“दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं”-२३ औं राष्ट्रिय कण्डम दिवस, २०७४
हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभरुपमा पहुँच बढाउने उद्देश्यले “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूलनारा सहित कण्डम दिवस विभिन्न कार्यक्रमहरु गरी आज मिति २०७४ असोज २१ गते देशैभरी मनाइँदैछ ।
कण्डम एकमात्र साधन हो, जसले सही तरिकाले हरेक पटकको यौनसम्पर्कमा प्रयोग गरेमा दोहोरो सुरक्षा दिन्छ । पहिलो एचआइभी तथा यौनरोग सर्नबाट बचाउँछ । दोस्रो, आफूले नचाहेको गर्भ नहनबाट बचाई जन्मान्तर र परिवारको आकार सीमित गरी स्वस्थ्य जीवनयापन र समुन्नत परिवारका लागि सहयोग पु¥याउँछ । यसैले कण्डम परिवार नियोजनको साधनमात्र नभएर एचआइभी तथा यौनरोग सर्नबाट बचाउने प्रभावकारी तथा भरपर्दो साधन पनि भएके छ । यसैगरी कण्डम एचआइभी सर्न सक्ने जोखिममा रहेका व्यक्तिहरुलाई मात्र नभएर एचआइभी संक्रमित भैसकेका व्यक्तिहरुलाई पनि यौनरोग लगायत एचआइभीको पुनःसंक्रमण हुनबाट जोगाउन उत्तिकै आवश्यक छ ।
हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि एचआइभी संक्रमण र जनसंख्या वृद्धि दुबै ठूला चुनौतीका रुपमा रहेको अवस्थामा जनसंख्या वृद्धिदरलाई कम गर्नका साथसाथै एचआइभी तथा यौनरोग संक्रमणलाई कम गर्नका लागि कण्डमको सहज र सुलभ उपलब्धता तथा पहुँच हुन जरुरी छ । यसको लागि नेपाल सरकारले निःशुल्क रुपमा कण्डम वितरण गर्दै आएको छ । यसर्थ कण्डम प्रतिको नकारात्मक सोच र धारणा हटाएर सकारात्मक हुन जरुरी छ ।
पोखरामा २३ औं राष्ट्रिय कण्डम दिवस मनाईयो
२०७४ असोज २१,
हरेक वर्षको कोजाग्रत पूणिमा पछिको पहिलो शनिबारका दिन मनाईदै आएको राष्ट्रिय कण्डम दिवस यो वर्ष पनि कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने तथा कण्डममा सहज र सुलभ रुपमा पहुँच बढाउने उद्देश्यले “दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मूल नारा सहित राष्ट्रिय कण्डम दिवस पोखरामा भव्य रुपमा मनाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, पश्चिम क्षेत्रीय एच आई भि एड्स संजाल तथा परिवार नियोजन, एच आई भि एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा विभिन्न्न कार्यक्रमहरु गरी मनाईयो । कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाइदा र महत्वबारे जानकारी दिने उदेश्यले लिन्केजेज प्रोजेक्ट नेपाल तथा हेल्दी स्माईल फाउण्डेशनको तर्फवाट दिनभर वसपार्कमा इन्फो डेक्सको व्यवस्था गरिएको छ । रेडियो जननिको प्राविधिक सहयोगमा कण्डम डे विशेष टक कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै यही अवसरमा एएचएफको आयोजनामा भोली महिला यौनकर्मीहरुलाई एचआईभि रोकथाम तथा कण्डम प्रयोग वारे अभिमुखीकरण कार्यक्रम हुन गईरहेको छ । आज बिहान एक कार्यक्रम विच उक्त स्टलको औपचारिक रुपमा कण्डम वाढेर उद्घाटन गरी कण्डम दिवसको शुभारम्भ कार्यक्रम गरिएको थियो ।पश्चिम क्षेत्रीय एच आई भि एड्स संजालका अध्यक्ष विश्व मोहन गौचनको अध्यक्षतामा सम्पन्न्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय कास्किका निमित्त प्रमुख वोधराज सुबेदी , हेल्दी स्माईल फाउण्डेशनका धुर्वराज वरालले आफ्नो मन्तब्य राखेका थिए । उक्त कार्यक्रम परिवार नियोजन अधिकृत सन्तोष पौडेलले संचालन गरेका थिए । विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उल्लेखिय उपस्थिती रहेको थियो।