पोखरा लेखनाथ महानगरपालिमामा स्वास्थ्य बीमा कार्यक्रमको सुदृढीकरणका लागि अभिमुखिकरण सम्पन्न
पोखरा पौष ५, २०७४
हेल्थ फर लाईफ प्रोजेक्टको प्राविधिक सहयोगमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति जिल्ला कार्यालय कास्कीको आयोजनामा पोखरा लेखनाथ महानगरपालिका स्तरमा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुदृढीकरणका लागि २ दिने अभिमुखिकरण सम्पन भएको छ।
सहभागीहरुलाई आधारभूत स्वास्थ्य सेवा र सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम सम्बन्धी आफ्नो जिम्मेवारी तथा अधिकार, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु, मानव संशाधन र सेवाको प्रावधान तथा स्वास्थ्य बीमा सम्बन्धी प्रावधान, प्रक्रिया र दर्ताको वर्तमान अवस्था बारे अद्यावधिक गराउने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम हिजो र आज गरि २ दिन सम्म संचालन भएको थियो। कार्यक्रमको उद्दघाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले वर्तमान स्वास्थ्य सेवाप्रदायक सस्थाहरुको गुणस्तर सुधार गरि महानगरवासीहरुलाई अधिकतम रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन महानगर प्रतिवद्द रहेको र स्वास्थ्य विमा नेपाल सरकारले ल्याएको नया कार्यक्रम भएको हुदा यसलाई सफल वनाउन महानगरपालिकाले आवश्यक पहल कदम चाल्ने वताए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीर्धनारायण पौडेल, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेल, वडा न २१ का वडा अध्यक्ष खगराज आचार्य र र वडा न १६ का वडा अध्यक्ष जिवन आचार्यले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण स्वास्थ्य बीमा कार्यक्रमवाट डा भुवन पौडेल, जिल्ला प्रवन्धक कृष्णप्रसाद भट्टराई र हेल्थ फर लाईफवाट सगुन पौडेलले गरेका थिए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका भित्र रहेका अर्मला र कृस्ति प्राथमिक स्वास्थ्य केन्द्र रहेका वडाहरुवाट विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो। सहभागीहरुले स्वास्थ्य बीमा कार्यक्रममा दर्ता तथा स्वास्थ्य सेवाको गुणस्तरसंग सम्बन्धित स्थानीयस्तरका समस्याहरुको पहिचान गरी कार्ययोजना तयार पारि आगामी दिनमा स्वाथ्य सेवा तथा स्वास्थ्य विमा कार्यक्रमलाई सफल पार्न कार्ययोजना अनुरुप अगाडी वढ्ने प्रतिवद्धता जनाएका थिए। आगामी महिनाभित्रै महानगरपालिकका सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरुलाई स्वास्थ्य विमा सम्वन्धि अभिमुखिकरण सम्पन्न गर्ने योजना रहेको हेल्थ फर लाईफका कार्यक्रम अधिकृत निरज सापकोटाले वताए।