पोखरामा वाजा सहित भव्य रुपमा  ३० औ विश्व एड्स दिवस मनाईयो

पोखरामा वाजा सहित भव्य रुपमा ३० औ विश्व एड्स दिवस मनाईयो

पोखरामा वाजा सहित भव्य रुपमा  ३० औ विश्व एड्स दिवस मनाईयो
मंसिर १५ गते, २०७४
हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ ।  एच आई भि एड्स सम्वन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको वारेमा विश्वभर जानकारी दिने, वहस वकालत गर्ने उदेश्यले मनाउने गरिन्छ ।
“मेरो स्वास्थ्य, मेरो अधिकार (RIGHT TO HEALTH” भन्ने मूल नारा सहित ३० औ विश्व एड्स दिवस पोखरामा भव्य रुपमा मनाईएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, पोखरालेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखा, पश्चिम क्षेत्रीय एच आई भि एड्स संजाल तथा एच आई भि एड्स र प्रजनन स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुको संयुक्त आयोजनामा जनचेतनामुलक ¥याली सम्पन्न भएको छ । कार्यक्रमको प्राविधिक संयोजन जनस्वास्थ्य युवा समाज नेपालले गरेको थियो ।
पोखरा चिप्लेढुङ्गावाट सुरु भएको ¥याली जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले उद्घाटन गर्नुभएको थियो । पृथ्वीचोक वसपार्कमा सम्पन्न गरिएको थियो । विश्व एड्स दिवसको मह्त्ववारे जनस्वास्थ्य युवा समाज नेपालका संयोजक सगुन पौडेलले प्रकाश पारेका थिए । कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक दिनेश चापागाईले मन्तव्य राख्नुभएको थियो ।
एच आई भि रोकथामका कार्यक्रमहरुले उल्लेखनिय प्रगती गरेर नयाँ संक्रमणदर घटेको देखिन्छ । यद्पी संक्रमितहरुको जिवनस्तर तथा सामजिक  आर्थीक  स्थितिलाई भने ध्यान दिनु पर्ने, समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुनै न कुनै किसिमको लाल््छ्ना तथा भेदभाव रहिरहेको, समाजमा लुकेर रहेको लाल्छना तथा भेदभावहरु लाई हटाउन सकेमा धेरै कुरालाई सहयोग, शारिरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि पर्न जाने असर न्युनिकरण गरी एच आई भि सँग संम्वन्धित मित्र्युलाई घटाउन कुरामा वक्ताहरुले जोड दिनुभएको थियो ।
वाजा सहित सम्पन्न उक्त ¥यालीमा विभिन्न व्यक्ति, सरकारी, गैरसरकारी तथा समुदायमा आधारित संघसंस्थाहरु, निजी क्षेत्रको उपस्थिती रहेको थियो । पश्चिम क्षेत्रीय एच आई भि एड्स संजालका अध्यक्ष विश्व मोहन गौचनको अद्क्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका खोप सुपरभाईजर एकनारायण लम्सालले गर्नुभएको थियो । कार्यक्रममा परिवर्तन सम्भव छ भन्ने नाटक समेत प्रस्तुत गरिएको थियो । एच आई भि एड्स सम्वन्धी जनचेतना फैलाउने उदेश्यले दिन भर वसपार्कमा इन्फो डेक्सको व्यवस्था गरिएको छ ।