Tuesday, April 5, 2016

मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ - विश्व स्वास्थ्य दिवस २०१६
“मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ”
“मधुमेहको रोकथाम गरौ, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौ” भन्ने मुल नारा सहित विश्वभर विविध विभिन्न कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईदै छ ।
सन १९५० देखि मनाउन सुरु गरिएको विश्व स्वास्थ्य दिवस हरेक वर्षको अप्रिल ७ तारिखको दिन विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठन आयोजनमा मनाउन सुरु गरिएको यो दिवस हरेक वर्ष जनस्वास्थ्य समस्याको रुप रहेको कुनै रोग तथा समस्याको विषय केद्रीत गरेर यो मनाईन्छ । यो वर्ष विश्वभर समस्याको रुपमा रहेको एक नसर्ने खालको रोग मध्यको प्रमुख रोग मधुमेहलाई रोकथाम गर्न तर्फ ध्यान आकर्षण गर्दै विविध कार्यक्रम गर्दै मनाइदै छ ।
मधुमेहलाई सम्वन्धी जनचेतना फैलाउने, रोकथामका उपायहरुको वारेमा कुराहरु गर्ने, मधुमेहवाट हुन सक्ने खतराहरुवाट जोगिन गर्नुपर्ने कुराहरु सम्वन्धी जनचेतना फैलाउने, त्यसै गरी मधुमेह लाग्नवाट गर्नुपर्ने उचित वानी व्यवहार, खानपान आदी जस्ता कुराहरुको विश्वव्यापी रुपमा जानकारी दिनु नै यो दिवसको मुख्य उदेश्य हो । 
विश्व स्वास्थ्य दिवस २०१६
नेपालीहरुले साधरण रुपमा चिनी रोग भनेर चिन्ने रोग हो मधुमेह । हाम्रो शरिरमा बग्ने रगतमा चिनी अर्थात ग्लुकोजको मात्रा औशतमा ६० देखी १४० यम जि÷डेसीलिटर हुनुलाई सामान्य मानिन्छ। शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई डाइविटिज अथवा मधुमेह भएको भनेर भनिन्छ ।
मधुमेह एक प्रकारको दिर्घरोग हो जुन हाम्रो शरिरमा उत्पादन हुने इन्सुलिन नामक हर्मोन जसले हाम्रो रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्ने काम गर्दछ यसको उत्पादन नै नहुने अथवा शरिरलाई चाहिने मात्रामा उत्पादन नभई हाम्रो शरिरमा चिनीको मात्रा नियन्त्रण गर्न नसकेर हुने रोग नै मधुमेह हो । मधुमेहको वंशानुगत रोग भएका व्यक्ति ,प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने व्यक्तिहरूलाई मधुमेह हुने गर्छ। मधुमेहका बिरामीलाई मृगौला, मुटु, आँखा, पिसाबमा संक्रमण, छाला एवं दिमागी समस्या देखिन सक्छ।
Pokhara patra (4/5/2016)
मधुमेह दुई प्रकारका हुन्छन, इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २। इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा टाइप १ मधुमेह हुने गर्छ  भने टाइप २ मधुमेह इन्सुलिन हर्मोनको गलत क्रियाकलाप एवं इन्सुलिन हर्मोन निस्कृय भएमा हुने गर्दछ । मधुमेह भएको नभएको थाहा पाउनको लागी हामीले रगतमा ग्लुकोजको मात्रा कति छ भनेर जाँच गरेर मात्र थाहा पाउन सकिन्छ। मधुमेह भएका बिरामीहरुको पिशाव जाँच गर्दा पनि पिसावमा चिनीको मात्रा पनि देखिन सकिन्छ ।
सामान्यतया छिनछिनमा पिसाव लागी रहनु, पिशाव पोल्नु, वढी तिर्खा लाग्नु, मुख सुक्खा हुनु,वढी भोक लाग्नु, शरिरको तौल कम हुँदै जानु वा घटबढ भई रहनु, छिटो छिटो थकाई लाग्नु ,शरिर अल्छि हुँदै जानु, हातखुट्टा झमझमाउनु ,आँखाले धमिलो देखनु, घाउहरु सन्चो हुन लामो समय लाग्नु तथा अन्य सन्क्रमणहरु लामो समय सम्म सन्चो नहुनु आदी खालका लक्षणहरु देखा पर्दछन ।
विश्वभर नसर्ने प्रकृतिका रोगहरु दिनानुदिन वढ्दै छन। सर्ने किसिमका रोगहरु सजिलै नियन्त्रण गर्न सकिने तर नसने रोगहरुलाई नियन्त्रण गर्नको लागी जिवनयापन , खुवाई, तथा व्यक्तिगत रुपमा नै वढी ध्यान दिनुपर्ने हुन्छ। आधुनिकता तथा वढ्दै गएको विलासिन जिवनयापनले गर्दा पनि खान पिनमा त्यति ध्यान नदिएको कारणले पनि एस्ता प्रकृतीका रोगहरु वढ्दै गएका छन ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार विश्व भर हाल ३४७ मिलियन ब्यक्तिहरुलाई डाईवेटिज भएको तथ्यांक सार्वजनिक भएको छ । सन २०३५ सम्ममा यो संख्या वढेर करिव ५९२ मिलियन पुग्ने विश्व मधुमेह संघको एक तथ्यांकले देखाएको छ ।  त्यस्तैगरी सन २०१२ मा करिव १ .५ मिलियन मिर्त्यु प्रत्यक्ष अप्रत्यक्ष रुपमा मधुमेह कै कारणले हुने अनुमान गरिएको थियो । विश्वभर रहेका मधुमेहका विरामी मध्य करिव ९० प्रतिशत विरामीहरु हाम्रो देश नेपाल जस्तो मध्य तथा न्युन आय हुने मुलुकहरुमा रहेको विश्व स्वास्थ्य संगठनको अनुमान छ । सन २०३० सम्ममा ज्यान जाने रोगहरु मध्य विश्वको सातौ ठुलो रोग मधुमेह हुने अनुमान गरिएको छ। विश्व मधुमेह संघको एक तथ्यांक अनुसार नेपालमा सन २०१३ सम्ममा ६७४,१२० मधुमेहका विरामीहरु भेटिइसकेका छन । यसरी हेर्दा दिनदिनै मधुमेह रोगका विरामीहरु वढ्ने क्रम जारी छ। उचित खानपान तथा वेलामा नै रोगको निदान गरी यसवाट हुनसक्ने अरु खतराका समस्या कम गर्न ध्यान जानु पर्ने देखिन्छ ।
भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेश हुन्छ । हामीले मधुमेह रोग लाग्नवाट रोक्नको लागी विभिन्न किसिमका उपायहरु अवलम्वन गर्यौ भने मधुमेह रोगलाई रोक्न तथा नियन्त्रण गर्न सहजै सक्दछौ । शरिरको तौललाई नियन्त्रण गर्ने, शारिरिक रुपमा सकृय रहने, दैनिक व्यायम तथा कसरत, योगा गर्ने, विहान साँझ हिंड्ने वानी वसाल्ने,  सन्तुलित आहारको सेवन गर्ने, वजारमा पाइने तयारी खाना तथा खाजाहरु नखाने, शरिरमा चिल्लो पदार्थ तथा कोलेस्ट्रोललाई नियन्त्रणमा गर्ने, प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने, चुरोट रक्सी तथा अन्य सूर्तिजन्य पदार्थहरुको सेवन नगर्ने, वेला वेलामा आफ्नो रक्त परिक्षण गरी शरिरमा ग्लुकोजको मात्रा कति छ जाँच गने, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग उचित किसिमको परामर्श गर्ने वानी बसाल्ने आदी गरेमा हामीले मधुमेहवाट जोगिन सकिन्छ ।
त्यसै गरी यदि हाम्रो शरिरमा मधुमेह देखिसकेको छ भने दैनिक शरिरको ग्लुकोजलाई नियन्त्रण गर्नको लागी चिकित्सकका ेपरामर्श अनुसार औषधी नियामित रुपमा सेवन गर्ने संयमित एवं सन्तुलित खानपान, नियमित व्यायाम र आवश्यकता अनुसारको सही औषधि वा इन्सुलिनको प्रयोग गरेर मधुमेहलार्इ नियन्त्रणमा राख्न सकिन्छ। सामान्यतया चिनी, चकलेट, गुलियो बिस्कुट, केक, आइसक्रिम, कोल्ड ड्रिंक, अण्डा, तारेको, भुटेको खाना, चुरोट, मादक पदार्थ आदि जस्ता खानेकुराहरु नखाँदा राम्रो हुन्छ। हरियो सागपात, करेला, कागती जस्ता खानेकुराहरु सुन्तुलितरुपमा सेवन गर्दा राम्रो हुन्छ । मधुमेहका रोगीले नियमित रूपले हल्का किसिमको व्यायाम गर्नु राम्रो हुन्छ । मर्निङ वाक, साइकल चलाउनु, पौडी खेल्नु आदी जस्ता कृयाकलापहरुले शरिरको चिनीको मात्रा खपत गरी नियन्त्रण गर्न सहयोग गर्दछन। 
हाल बिश्व भर मानिसको ज्यान लिने रोगहरुमा नसर्ने रोगहरु नै अगाडी छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेका नसर्ने खालका रोगहरुलाई नियन्त्रण गर्नको लागी विश्वव्यापी रुपमा विभिन्न किसिममा योजना, रणनिती,कार्यक्रमहरु ल्याईएका त छन नै त्यै पनि यि रोगहरु नितान्त ब्यक्तिगत ध्यान पुग्न नसकेमा नियन्त्रण गर्न सकिदैन । त्यसैले गर्दा यस्ता किसिमका रोगहरुको वारेमा ज्ञान लिई आफ्नो वानी तथा व्यवहारलाई वेलामा नै सुधार गरी रोगहरुवाट जोगिन तर्फ व्यक्तिगत रुपमा आँफै लाग्नुपर्ने हुन्छ। यस्ता प्रकृतीका रोगहरु लागीसकेपछी पुर्णरुपमा निको पारेर स्वास्थ्य हुन पनि नसकिने हुँदा वेलामा नै जोखिम कम गर्ने, खानपिनमा ध्यान दिनुपर्ने देखिन्छ। नसर्ने खालका रोगहरु बढी घातक हुने हुँदा रोग लागेर उपचार तिर सोच्नु भन्दा पनि वेलामा नै आफ्नो शरिरको ख्याल गरी जोखिमहरु घटाउन तिर सवैको ध्यान जान जरुरी देखिन्छ ।
लेखक 
सगुन पौडेल
जनस्वास्थ्यकर्मि,
(एक अन्तर्राष्ट्रीय सहयोगी निकाय अन्तर्गत जिल्ला जनस्वास्थ कार्यालय, कास्कीमा कार्यरत)
पोखरा कास्की
सम्पर्क ९८५६०३६९३२ 

I am Sagun Paudel, Public Health Professional from Pokhara Nepal.

Start Work With Me

Contact
SAGUN PAUDEL
+977 9856036932
Pokhara, NEPAL