Skip to main content

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 


सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पेशा व्यवसाय तथा क्षेत्रमा परिवर्तन गर्नको लागि ठुलो जिम्मेवारी पाउदै छ। यसै विच अव हुन लागेको नयाँ कार्यसमितिको चुनाववाट निर्वाचित हुने कार्य समितिसँग एक जनस्वास्थ्यकर्मीको हैसियतवाट निम्न अपेक्षाहरु राखेको छु । 

१) Public health professional information system: हाल नेपालमा कति जनस्वास्थ्यकर्मिहरु छन, कस्तो कस्तो विषय विज्ञता हासिल गरेका जनस्वास्थ्यकर्मिहरु छन भन्ने कुराको स्पष्ट तथ्याङ नै उपलव्ध छैन । यसको लागि नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यकर्मिहरुको विवरण अपडेट गर्नको लागि public health professional information system को सुरुवात गर्नुपर्छ । अनलाईन तथा मोवाइल एक्लिकेशनवाट स्वयम जनस्वास्थ्यकर्मिहरुले नै आफ्नो विवरण आफै भर्न सकिने र व्यक्तिगत जानकारीहरु वाहेक अन्य जानकारी सिस्टमवाट हेर्न सकिने गरेर एउटा नयाँ प्रणाली सुरु गर्नुपर्छ । यसले आवश्यकता अनुसार रोस्टर तयार गर्न, परिचालन गर्न तथा हाम्रो जनस्वास्थ्य क्षेत्रका उप-क्षेत्रहरु जस्तै: Nutrition, Economic, Epidemiology, health promotion & education आदी जस्ता विषयविज्ञहरुको उत्पादन तथा परिचालनको योजना वनाउन समेत सरकार, विश्वविधालय तथा अन्य सरोकारवालाहरुलाई प्राविधिक सहयोग गर्नेछ। 

२) Global public health market मा विश्वभर छरिएर रहेका नेपालका जनस्वास्थ्यकर्मिहरुको क्षमता तथा ज्ञानलाई नेपालको स्वास्थ्य क्षेत्रमा सदुपयोग गर्न सहजिकरण गर्ने उदेश्य सहित हरेक देशमा NEPHA Ambassador वनाई उनिहरुको ज्ञान सिप र क्षमतालाई आफ्नो देशमा भित्र्याउने प्रणालीको सुरुवाट गर्नुपर्दछ। Brain drain हुँदै गइरहेको सन्दर्भमा यो सुरुवातले देशको जनस्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्‍याउन सक्दछ । 

३) नेपाल भित्रै रहेर आफ्नो पेशा व्यवसायमा व्यस्त जनस्वास्थ्यकर्मीहरुलाई महिनामा एकदिन वा १५ दिनमा १ दिन आफ्नो पेशागत विकासका गतिविधिहरु अनिवार्य रुपमा परिचालन हुने, Contribution गर्ने अभियानहरु संचालन गर्नुपर्ने देखिन्छ। 

४) कलेजहरुको मापदण्ड निर्धारण, अनुमति, नयाँ विधाहरुको पढाई सुरुवात आदी लगायत सम्पुर्ण जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी वनाउन काम गर्ने सरकारी निकाय; जनस्वास्थ्य परिषद स्थापना गर्न पहल मात्र नभइ ठोस रुपमा स्थापना नै गर्न लागिपर्नुपर्दछ। 

५) जनस्वास्थ्यकर्मिहरुलाई अपडेट गराउन online e-learning system/courses, Continuous Public Health Education Program तथा public health update discussion forum/ meeting, Public health important day celebration नियमित संचालन गर्न सुरुवात गर्नुपर्दछ । 

६) संघियताको मोडेल अनुसार स्थानिय सरकार देखि संघसम्म जनस्वास्थ्य सिस्टम र क्षेत्रलाई थप प्रभावकारी, जनमुखी तथा नतिजामुखी वनाउन आवश्यक पर्ने संरचना तथा दरर्वन्दी के कस्तो चाहिने र कस्ता विज्ञता भएका जनस्वास्थ्यकर्मीहरु परिचालन गर्दा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हिसावले सरकारलाई evidence based logic दिनको लागि NEPHA Technical expert परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समुह गठन गर्ने र सरकारलाई प्राविधिक सहयोग गर्नुपर्दछ । 

७) संघ, प्रदेश र स्थानिय सरकारका विकास सम्वन्धी हरेक प्राविधिक समितिहरुमा स्वास्थ्यका कुराहरुलाई प्राविधिक सहजिकरण गर्न नेपाल जनस्वास्थ्य संघको प्रतिनिधी रहने व्यवस्था गर्न पहल गर्ने । 

८) हरेक वर्ष जनस्वास्थ्यकर्मिहरुको राष्ट्रीय तथा अन्तरास्ट्रीय भेला, सम्मेलन, सातै प्रदेशमा जनस्वास्थ्य सुचना केन्द्रहरु स्थापना गर्ने, पेशामा नवप्रवेशी जनस्वास्थ्यकर्मीहरुको capacity build up गर्न विभिन्न skill development हुने program, Trainings, orientation हरु नियमित आयोजना गर्ने। अरु देशका जनस्वास्थ्यका पेशागत संघहरु सँग MoU गरी Professional Exchange Program, Fellowship, Studentship, Scholarships हरु ल्याउने । एउट सामान्य उदाहरण दिन्छु अनौठो लाग्न सक्ला नेपाल सरकारवाट प्रदान हुने कर्मचारी सन्तति छात्रवृत्तिको कोटामा धेरै शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति पाइन्छ तर जनस्वास्थ्य विषयमा छात्रवृत्ति पाइदैन, अवसरको लागि हाम्रो वकालत त्यै देखि सुरु गर्नुछ। 

९) Monthly newsletters, plan, policy update memos, NEPHA Journal नियमित प्रकाशन गर्ने । 

१०) Fresh Graduate हरुलाई Experience का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्ने, Public Health HR development का प्रोजेक्टहरु ल्याउने, Experience का लागि Volunteering गर्नुपर्ने वध्यता हटाउने। आदी 

माथी उल्लेख गरे जस्ता सामान्य गतिविधिहरु गर्नसके पनि जनस्वास्थ्य क्षेत्र र पेशागत विकासमा ठुलो प्रगति हुनेछ। जनस्वास्थ्य पेशा प्रतिको वढ्दो आकर्षणले गर्दा हाम्रो पेशा निकै मिक्समास हुँदै गैइरहेको छ, जनस्वास्थ्य पेशा दिन प्रतिदिन लोकप्रिय पेशाको रुप पनि विकास हुँदैछ हरेक स्वास्थ्यकर्मीको रोझाई जनस्वास्थ्य विशेषगरी मास्टर डिग्री चाँही पव्लिक हेल्थ मै गर्न पाए भनेर आकर्शित भैइरहेको अवस्थामा यो पेशालाई थप अनुशासित, मर्यादित, नतिजामुखी र हरेक व्यक्तिहरुले सहजै चिन्न सक्ने पेशाको रुपमा विकास गर्नुछ । हालसम्म जनस्वास्थ्य पेशा भनेको कमले मात्र बुझ्छन, जनस्तरसम्म जनस्वास्थ्यकर्मीहरुको माग वढाउन तथा utilization वढाउन, पेशा र यसको महत्त्व वुझाउने जिम्मेवारी जनस्वास्थ्य संघ कै हो। सामान्य बोलिचालिको भाषामा ‘‘जनस्वास्थ्यकर्मी’’ भनेर कसैले चिन्दैनन कि त हामिलाई ‘‘डाक्टर होउ’’ कि त ‘‘नर्स’’ भनेर चिनिने हाम्रो पेशालाई म जनस्वास्थ्यकर्मी हुँ भनेर समाजले स्वत चिन्न सक्ने पेशा वनाउने मुख्य भूमिका जनस्वास्थ्य संघले नै निर्वाह गर्नुपर्दछ। 

विभिन्न चुनावी प्रतिवद्दता लिएर चुनावमा होमिनु भएका उमेर्द्वारहरुलाई शुभकामना, अव हामिले नगरे कस्ले गर्ने ? यो समयमा नगरे कहिलेलाई पर्खने ? परिवर्तन हाम्रै पालामा सम्भव छ, चुनाव जितेर आउने कार्यसमितिलाई जनस्वास्थ्य पेशा र क्षेत्रमा आमुल परिवर्तन गर्न प्रेरणा मिलोस, सहकार्यको लागि म जस्ता हजारौ जनस्वास्थ्यकर्मीहरु तयार छन । जनस्वास्थ्यकर्मीहरु र जनस्वास्थ्य क्षेत्रको भलो होस । 

जय जनस्वास्थ्य । 

सगुन पौडेल 

जनस्वास्थ्यकर्मि 

हाल इण्डोनेसिया 



Popular posts from this blog

वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?

 वच्चाहरुलाई भिटामिन 'ए' किन खुवाउने ?
नेपाल सरकारले विगत २४ वर्ष देखि निरन्तर रुपमा ६ देखि ५९ महिनाका वालवालिकाहरुलाई निशुल्क रुपमा भिटामिन ए क्याप्सुल खुवाउदै आइरहेको छ ।   सन् १९९३ वाट देशै भरि सुरु गरिएको यो कार्यक्रममा स्थानीय समुदायमा रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुले आफ्ना टोल, वडा वरपर रहेका वालवालिकाहरुलाई भिटामिन ए क्यासुल खुवाउदै आईरहेका छन्  । त्यस्तै गरि १२ देखि ५९ महिनाका वालवालिकाहरुलाई सन् २००४ देखि देशभर नै भिटामिन ए क्याप्सुल संगसंगै जुकाको औषधि वितरण गर्ने कार्यक्रम संचालन हुदै आएको छ l रास्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको एउटा विश्वव्यापी रुप मै सफल कार्यक्रमको रुपमा स्थापित भईसकेको कार्यक्रम हो ।


वाल मिर्त्युदर घटाई वाल स्वास्थ्यमा उलेखनीय सुधार ल्याउने प्रमुख उदेश्यले सुरु गरिएको यो अभियान वर्षमा दुई पटक चल्ने गर्दछ  । विशेष परिस्थिति वाहेक हरेक वर्षको वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते नियमित कार्यक्रमको रुपमा चल्ने यो अभियान यस वर्ष भने कार्तिक १४ र १५ गते* देशभरका सबै महा/उप/नगरपालिका र गाँउपालिका…

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन;  संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health …