Dedicated to Public Health

I am

image
Hello,

I'm Sagun Paudel

I am young Public health professional from Nepal, MPH student at Universitas Gadjah Mada, Indonesia in scheme of WHO TDR International Postgraduate Scholarship Program. I have earned Bachelor Degree in Public Health in full scholarship in 2014; a four years course provided by Pokhara University along Health Assistant PCL Level in general medicine background as I have had an interest in the field of public health since early age. I am very hard working and well disciplined person both at my profession and in entire network belonging with me. Drop me a line, Public health project, plan and activities if I can do anything else for you. Please feel free to contact. Email: mail4sagun@gmail.com, Skype: sagun-paudel or Mobile : +9779856036932. Thankyou.


Education
Universitas Gadjah Mada, Indonesia

Master in Public Health

(WHO-TDR Fellow)

2018-2020

Pokhara University
LA GRANDEE International Collge

Bachelor of Public Health

(University Scholarships)

2010-2014

Higher Secondary Education Board

10+2 (Science)

CTEVT (PTHMI)

PCL in General Medicine


Experiences
Public Health Youth Society of Nepal (PHYSoN)

Founding President

RTI International (Health for Life Project)

Program Specialist

Program Officer: Health Services

Former GoN Employee (Health Assistant)
Naulo Ghumti Nepal
Urban Health Center
Youth Power Nepal
Chilaunebas Health Post
Public Health Blogger

Sagun's Blog

Professional Experiences: 7 Years+ (Full time/Part time)

My Skills
Public Health Program Management: POSDCoRB
Public Health mobilization and event management
Information sharing, Advocacy, Blog Designing
SMART Web based advertisement
Working with different softwares

Creative

Young Public Health Practitioner

Dedicated

Public Health Blogger (Sagun's Blog)

Self Motivated

Optimistic

Enthusiastic

Hardworking

WHAT CAN I DO ?

Job Vacancy Anouncement Service

Post your job vacancies, Public health information, advertisement and other information

Public Health Consultancy

Public Health Activities, report, proposal, concept paper writing

External Examiner or Evaluator/ Resource Person

Guest Lecturer, Facilitator, Loksewa Ayog, Entrance Preparation and other classes for Health and Allied Sciences

Research

Data colelction, data entry, field works or other table works

Public Health Event Management

Workshop, Seminar, Conference, Symposium, Day celebration, Coordinating with Gov. I/NGOs etc

Other Professional Works

Public Health related news, articles, Public health related Information dissimination, Blog ing and More

Recent Posts

स्वास्थ्य संरचना वारे सुझाव

स्वास्थ्य संरचना वारे सुझाव
स्थानिय तह वलियो नभएसम्म समग्र स्वास्थ्य क्षेत्रको विकास र जनताले पाउने सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। स्थानिय तह भित्रै गएर कसरी वलियो वनाउन सकिन्छ भनेर वहस गर्नुपर्ने वेला भएको छ । मेरा सुझावहरु निम्न रहेका छन; 
  • संवैधानिक व्यवस्था र कार्य विभाजन अनुरुप स्वास्थ्यको मोडेल तीन तह कार्यान्वयन गरिनुपर्ने । 
  • मन्त्री परिषदको मिति २०७४ वैशाख २१ गतेको निर्णय अनुरुप नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ लाई केहि परिमार्जन सहित अगाडि वढियो बह्ने स्वास्थ्य व्यवस्थापन र सेवा प्रवाहलाई थप सवल, प्रभावकारी र जनमुखी वनाउन सकिन्छ । 
  • हामी आजसम्म जिल्ला स्वास्थ्यको कन्सेप्ट वाहेक अन्य प्रणालीको कल्पना गर्न सकिरहेका छैनौ सर्वप्रथम यो ह्याङवाट टाढा रहेर सोचौ, जिल्ला भन्दा तल्लो तहमा झरेर संरचना वनाउने र हालसम्म गरिएको जिल्ला स्वास्थ्य प्राक्टिसलाई पालिका स्वास्थ्यमा समयको माग अनुसार रुपान्तरण गरेर नयाँ प्राक्टिस गरौ। 
  • हरेक गाँउपालिकाहरुमा गाँउपालिका स्वास्थ्य प्रणाली (Rural Municipality Health System), हरेक महा/उप/नगर/पालिका स्वास्थ्य प्रणालीहरु (Municipality Health System) स्थापना गरेर विगत भन्दा विकेन्द्रीकृत स्वास्थ्य प्रणाली स्थापना गर्नुपर्ने। 
  • जनतावाट विगत भन्दा पनि टाढाको दुरीमा(१/२/३ जिल्ला हेर्ने) रहेर स्थापना गरिएका स्वास्थ्य कार्यालयहरुवाट सेवाको प्रभावकारिता सुनिश्चित हुँदैन। हाम्रो प्राथमिकतामा ७५३ मा वलियो उपस्थिती सुनिश्चित गरौ अनि मात्र वाकी कार्यलयहरु (प्रदेश स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य ) को परिकल्पना गरौ । 
  • प्रदेश तथा स्थानिय तह भित्र स्वास्थ्य हाम्रो संरचना वलियो नहुँदा स्वास्थ्य सेवा भित्र रहेका ठूला–ठूला दरवन्दीहरु पनि निश्चित रुपमा केद्रीकृत हुन्छन् विषय विज्ञहरु केन्द्रीकृत हुन्छन, स्थानिय स्तर फेरी केन्द्र कै मुख ताक्ने खालको हुन्छ जस्ले गर्दा स्वास्थ योजना, सेवालाई Bottom up Planning मा कार्यन्वयन गर्न असहज हुन्छ, Locally evidence generate गरेर योजना वनाउन सक्दैनन। 
  • स्वास्थ्य मन्त्रालयमा केहि महत्वपुर्ण महाशाखा थप गरेर विभाग खारेज गर्दिने, विभागमा राखिएका कामहरु गर्ने अधिकार सातै प्रदेशका निर्देशनालयहरुमा दिने, प्रदेश निर्देशनालयलाई केहि ठुलो आकारको वनाउने (हालको विभागलाई आधार मानेर १ प्रदेशलाई मात्र चाहिने दरवन्दि) राख्ने, ३५ स्वास्थ्य कार्यालय खारेज गरेर सिधै पालिका स्वास्थ्य प्रणालि भनेर गठन गर्ने र कार्यालय खोल्ने, पालिका एकद्वारे सेवा प्रणाली अनुसार वनाउने हो भने पनि स्वास्थ्यको निर्णय गर्ने अधिकार सहितको विभाग/महाशाखा/शाखा राख्न्ने, पालिका भन्दा तलको सवै यथावत छ
  • प्रदेशमा १२ औ तहको नेतृत्व + १०/११ औ तहको ५-६ जनाको नेतृत्वमा महाशाखाहरु, 
  • मनपा/उप ११/१०औ तहको नेतृत्व, नगरपालिकामा १०/९ औ तह र गाउपालिका ७/८ औ तह। 
  • स्थानिय पालिकामा कम्तिमा पनि ५ जना अधिकृत स्तरको हुनैपर्ने, जनसंख्या अनुसार थप गर्ने । सकिन्छ भने पालिका अन्तर्गत रहेर पुर्ण रुपमा फिल्ड मै मात्र काम गर्ने, खाध स्वास्थ्य, सरसफाई, पोषण लगायत स्वास्थ्यका अरु Crosscutting Issues हरुमा वडा कार्यालयहरु, PHC, HP, Health Promotion Center, CHU, UHC, PHC-ORC, Immunization Clinic लाई सधै फिल्ड मै प्राविधिक सहयोग गरिरहने, फिल्ड हेल्थ इस्पेक्टरहरु पनि राखौ। 

४० वर्ष अधि भएको Alma Ata Declaration on PHC को मर्म अनुसार खोलिएका स्वास्थ्य संस्थावाट अव people-centered health services सुनिश्चित गर्न कसरी सकिन्छ भनेर हाम्रो स्वास्थ्य निति र प्रणालीलाई अपडेट गर्न पाए हाम्रो स्वास्थ्य सेवा थप प्रभावकारी जनतामुखी हुने थियो । 

धन्यवाद । 

२०७५ मंसिर ०८ शनिवार
(स्वास्थ्य संरचना वारे नेपाल जन स्वास्थ्य संघ लाई राय दिइएको )



भर्खरै पोष्ट गरिएको 


यो पनि पढ्नुहोस: 






कारागार स्वास्थ्य अवलोकन भ्रमण

२०७५ मंसिर ०६ शुक्रवार 
आज इण्डोनेशियाको जेल पुगियो तर कैदीवन्दी हुन नभई यहाँको स्वास्थ्य अवस्थावारे जानकारी लिन! 
जेलको स्वास्थ्य प्रति मेरो निकै चासो छ किनकी ७-८ वर्ष पहिला एचआईभि तथा यौनरोग सम्वन्धी परामर्शदाता भएर कास्की र तनहुँको कारागारमा काम गरेको हुँदा कारागार भित्रको स्वास्थ्य सम्वन्धी परिस्थिति वुझेको छु । 
३९३ जना कैदिवन्दी राख्न सक्ने क्षमता भएको यहाँको कारागारमा निम्न प्रकारको स्वास्थ्य सुविधा थियो ।
स्वास्थ्यकर्मी:

 MDGP -1 

 Dentist- 1
 Pharmacist -1
 Nurse-8 

स्वास्थ्य सुविधा: 

 स्वास्थ्य सेवा दिन भित्रै छुट्टै भवन 
 OPD
 Dental services
 Pharmacy 
 HIV Testing & counseling services
 Emergency Services 
 Nursing Services 
 Medical Ward 
 TB treatment service, special room for TB infected patients
 Health counseling services 
 Referral services network & Ambulance


अव हाम्रो कारागारको कुरा गरौ, ७-८ वर्ष पहिलाको मेरो अनुभवमा हेर्दा कारागारमा १ जना हेल्थ असिस्टेण्टको दरवन्दी थियो, कारागारमा खटिएको हेल्थ असिस्टेण्टलाई जिल्लाका कुनै पनि स्वास्थ्य सम्वन्धित अपडेट, स्वास्थ्य सेवाको वारेमा स्पष्ट थाहा हुँदैन्थ्यो किनकी जिल्ला स्वास्थ्य कार्यालयले तालिम गोष्ठी आदीमा वोलाउन सधै विर्सिन्थ्यो। आफ्नो निजी पहलमा औषधी तथा तालिम गोष्ठीमा भाग लिएर सेवा सुविधा प्रदान गर्ने वाहेक त्यतीवेला जिल्ला स्वास्थ्यको र कारागार विच संस्थागत समन्वयन थिएन।
हाम्रा पुराना स्वास्थ्य नितिहरुले कारागार स्वास्थ्यको वारेमा स्पष्टसँग के गर्ने, कसरी सेवा पुर्याउने भन्ने खुलाएका थिएनन । हाल वन्दै गरेको हाम्रो स्वास्थ्य नितिले पक्कै पनि कारागार स्वास्थ्यलाई कसरी व्यवस्थापन गर्ने वा कस्ता सेवा सुविधा कैदिवन्दीहरुको पहुँचमा पुर्याउने, उनिहरु छुट्टै जोखिममा रहेको हुँदा कसरी व्यवस्थापन गर्ने, कति स्वास्थ्यकर्मी चाहिने हो भन्ने वारे स्पष्ट कुरा समेटेको छ होला । यदी कारागार स्वास्थ्यको कुरा नसमेटिएको, छुटेको छ भने सम्वन्धित सरोकारवालाहरुको ध्यान जाओस भन्न चाहन्छु।







नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा

नेपाल जनस्वास्थ्य संघको चुनाव र आगामी समितिसँग एक जनस्वास्थ्यकर्मीको अपेक्षा 


सधैजस्तो चुनावी समयमा मात्र भाइरल हुने जनस्वास्थ्य संघको चर्चा यतिवेला पनि उत्कर्समा पुगेको छ, त्यसको राज हो यही असोज १३ गते केन्द्रिय कार्य समितिको चुनाव हुँदैछ । जनस्वास्थ्य पेशाकर्मिहरुको हकहित विकास र क्षमता अभिवृद्दि गर्दै नेपालको जनस्वास्थ्य क्षेत्रमा प्राविधिक नेतृत्व विकास गर्ने उदेश्यले खोलिएको नेपाल जनस्वास्थ्य संघ विधानत २८ वर्ष पुरा पुगेको छ । २७ औ वसन्त पार गरिसकेको यो संस्थाले पेशागत विकासमा गरेका कामहरुको सुची वनाउने हो भने २७ वटा पुर्‍याउन निकै मुस्किल पर्छ । अन्तरास्ट्रीय स्तरसम्म आफ्नो प्रभाव पुर्‍याईसक्नुपर्ने अवधीमा नेपाल भित्रै खोलिएका अन्य कान्छा पेशागत संघ संस्थाहरुसंग समेत तुलना गर्न सकिने अवस्थामा जनस्वास्थ्य संघ पुगेको छैन । जनस्वास्थ्य संघ किन पछाडी छ, किन सोचे अनुरुप अगाडी वढ्न सकेन भन्ने विषयमा वहस र समिक्षा भविश्यले गर्नेछ। देशको वदलिदो परिस्थिती अनुसार अव विकासका हरेक क्षेत्रहरु अगाडी वढी रहेको अवस्थामा हाल निर्वाचित हुने नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिले जनस्वास्थ्य पेशा व्यवसाय तथा क्षेत्रमा परिवर्तन गर्नको लागि ठुलो जिम्मेवारी पाउदै छ। यसै विच अव हुन लागेको नयाँ कार्यसमितिको चुनाववाट निर्वाचित हुने कार्य समितिसँग एक जनस्वास्थ्यकर्मीको हैसियतवाट निम्न अपेक्षाहरु राखेको छु । 

१) Public health professional information system: हाल नेपालमा कति जनस्वास्थ्यकर्मिहरु छन, कस्तो कस्तो विषय विज्ञता हासिल गरेका जनस्वास्थ्यकर्मिहरु छन भन्ने कुराको स्पष्ट तथ्याङ नै उपलव्ध छैन । यसको लागि नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्यकर्मिहरुको विवरण अपडेट गर्नको लागि public health professional information system को सुरुवात गर्नुपर्छ । अनलाईन तथा मोवाइल एक्लिकेशनवाट स्वयम जनस्वास्थ्यकर्मिहरुले नै आफ्नो विवरण आफै भर्न सकिने र व्यक्तिगत जानकारीहरु वाहेक अन्य जानकारी सिस्टमवाट हेर्न सकिने गरेर एउटा नयाँ प्रणाली सुरु गर्नुपर्छ । यसले आवश्यकता अनुसार रोस्टर तयार गर्न, परिचालन गर्न तथा हाम्रो जनस्वास्थ्य क्षेत्रका उप-क्षेत्रहरु जस्तै: Nutrition, Economic, Epidemiology, health promotion & education आदी जस्ता विषयविज्ञहरुको उत्पादन तथा परिचालनको योजना वनाउन समेत सरकार, विश्वविधालय तथा अन्य सरोकारवालाहरुलाई प्राविधिक सहयोग गर्नेछ। 

२) Global public health market मा विश्वभर छरिएर रहेका नेपालका जनस्वास्थ्यकर्मिहरुको क्षमता तथा ज्ञानलाई नेपालको स्वास्थ्य क्षेत्रमा सदुपयोग गर्न सहजिकरण गर्ने उदेश्य सहित हरेक देशमा NEPHA Ambassador वनाई उनिहरुको ज्ञान सिप र क्षमतालाई आफ्नो देशमा भित्र्याउने प्रणालीको सुरुवाट गर्नुपर्दछ। Brain drain हुँदै गइरहेको सन्दर्भमा यो सुरुवातले देशको जनस्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्‍याउन सक्दछ । 

३) नेपाल भित्रै रहेर आफ्नो पेशा व्यवसायमा व्यस्त जनस्वास्थ्यकर्मीहरुलाई महिनामा एकदिन वा १५ दिनमा १ दिन आफ्नो पेशागत विकासका गतिविधिहरु अनिवार्य रुपमा परिचालन हुने, Contribution गर्ने अभियानहरु संचालन गर्नुपर्ने देखिन्छ। 

४) कलेजहरुको मापदण्ड निर्धारण, अनुमति, नयाँ विधाहरुको पढाई सुरुवात आदी लगायत सम्पुर्ण जनस्वास्थ्य शिक्षा तथा व्यवसायीहरुको पेशालाई थप राम्रो, प्रभावकारी वनाउन काम गर्ने सरकारी निकाय; जनस्वास्थ्य परिषद स्थापना गर्न पहल मात्र नभइ ठोस रुपमा स्थापना नै गर्न लागिपर्नुपर्दछ। 

५) जनस्वास्थ्यकर्मिहरुलाई अपडेट गराउन online e-learning system/courses, Continuous Public Health Education Program तथा public health update discussion forum/ meeting, Public health important day celebration नियमित संचालन गर्न सुरुवात गर्नुपर्दछ । 

६) संघियताको मोडेल अनुसार स्थानिय सरकार देखि संघसम्म जनस्वास्थ्य सिस्टम र क्षेत्रलाई थप प्रभावकारी, जनमुखी तथा नतिजामुखी वनाउन आवश्यक पर्ने संरचना तथा दरर्वन्दी के कस्तो चाहिने र कस्ता विज्ञता भएका जनस्वास्थ्यकर्मीहरु परिचालन गर्दा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भन्ने हिसावले सरकारलाई evidence based logic दिनको लागि NEPHA Technical expert परिचालन गर्न जनस्वास्थ्यका विभिन्न विधाहरुमा विज्ञ समुह गठन गर्ने र सरकारलाई प्राविधिक सहयोग गर्नुपर्दछ । 

७) संघ, प्रदेश र स्थानिय सरकारका विकास सम्वन्धी हरेक प्राविधिक समितिहरुमा स्वास्थ्यका कुराहरुलाई प्राविधिक सहजिकरण गर्न नेपाल जनस्वास्थ्य संघको प्रतिनिधी रहने व्यवस्था गर्न पहल गर्ने । 

८) हरेक वर्ष जनस्वास्थ्यकर्मिहरुको राष्ट्रीय तथा अन्तरास्ट्रीय भेला, सम्मेलन, सातै प्रदेशमा जनस्वास्थ्य सुचना केन्द्रहरु स्थापना गर्ने, पेशामा नवप्रवेशी जनस्वास्थ्यकर्मीहरुको capacity build up गर्न विभिन्न skill development हुने program, Trainings, orientation हरु नियमित आयोजना गर्ने। अरु देशका जनस्वास्थ्यका पेशागत संघहरु सँग MoU गरी Professional Exchange Program, Fellowship, Studentship, Scholarships हरु ल्याउने । एउट सामान्य उदाहरण दिन्छु अनौठो लाग्न सक्ला नेपाल सरकारवाट प्रदान हुने कर्मचारी सन्तति छात्रवृत्तिको कोटामा धेरै शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति पाइन्छ तर जनस्वास्थ्य विषयमा छात्रवृत्ति पाइदैन, अवसरको लागि हाम्रो वकालत त्यै देखि सुरु गर्नुछ। 

९) Monthly newsletters, plan, policy update memos, NEPHA Journal नियमित प्रकाशन गर्ने । 

१०) Fresh Graduate हरुलाई Experience का लागि कुनै निश्चित समयको लागि विभिन्न संघसंस्थामा Paid internship को व्यवस्था गर्ने, Public Health HR development का प्रोजेक्टहरु ल्याउने, Experience का लागि Volunteering गर्नुपर्ने वध्यता हटाउने। आदी 

माथी उल्लेख गरे जस्ता सामान्य गतिविधिहरु गर्नसके पनि जनस्वास्थ्य क्षेत्र र पेशागत विकासमा ठुलो प्रगति हुनेछ। जनस्वास्थ्य पेशा प्रतिको वढ्दो आकर्षणले गर्दा हाम्रो पेशा निकै मिक्समास हुँदै गैइरहेको छ, जनस्वास्थ्य पेशा दिन प्रतिदिन लोकप्रिय पेशाको रुप पनि विकास हुँदैछ हरेक स्वास्थ्यकर्मीको रोझाई जनस्वास्थ्य विशेषगरी मास्टर डिग्री चाँही पव्लिक हेल्थ मै गर्न पाए भनेर आकर्शित भैइरहेको अवस्थामा यो पेशालाई थप अनुशासित, मर्यादित, नतिजामुखी र हरेक व्यक्तिहरुले सहजै चिन्न सक्ने पेशाको रुपमा विकास गर्नुछ । हालसम्म जनस्वास्थ्य पेशा भनेको कमले मात्र बुझ्छन, जनस्तरसम्म जनस्वास्थ्यकर्मीहरुको माग वढाउन तथा utilization वढाउन, पेशा र यसको महत्त्व वुझाउने जिम्मेवारी जनस्वास्थ्य संघ कै हो। सामान्य बोलिचालिको भाषामा ‘‘जनस्वास्थ्यकर्मी’’ भनेर कसैले चिन्दैनन कि त हामिलाई ‘‘डाक्टर होउ’’ कि त ‘‘नर्स’’ भनेर चिनिने हाम्रो पेशालाई म जनस्वास्थ्यकर्मी हुँ भनेर समाजले स्वत चिन्न सक्ने पेशा वनाउने मुख्य भूमिका जनस्वास्थ्य संघले नै निर्वाह गर्नुपर्दछ। 

विभिन्न चुनावी प्रतिवद्दता लिएर चुनावमा होमिनु भएका उमेर्द्वारहरुलाई शुभकामना, अव हामिले नगरे कस्ले गर्ने ? यो समयमा नगरे कहिलेलाई पर्खने ? परिवर्तन हाम्रै पालामा सम्भव छ, चुनाव जितेर आउने कार्यसमितिलाई जनस्वास्थ्य पेशा र क्षेत्रमा आमुल परिवर्तन गर्न प्रेरणा मिलोस, सहकार्यको लागि म जस्ता हजारौ जनस्वास्थ्यकर्मीहरु तयार छन । जनस्वास्थ्यकर्मीहरु र जनस्वास्थ्य क्षेत्रको भलो होस । 

जय जनस्वास्थ्य । 

सगुन पौडेल 

जनस्वास्थ्यकर्मि 

हाल इण्डोनेसिया 



स्तनपान: जिवनको आधार

स्तनपान: जिवनको आधार 


विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहल तथा वल्ड एलाएन्स फर व्रेस्टफिडिङ एक्सनको सहजिकरणमा सन् १९९२ देखि सुरु गरिएको स्तनपान सप्ताह हरेक वर्षको अगस्ट महिनाको पहिलो साता मनाइन्छ। नेपालमा पनि स्तनपानलाई प्रवर्धन गर्न समुदाय स्तरमा विभिन्न किसिमका कार्यक्रमहरु गरी मनाईदै आएको छ। शिशु जन्मेको १ घण्टा भित्र आमाको दुध शिशुलाई खुवाउने, जन्मे देखि ६ महिनासम्म स्तनपान मात्र गराउने, ६ महिना पुगेपछी स्तनपानको साथै पुरक खाना खुवाउने वारेमा सचेतना प्रदान गर्ने, स्तनपानका फाइदाहरु तथा स्तनपान नगराउदा हुने समस्याहरुलाई स्थानिय जनसमुदायस्तरसम्म पुर्याई सचेत गराउनु यस दिवसको मुख्य उदेश्य हो। यस वर्ष ''स्तनपान: जिवनको आधार'' भन्ने मुल नारा सहित विश्वभर र नेपालमा पनि श्रावण १६ देखि २२ गतेसम्म सरकारी, गैरसरकारी तथा अन्य सरोकारवाला निकायहरुको आयोजनामा विभिन्न कार्यक्रमहरु गरी स्तनपान सप्ताह मनाईदै छ । स्तनपानको महत्वलाई विकासका विभिन्न पक्षहरुसंग जोडेर हेर्दा सन २०३० सम्म विश्वलाई विकासित वनाउने दिगो विकास लक्ष्य पुरा गर्नको लागि स्तनपानको पनि ठुलो भूमिका रहेको छ। जिवनभर स्वास्थ्य रहन, गरिबी निवारण, बालशिशु मृत्युदर घटाउन, मातृशिशु मृत्युदर घटाउन, एच.आई.भी एड्स, मलेरिया तथा अन्य रोगको प्रकोप घटाउन स्तनपानको प्रत्यक्ष भूमिका रहेको छ भने दिगो विकास लक्ष्यका अरु सुचकहरुमा अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गरेको हुन्छ। 

शिशुको शारिरिक तथा मानसिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरु आमाको दुधमा नै पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रुपमा पनि मानिन्छ । बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार पनि हो । शिशु जन्मेपश्चात जति सक्दो छिटो अथवा १ घण्टा भित्रैमा आमाको शरिरवाट आउने पहिलो वाक्लो विगौती दुध सहित शिशुलाई स्तनपान गराउनुपर्दछ । कतिपय ठाउँहरु तथा समुदायमा अझै पनि शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा अन्य केहि खुवाउने तथा पहिला आएको दुध विषालु हुन्छ भन्ने गलत धारणा रहिआएको पनि छ। सुरुमा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरु पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रुपमा खुवाउन जरुरी हुन्छ। वाक्लो,पहेँलो विगौती दुधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरुले शिशुलाई हानी गर्न सक्ने जिवाणु तथा किटाणुहरुलाई मार्ने र शिशुलाई रोगवाट वचाउन सक्ने क्षमता हुन्छ। शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुध मात्र (Exclusive Breastfeeding) खुवाए पुग्दछ। शिशु ६ महिना पुगिसकेपछी शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्दछ। शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरुको साथमा आमाको दुध पनि खुवाउनु जरुरी हुन्छ। आमाको दुध दिन र रात गरेर कम्तिमा पनि १० पटक सम्म शिशुलाई खुवाउनु पर्दछ । दुवै स्तनवाट पालोपालो गरेर खुवाउदा एक स्तनवाट कम्तिमा पनि १५ मिनेट सम्म खुवाउनु पर्छ। स्तनपान एउटा निशुल्क गर्न सकिने जिवनको महत्वपुर्ण लगानी हो । जनस्वास्थ्यको क्षेत्रमा रहेर स्तनपानमा हामिले १ अमेरिकी डलर लगानी गर्न सक्यौ भने त्यसको प्रतिफल ३५ अमेरिकी डलर पाइने आर्थीक विश्लेशणहरुले देखाएका छन । विश्व स्वास्थ्य संगठन र युनिसेफले प्रकाशन गरेको एक प्रतिवेदन अनुसार विश्वभर हरेक ५ मा ३ जना शिशुहरुले जन्मेको एक घण्टा भित्रै आमाको दुध पिउन छुटिरहेका छन । नेपालको तथ्यांकलाई हेर्ने हो भने नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ अनुसार ९८ प्रतिशत २ वर्ष मुनिका वालवालिकाहरुले स्तनपान पाएका थिए भने सन २०१६ मा गरिएको त्यही सर्वेक्षण अनुसार करिव ९९ प्रतिशत वालवालिकाहरुले स्तनपान गरेको देखिन्छ। जन्मेको एक घण्टा भित्रै आमाको दुध पाउने वच्चाहरु हेर्ने हो भने २०११ मा जम्मा ४५ प्रतिशत थियो भने २०१६ मा १० प्रतिशतले वृर्द्दि भई ५५ प्रतिशत पुगेको छ। यदपी हामीले शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने कुरालाई वढी महत्व दिएर जनचेतना फैलाउनु पर्ने देखिन्छ किनकी शिशु जन्मेको १ घण्टा भित्रै आमाको दुध खुवाउनु उसको जिवन रक्षाको निम्ति निकै महत्वपुर्ण हुन्छ। त्यस्तै सन २०११ मा ६ महिना सम्मका बच्चाहरुले आमाको दुधमात्र लिएका (Exclusive Breastfeeding) ७० प्रतिशत रहेको थियो जुन २०१६ मा घटेर ६६ प्रतिशत पुगेको छ। सन २०१६ को नेपाल जनसंख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार अझै पनि नेपालमा शिशु जन्मेपछी हाम्रो प्रचलन अनुसार खुवाइने घिउ, मह, चिनी जस्ता पदार्थ खुवाउन छोडिएको छैन। करिव २९ प्रतिशत शिशुहरुलाई दुध खुवाउन भन्दा पहिला त्यस्ता खाध पदार्थ खुवाइएको छ जुन शिशुहरुलाई खुवाउनु हुँदैन। यो प्रचलन तराईमा धेरै देखिएको छ। औसतमा हेर्ने हो भने शहरका भन्दा गाँउका वच्चाहरुले लामो समयसम्म स्तनपान गरेको देखिन्छ। शहरिया जिवनशैली, वजारमा पाइने तयारी पौष्टिक आहारका विभिन्न फोर्मुलाहरु, दुध तथा दुधजन्य पदार्थहरुको प्रयोगले पनि आमा र वच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ। आमाको दुध शिशुलाई खुवाउदा शिशुको वृद्दि र विकास हुनु वाहेक अन्य समस्याहरु जस्तै झाडापखाला, स्वास प्रश्वाश प्रणालीको संक्रमण, मुख तथा कानको संक्रमण आदी रोकथाम गर्न समेत ठुलो प्रभाव पार्दछ । त्यस्तै आमाको दुध बच्चालाई खुवाउँदा आमालाई हुने रक्तश्राव कम हुने, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर हुने जोखिम कम हुने आदी जस्ता कुराहरु विभिन्न अनुसन्धानहरुले प्रमाणित गरिसकेका छन। त्यसैले हामिले त्यस्ता किसिमका तयारी खानाहरुको प्रयोगहरुलाई निरुत्साहित गर्दै शिशुलाई पुर्णरुपमा आमाकै दुध खुवाउने गर्नुपर्दछ। सामान्यतया हाम्रो नेपालका गाँउहरुमा वालवच्चाहरुले घरमा पाकेको खाना, लिटो, जाउलो खान थालेपछी विस्तारै आमाले आफ्नो दुध खुवाउन छुटाउदै जाने गरेको पाइन्छ त्यस्तै शहरमा पाइने तयारी खानेकुरा तथा फर्मुलाहरु खुवाउदै आमाको दुध छुटाउने चलन पनि वढ्दो क्रममा छ। हाम्रो देश जस्तै कम तथा मध्यम वर्गिय आम्दानी हुने देशहरुमा स्तनपान नगराएका वच्चाहरु भन्दा स्तनपान गराएका वच्चाहरुमा एक वर्ष भित्रै ज्यान गुमाउने जोखिम करिव २१% कम हुन्छ। स्तनपान गराउनाले बच्चामा शारीरिक, मानसिक तथा बौद्धिक विकास भई बच्चालाई कुपोषण हुनबाट जोगाउन साथै बच्चा स्वस्थ भएपछि घरमा पनि आर्थिक भार कम भई गरिबी हुनबाट जोगाउन मद्त गर्दछ। संसारमा रहेको सामाजिक समस्याहरु; गरिवी, भोकमरी तथा सवै किसिमका कुपोषणहरुलाई निराकरण गर्ने भएकाले स्तनपानलाई जिवनको प्रमुख आधारको रुपमा हेरिन्छ । तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३% बालशिशु मृत्युदर घटाउन सकिन्छ। विभिन्न अनुसन्धानहरुको नतिजा हेर्ने हो भने आमाको दुध खान पाएमा झाडापखाला, स्वासप्रस्वास र अन्य रोगहरु लाग्न वात र शिशुको ज्यान जाने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ। यसैगरि राम्रो पौष्टिक खानेकुराहरु बाट करिब ६% नवशिशु मृत्युदर घटाउन सकिन्छ त्यसैले स्तनपानलाई प्रवर्धन गर्न जरुरी छ। सरकारले देशभरी रहेका हरेक कार्यालयहरुमा स्तनपान कक्षको व्यवस्था गर्ने, समुदायस्तरमा स्तनपान सम्वन्धी प्रवर्धनात्मक कार्यक्रमहरु गर्ने, विधालयस्तरको पाठ्यक्रममा स्तनपान सम्वन्धी विषयवस्तु राख्न्ने, तथा हरेक स्वास्थ्य संस्थावाट दिइने सम्पुर्ण सेवा पश्चात अनिवार्य रुपमा स्तनपान परामर्श तथा जानकारी दिने व्यवस्था गर्ने आदी जस्ता कृयाकलापहरु गरियो भने स्तनपानलाई थप प्रवर्धन गर्न सकिन्छ। विकासका हरेक कुराहरुमा स्तनपानले प्रभाव पारेको हुन्छ। एक स्वास्थ्य वच्चा हुर्कियो भने उस्ले समाज तथा देशका लागि ठुलो योगदान पुर्‍याउन सक्दछ त्यसैले स्तनपान वच्चाको आहार पाउने प्राकृतिक विधी मात्र नभई, एउटि जन्मदिने आमाको मात्र जिम्मेवारी नभई सम्पुर्ण व्यक्तिहरु, समाज तथा राष्ट कै जिम्मेवारी हो। 


सगुन पौडेल

Updated: August 2, 2018

Related: WBW2018

खोप

खोप

..............
स्वास्थ्य केन्द्र खोप केन्द्र, निशुल्क छ खोप
समय मै लगाउनु पर्छ रोकथाम गर्न रोग ।


क्षयरोग रोक्न जन्मिने वित्तिकै विसिजि हो लाउने
खोप सेवा अधिकार नै हो वच्चाले पाउने ।

डि पि टि, हेप वि, हिव र पोलियो
६ ,१० र १४ हप्तामा लगाउन नभनौ भुलियो ।

रोकथाम हुन्छन भ्याकुते रोग, धनुष्ट्ंकार, लहरेखोकी
नजिकको स्वास्थ्य संस्था जाँउ है आफ्नो वच्चा वोकी ।

हेपाटाईटिस, हेमोफिलस रोक्न सक्छौ खोपले
वच्चामा नै खोप लगाए सताउदैन रोगले ।

६, १० हप्ता र ९ महिना गरी ३ मात्रामा पि सि भि
निमोनिया रोकथाम गर्छ, खोप केन्द आउनुस वच्चा लिई ।

६, १० हप्ता र ९ महिना गरी ३ मात्रामा पि सि भि
निमोनिया रोकथाम गर्छ खोप केन्द आउनुस वच्चा लिई ।

९ महिनामा पहिलो मात्रा, दोश्रो १५ दादुरा र रुवेला
प्रभावकारी काम गर्छ लाउनुपर्छ ठिक वेला ।

टि डि खोप लगाउनुपर्छ गर्भवती महिला
२ मात्रा नै लाउनुपर्छ, नलाएको भए पहिला ।

१२ महिना पुगेपछी लाउनपर्छ जे ई
खोप लगाऔ, स्वास्थ्य वनाऔ हुँदैन है केहि ।

जनप्रतिनिधि, जनता र स्वास्थ्यकर्मीको एउटै सोच
दिगो विकासका लागि वडा, पालिका, राष्ट्र पुर्ण खोप ।

जनप्रतिनिधि, जनता र स्वास्थ्यकर्मीको प्रतिवद्द्ता
वडा, पालिका र राष्ट्र पुर्ण खोप सुनिश्चितता ।

पुर्ण खोप सुरक्षित भविश्य!!

पोखरामा रक्तचाप नाप्दै जन स्वास्थ्यका युवाहरु

पोखरामा रक्तचाप नाप्दै जन स्वास्थ्यका युवाहरु

पोखरा, २६ बैशाख । जनस्वास्थ्य युवा समाज र नेपाल विकास समाजको आयोजनामा पोखराका विभिन्न स्थानहरुमा रक्तचाप मापन अभियान संचालन भएको छ।

उच्चरक्तचापको अवस्था र यसको नियन्त्रणबारे जनचेतना अभिवृद्धि गर्नु यस अभियानको प्रमुख लक्ष्य रहेको बताइएको छ ।
मंगलबार जनस्वास्थ्यकर्मीहरुको टोलीले विन्दबासिनी मन्दिर, तालवाराही मन्दिर, जनप्रिय क्याम्पस, पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविधालय, ग्राण्डी इण्टरनेशलन कलेज, इन्जिनियरि ङ्कलेजमा पुगेर रक्तचाप मापन तथा जनचेतना अभिबृद्धिको अभियान शुरु गरेका थिए ।

यो अभियान निरन्तर मे महिना भर संचालन गर्ने तथा अन्य संघसंस्थाहरुको थपसहयोग भएमा अरु स्थानहरु मा समेत संचलन गर्न सकिने जनस्वास्थ्य युवा समाज नेपालका कार्यवहाकअध्यक्ष शंकर सिह धामीले बताए ।

उनले भने‘’हामी अहिले सवै स्वत स्फुर्त रुपमा जनस्वास्थ्य विधार्थी साथीहरुको स्वयंसेवाबाट यो अभियान चलाएका छौँ, हाम्रो उदेश्य जनस्वास्थ्यका युवाहरुलाई अवसर दिने,,क्षमता अभिवृद्दि गर्दै स्वास्थ्य प्रवर्धन गर्न भएको हुँदा हामी हाम्रो विज्ञता परिचालन गर्दै सहयोगी संघ संस्थाहरुसँग सहकार्य गर्दै अभियान सफल वनाउन निरन्तर लागेका छौ।‘’

यस अघि वैशाख १९गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप मापन गरेर ‘मे महिनालाई रक्तचाप मापन महिना’ नेपाल २०१८अभियान सुरु गरिएको थियो।

नेपाल विकास समाज, त्रिवि शिक्षण अस्पताल स्वतन्त्र विद्यार्थी युनियन,लगाएत स्वास्थ्यका अन्य संगठनहरुले अभियान संयुक्त रुपमा सञ्चालन गरेका गरेका छन् ।

साइलेन्ट किलरका रुपमा परिभाषित गरिएको उच्चरक्तचापबारे समयमा नै जानाकारि गराइए र उच्चरक्तचापबाट हुने क्षतिन्यूनिकरण गर्न सहयोग पुग्नेछ।

उच्चरक्तचाप बाट जोगिन निम्न कुराहरु ध्यान दिनुहोला :
पोषण युक्त स्वास्थ्य खाना खाने, दैनिक ५ ग्राम भन्दा धेरै नुन सेवन नगर्ने, प्रशस्त मात्रामा तरकारी तथा फलफुलहरु सेवन गर्ने, वोसोयुक्त खानेकुराहरु नखाने
मदिरा पदार्थ सेवन नगर्ने
शारीरिक रुपमा सक्रिय रहने दैनिक ३० मिनेट व्यायम गर्ने
सुर्तिजन्य पदार्थ सेवन नगर्ने र सेवन गर्ने व्यक्तिबाट टाढा बस्ने
तनाव घटाउने योग व्यायम आदि गरेर शरीरलाई हुनसक्ने तनावहरु घटाउने।
(Sagun Paudel)

http://www.nepalihealth.com/2018/05/09/29050/


















Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL