Saturday, September 19, 2015

व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार (राष्ट्रिय परिवार नियोजन दिवस: 18th Sep 2015)
गत वर्ष देखि मनाउन सुरु गरिएको राष्ट्रिय परिवार नियोजन दिवस यो वर्ष पनि ‘‘व्यवस्थित परिवार : स्वास्थ्य र विकासको आधार’’ भन्ने मुल नाराका साथमा आज अर्थात सेप्टेम्वर १८ तारिखका दिन सरकारी स्तर विभिन्न दातृ निकायहरु तथा अन्य संघ सस्थाहरु मिलेर विविध कार्यक्रमहरु गरी देशब्यापी रुपमा मनाईदै छ। गुणस्तरिय परिवार नियोजन सेवालाई प्रभावकारी वनाई सेवाको पहुँच र उपभोगलाई वढाउनको लागी प्ररित गर्नका लागी यस दिवसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ।
सुशुसित छनौटको आधारमा प्रजनन उमेर समुहका महिला, पुरुष तथा दाम्पतीहरुले आफ्नो प्रजनन आवश्यकताहरुलाई उपयुक्त परिवार नियोजनको सधानको प्रयोग गरी पुरा गरुन भन्ने ध्ययको साथमा सुरु गरिएको राष्ट्रिय परिवार नियोजन कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकतामा पर्ने कार्यक्रम हो ।
मातृ तथा वाल स्वास्थ्यमा उल्लेखनिय सुधार ल्याई जिवनको गुणस्तरियतालाई सुदृढिकरण गर्नको लागि नेपाल सरकारवाट परिवार नियोजन सेवा नि शुल्क रुपमा सर्वसाधरण जनताहरुमा पुर्याइएको सेवा हो । परिवार नियोजन सेवा अन्तरगत हाल नेपाल सरकार तथा अन्य संघ सस्थाहरुको सहयोगमा नेपाल सरकारका स्वास्थ्य केन्द्रहरु, पाईभेट क्लिनिकहरु तथा स्याट्लाईट क्लिनिकहरुवाट अस्थाई तथा स्थाई परिवार नियोजनका साधनहरु उपलव्ध गराईएको छ।परिवार नियोजन सेवा अन्तरगत परिवार नियोजनका साधनहरु मात्र नभई यससँग जोडिन आउने परिवार स्वास्थ्यसँग सम्वन्धित विभिन्न सेवा तथा कार्यक्रमहरु गरिदै आएको छ। आधुनिक परिवार नियोजनका साधनहरुको प्र्योगलाई वढाई नचाहेको गर्भ रहनवाट जोगाउने, जन्मान्तरलाई वढाई आमा र वच्चाको स्वास्थ्यलाई राम्रो वनाउनको लागी परिवार नियोजनले सहयोग पुर्याउदछ। 
नेपाल सरकारका विभिन्न्न कार्यक्रमहरु मध्य परिवार नियोजन सेवा कार्यक्रम पनि एउटा सफल कार्यक्रम हो। मातृ स्वास्थ्य तथा वाल स्वास्थ्यमा सुधार गर्न यस कार्यक्रमको ठुलो भुमिका रहेको छ। परिवार नियोजनको सेवाको पहुँच नेपालका हरेक ठाँउहरुमा पुर्याईएता पनि यसको उपयोग भने सोच जती हुन अझै पनि सकेको छैन । सन १९९० तिरको कुल प्रजनन दर तथा परिवार नियोजन प्र्योगदरलाई हेर्ने हो भने हालसम्म उल्लेखनिय प्रगती भएता पनि सोच जती उपलब्धी हाँसिल गर्न अझै सकिएको छैन। विभिन्न्न अनुशन्धानको तथ्यान्क हेर्ने हो भने परिवार नियोजनको साधन सम्वन्धी ज्ञान नेपालीहरुमा धेरै नै देखिन्छ । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार परिवार नियोजनको कुनै न कुनै साधनको वारेमा हरेक महिला तथा पुरुषहरुले जानेका छन। यदपि ज्ञानको तुलनामा यसको उपभोग धेरै कम देखिन्छ। परिवार नियोजन सेवा कार्यक्रमको अनुगमन तथा मुल्याइकन गर्ने सुचक Contraceptive Prevalence Rate लाई हेर्ने हो भने हाम्रो दोश्रो दिर्घ कालिन योजना १९९७- २०१७ तथा शहसाव्दी विकास लक्ष-२०१५ कुनैको पनि लक्ष हाँसिल गर्न सकिने अवस्था देखिन्न्न । 
परिवार नियोजनको सेवाको पहुँच पुर्याउन नेपाल सरकार तथा अन्य दातृ निकायहरुको काम मा कमी भएको भने होइन । आर्थीक वर्ष २०७०/७१ को तथ्यांकलाई हेर्ने हो भने नेपालको सुचक Contraceptive Prevalence Rate ४५ % रहेको छ । अझै पस्चिमान्चल विकास क्षेत्रको हेर्ने हो भने सवैभन्दा कम ३५% मात्र रहेको छ। 
आकस्मिक गर्भ निरोधक औषधीहरुको वढ्दो प्रयोग, गर्भपतन सेवाको गलत प्रयोग, सवै स्वास्थ्य सस्थाहरुवाट सवै खालका परिवार नियोजनका सेवाहरु दिन नसक्नु , प्राईभेट संघ सस्ठाहरुले दिएको सेवाको तथ्यांक संकलन नहुनु , प्रजनन उमेर समुहका युवाहरु नेपालमा नहुनु आदी जस्ता कुराहरुले परिवार नियोजन साधनहरुको प्रयोग गर्नेहरुको संख्या कमि देखिएको पनि छ । यदपी नेपाल डेमोग्रफिक हेल्थ सर्वे २०११ का अनुसार अझै पनि प्रजनन उमेर समुहका जनताहरुमा परिवार नियोजन सेवाको पुरा नभएको आवश्यकता (Unmet need) २७ %देखिएको छ । यसलाई लक्षित गर्दै परिवार नियोजनको सेवाको पह्ँच तथा उपलव्धतालाई वढाउनु पर्ने देखिन्छ। 
परिवार नियोजन सेवाको उपयोगलाई वढाउनको लागी प्रजनन उमेर समुह जनताहरुमा परिवार नियोजन सेवाको वारेमा माग वढाउने कार्यक्रमहरु, सचेतनामुलक गतीविधीहरु गर्ने, सवै स्वास्थ्य सस्थाहरुवाट सवै खालका परिवार नियोजनका साधनहरुको उपलव्धता गराउने , छोटो समय काम गर्ने भन्दा लामो समय अवधी सम्म काम गर्ने सधानहरुको व्यवस्थामा जोड दिने, पोस्ट डेलिभरी तथा पोस्ट एवोर्सन परिवार नियोजन परमर्शमा ध्यान दिने, आवश्यक जनशक्तीलाई उचित तालिमको ब्यवस्था गरी शिविरहरु तथा स्याटलाईट क्लिनिकहरुको संख्या वढाउने, तथा जनस्तरमा परिवार नियोजनका साधन प्रयोग वारे मिथ्या तथा गलत धारणाहरु लाई अन्त्य गरी आधुनिक परिवार नियोजनका साधनहरुको प्रयोग वढाउन पर्ने देखिन्छ । सरकारी तवरवाट मात्र नभइ हामी सवै मिलेर परिवार नियोजन सेवाको पह्ँच र उपभोग वढाउन तर्फ लागि पर्यौभ भने हामी मातृ स्वास्थ्य, वाल स्वास्थ्य परिवार स्वास्थ्य गरी हाम्रो देशको समग्र स्वास्थ्य स्थितीमा उल्लेखनिय सुधार गर्दै सामाजिक र आर्थीक रुपमा उद्पादनशिल जिन्दगी वनाई समुन्न्त राष्ट्र निर्माणमा टेवा पुग्ने छ।

सगुन पाडेल

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL