पुर्व विधार्थी एवम हेल्थ फर लाईफ प्रोजेक्टका कार्यक्रम अधिकृत सगुन पौडेल र कास्की जनस्वास्थ्य कार्यलयका परिवार नियोजन सुपर भाईजर-अधिकृत सन्तोष पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा कलेजका एकाडमिक कोअडिनेटर प्रदिप लम्साल हुनुहुन्थ्यो भने ११५जना जनस्वास्थ्यका विधार्थीहरु सहभागीता रहेको थियो । सो कार्यक्रम ग्रुपका सचिव नारायणी त्रिपाठीले संचालन गर्नु भएको थियो।
सम्राट गुरुङ